Customer Care: 01-5970971

समाचार

नेपाल लाइफको बाल शिक्षा सावधिक जीवन बीमा योजना : छोरा छोरीको बीमा गर्दा आमा बुबाको पनि बीमा हुने

23 April 2021

नेपाल लाइफले आफ्ना प्रिय सन्ततिहरूको सुनिश्चित भविष्य तथा उचित शिक्षा दीक्षा र सामाजिक कार्यका लागि आफ्नो र बच्चाको समेत जोखिम बहन हुने गरि ल्याएको बाल शिक्षा सावधिक जीवन बीमा योजनामा अभिभावको समेत एकै पटक बीमा हुन्छ । यस बीमा पोलिसी खरिद गर्दा अभिभावकले  बीमा गरेको एक वर्ष पछि ऋण सुविधा प्राप्त गर्न सक्छन् । नेपाल लाइफले अभिभावक र बावबालिका दुबैको हित हुने गरि ल्याएको यो बीमा योजना बच्चा जन्मेदेखि नै खरिद सकिन्छ । यो योजना अन्तर्गत अधिकतम १८ वर्षसम्मका छोरो छोरीको बीमा गर्न सकिन्छ ।

प्रस्तावकको उमेर भने २० वर्षदेखि ६५ वर्षसम्मको हुनु पर्छ । अभिभावकले आफ्ना छोराछोरीको बीमा गर्दा ५ वर्षदेखि ३० वर्ष अवधिसम्मको प्राप्त गर्न सक्ने भएकाले न्युन आय भएका परिवारले पनि न्युन शुल्कमा खरिद गर्न सक्छन् ।

यो बीमा योजना बीमित बालबालिकाको उमेर अधिकतम ३० वर्ष र प्रस्तावकको उमेर ७० वर्ष ननाघ्ने गरि तय गरिएको छ । बीमित अभिभावकले वार्षिक, अर्ध वार्षिक, त्रैमासिक र मासिक रुपमा बीमा शुल्क भुक्तानी गर्न सक्छन् ।

अभिभावकले आफ्ना बालबालिकाको न्युनतम ५ हजार रुपैयाँदेखि अधिकतम २५ लाख रुपैयाँसम्मको बीमा गर्न सक्ने छन् । तर अभिभावकको हकमा भने एक करोड रुपैयाँम्म बीमा गर्न सकिनेछ । साथै अभिभावकको बीमाङ्क बरारबरकै बीमा गर्न सकिने छ ।

जोखिम बहन शुल्कको हकमा बच्चाको बीमाङ्कमा १ रुपैयाँ प्रतिहजार लाग्ने छ । साथै ५ लाख एक हजार रुपैयाँदेखि १० लाख रुपैयाँको बीमा गर्दा एक प्रतिशत छुट हुनेछ भने १० लाख रुपैंयाँ भन्दा माथिको बीमा गर्दा दुई प्रतिशत छुट हुने छ ।

बीमालेख प्रारम्भ मितिबाट दुई वर्ष पूरा भई वार्षिक ३ किस्ता बीमाशुल्क समेत प्राप्त भएको अवस्थामा मात्र समर्पण मूल्य प्राप्त गर्न सकिन्छ । समर्पण मूल्य प्राप्त भएको बीमामा ऋण प्राप्त हुनेछ ।

बीमा अवधि समाप्तिसम्म प्रस्तावक जीवित भएमा प्रस्तावकको बीमाङ्क र आर्जित बोनस रकम बीमा अवधि समाप्तिमा प्रस्तावकलाई एकमुष्ठ भुक्तानी दिइनेछ । बीमा अवधि भित्र प्रस्तावक (बीमित) को मृत्यु भएमा उक्त अवधि सम्मको आर्जित बोनस रकम भुक्तानी हुने र त्यस पछि भुक्तान गर्नुपर्ने बीमाशुल्क छुट हुने व्यवस्था छ ।

प्रस्तावकका मृत्यु पश्चात बीमा अवधि समाप्तीसम्म प्रत्येक वर्षको अन्त्यमा प्रस्तावकका बीमाङ्कको १० प्रतिशत बराबरको रकम वीमित (कटाके टी) लाईे प्रदान गरिन्छ । बीमा अवधि समाप्तीमा वार्षिक १० प्रतिशतका दरले भुक्तानी दिइन्छ ।

बीमा अवधि समाप्तीसम्म बीमाङ्क रकमको १० प्रतिशतका दरले भुक्तान गर्दा बीमाङ्क रकम भन्दा कम हुन गएमा वाँकी रहको रकम समेत बीमा अवधिको अन्त्यमा भुक्तान गरिन्छ ।

जोखिम प्रारम्भ भए पश्चात बच्चाको मृत्यु भएमा वच्चाको बीमाङ्क बराबर रकम इच्छाइएको व्यक्तिलाई भुक्तानी हुने तथा बीमा चालु रहिरहने ( प्रस्तावकले नियमित बीमाशुल्क भुक्तान गर्नु पर्ने) र बीमा अवधि समाप्ति मा प्रस्तावकलाई प्रस्तावकको बीमाङ्क र आर्जित बोनस रकम भुक्तानी दिइनेछ । प्रस्तावकको मृत्यु भई वा नभई बीमा अवधि समाप्तिमा बच्चा जिवितैरहेमा वच्चाको बीमाङ्क बापतको कुनै रकम उपलब्ध हुँदैन ।

यो योजनामा प्रतिहजार बीमाङ्कमा १ रुपैयाँ प्रतिहजार अतिरिक्त बीमा शुल्क तिरेकोले बीमा प्रारम्भ भएको मितिले २ वर्ष पछि वा बच्चाको उमेर ५ (पाँच) वर्ष पूरा भए पछि को बीमालेखको वार्षिकोत्सव (जुन अगाडी आउँछ) देखि जोखिम बहन हुन्छ ।

यस बीमा पोलिसीले एकै बीमालेखमा बच्चा तथा प्रस्तावक (बाबु वा आमा) दुई जनाको जीवन बीमा हुन्छ । बीमा समाप्तीमा प्राप्त रकम आफ्नो छोरा छोरीको उच्च शिक्षा तथा सामाजिक कार्यमा प्रयोग गर्न सकिन्छ । बीमा अवधिमा प्रस्तावक (बुबा वा आमा) कदंकदाचित मृत्यु भएमा छोरा छोरीको शिक्षाको लागि वार्षिक रकम प्राप्त हुने हुँदा बच्चाको पालन तथा शिक्षाको सुनिश्चितता हुन्छ । बीमा चालु भएको एक वर्ष पश्चात ऋण सुविधा उपलब्ध हुने हुँदा सदैव तरलताको सुविधा हुन्छ ।

 

नेपाल लाइफको बाल शिक्षा सावधिक जीवन बीमा योजना : छोरा छोरीको बीमा गर्दा आमा बुबाको पनि बीमा हुने

Recent News

4 April 2022
नेपाल लाइफको २१औं वार्षिक साधारण सभा सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २०७८ चैत्र २१ गते, वीरगञ्जमा २१औं वार्षिक साधारण सभा सम्पन्...

23 May 2021
महामारीमा नेपाल लाइफको मर्मस्पर्शी सचेतनामूलक भिडियो सार्वजन...

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अहिलेको महामारीलाई मध्यनजर गर्दै मर्मस्पर्शी सचेतनामूलक भिडियो सार्...

15 May 2021
नेपाल लाइफको ‘नौलो सुरक्षित जीवन बीमा योजना’ सार्वजनिक

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सुरक्षित जीवन बीमा योजनाको व्यापक सफलता पश्चात् अझ परिस्कृत रुपमा ‘...