Customer Care: 01-5970971
Get Quote Download Brochure

नौलो धनवर्षा जीवन बीमा

नौलो धनवर्षा जीवन बीमा बीमाको विशेषताहरू

१) बीमा योजनाको नाम : नौलो धनवर्षा जीवन बीमा

२) बीमा योजनाको प्रकार : सिमित भुक्तानी धनफिर्ता साबधिक  जीवन बीमा [Limited Payment Anticipated (Money-back)   Endowment Plan]

३) न्यूनतम प्रवेश उमेर  : १६ वर्ष

४) ऐच्छिक सुविधा प्रवेश उमेर : १६ वर्ष

५) अधिकतम प्रवेश उमेर : ६० वर्ष

६) बीमा समाप्तिमा अधिकतम उमेर : ७० वर्ष

७) अधिकतम बीमा अवधि : २५ वर्ष

८) न्यूनतम बीमा अवधि : १० वर्ष

९) विमाशुल्क भुक्तानि अवधि    :          

बीमा अवधि      १० वर्ष  १५ वर्ष  २० वर्ष  २५ वर्ष

बीमा शुल्क भुक्तानीअवधि एकल वा ८ वर्ष एकल वा १२ वर्ष एकल वा १६ वर्ष एकल वा २० वर्ष

१०) न्यूनतम बीमाङ्क रकम :  रु. ५०,०००/– (पचास हजार मात्र)

११) अधिकतम बीमाङ्क रकम : आय स्रोतको आधारमा जति पनि गर्न सकिने ।

१२)       बीमाशुल्कमा छुट :                  

क) बीमाशुल्क भुक्तानि तरिकाको आधारमा छुटः

                बार्षिक बीमाशुल्क भुक्तानीमा    २ प्रतिशत छुट

                अर्ध–बार्षिक बीमाशुल्क भुक्तानीमा         १ प्रतिशत छुट

                त्रैमासिक बीमाशुल्क भुक्तानीमा छुट छैन

                मासिक बीमाशुल्क भुक्तानीमा    थप ५ प्रतिशत

 ख) बीमाङ्क रकमको आधारमा छुटः

                बीमाड्ढ रकम    छुट

                रु. ५०१,००० देखि रु.२,५००,००० सम्म     प्रतिहजार ०।५० पैसा

                रु. २,५०१,००० देखि रु.५,०००,००० सम्म  प्रतिहजार रु.१

                रु. ५,००१,००० देखि रु.१०,०००,००० सम्म प्रतिहजार रु.१।५०

                रु. १०,००१,००० देखि माथि        प्रतिहजार रु.२

१३) ऐच्छिक सुविधाः     दुर्घटना लाभ, बीमाशुल्क छुट सुविधा र अशक्त सुविधा समावेश भएको । यस ऐच्छिक सुविधा मूल बीमालेखको बीमाङ्क बराबर वा अधिकतम् रु. १,००,००,०० सम्म लिन सकिने ।

—           दुर्घटना मृत्यु लाभ (ADB)

                दुर्घटनाको कारणबाट १८३ दिनभित्र बीमितको मृत्यु भएमा दुर्घटना मृत्यु वापत थप ऐच्छिक सुविधाको बीमाङ्क बराबर रकम भुक्तानी गरिने छ ।

—           बीमा शुल्क छुट सुविधा (PWB) तथा अपाङ्ग/अशक्त सुविधा (PTD)

                दुर्घटनाको कारणबाट तपसिल बमोजिम बीमित शारीरिक अंग/भंग भई अपाङ्ग÷अशक्त भएको प्रमाणित भएमा दुर्घटना पश्चात बीमालेखको वार्षिकोत्सव मितिदेखि ऐच्छिक सुविधाको बीमाङ्क बराबर रकम, मासिक १२० समान किस्तामा अपाङ्ग/अशक्त बीमितलाई भुक्तानी गरिने छ । साथै दुर्घटना पश्चात बीमालेखको वार्षिकोत्सव मिति देखि बीमालेख अन्तर्गत तिर्न बाँकी सम्पूर्ण बीमाशुल्क भुक्तानीमा छुट प्रदान गरिने छ र बीमालेख चालु रहिरहने छ ।

                 तपसिल

१)         दुबै आँखाको दृष्टि पूर्ण रुपले गुमेमा, वा

२)         नाडी वा सो भन्दा माथि दुवै हात काटिएमा वा सो को स्थायी रुपमा उपयोगिता समाप्त भई काम नलाग्ने भएमा, वा

३)         गोली गाँठो वा सो भन्दा माथि देखि दुवै गोडा काटिएमा वा सो को स्थायी रुपमा उपयोगिता समाप्त भई काम नलाग्ने भएमा, वा

४)         नाडी वा सो भन्दा माथि देखि एउटा हात र गोलीगाँठो वा सो भन्दा माथि देखि एउटा गोडा काटिएमा वा सो को स्थायी रुपमा उपयोगिता समाप्त भई काम नलाग्ने भएमा, वा

५)         एउटा आँखाको दृष्टि पूर्ण रुपले गुमी “नाडी वा सो भन्दा माथि देखी एउटा हात काटिएमा” वा

६)         स्थायी रुपमा तपसिल बमोजिम दैनिक जीवनका ६ गतिविधी मध्ये कम्तीमा कुनै ४ वटा कृयाकलाप कुनै यान्त्रिक उपकरण, विशेष उपकरण (Devices) वा अन्य साधन विना र अरु कसैको सहयोग समेत लिई गर्न असमर्थ भएमा पूर्ण स्थायी असक्त भएको मानिने छ ।

क)        कपडा लगाउन (Dressing): सबै आवश्यक कपडा लगाउन वा फुकाल्न ।

ख)        धुन (Washing): सफा सुग्घर र व्यक्तिगत स्वच्छताको एक पर्याप्त स्तर कायम राख्नको लागि धुन सक्ने क्षमता ।

ग)        खान Feeding): खाना पाकेपछि वा तयार भएपछि खानाको प्लेट वा कचौराबाट मुखसम्म खाना लग्न सक्ने क्षमता ।

घ)        शौच (Toileting): शौचालयको प्रयोग गर्न सक्ने अवस्था वा आफ्नो मलमुत्रको व्यवस्थापन गरी सन्तोषप्रद व्यक्तिगत स्वच्छता (Hygiene) राख्न सक्ने क्षमता ।

ङ)         गतिशिलता (Mobility): घरभित्र समथर सतहमा एउटा कोठाबाट अर्को कोठामा आउन जान सक्ने क्षमता ।

च)        स्थानान्तरण (Transferring): ओछ्यान (Bed) बाट सिधा कुर्सी वा ह्विल चेयरमा बस्न र सोको विपरित गर्न सक्ने क्षमता ।

                पूर्ण स्थायी असक्तताको पुष्ट्याईका लागि कम्पनीले आफ्नो कर्मचारी वा मान्यता प्राप्त चिकित्सक खटाई प्रमाणिकरण गर्न सक्ने छ ।

१४) यस योजनामा समावेश भएका सुविधाहरू :–

क)        ऋण तथा समर्पण मूल्य–एकल बीमाशुल्क भुक्तानी गर्ने गरी जारी गरिएका बीमालेखको हकमा बीमा प्रारम्भ मिति (Date of Commencement) को एक बर्ष पूरा भएपछि समर्पण मूल्य र ऋण प्राप्त गर्न सकिने छ ।

                एकल बीमाशुल्क भुक्तानी तरीका बाहेक अन्य बीमाशुल्क भुक्तानी तरीकाको हकमा बीमालेख प्रारम्भ मिति (Date of Commencement) बाट दुई वर्ष पूरा भएपछि मात्र समर्पण मूल्य तथा कर्जा पाइनेछ ।

१५) बीमाङ्क रकम भुक्तानि पाउने अवस्थाः तपसिल बमोजिम भुक्तानी हुनेछ ।

अवधि भुक्तानी गरिने अवधि     बीमा अवधि

                १० वर्ष  १५ वर्ष  २० वर्ष  २५ वर्ष

४ वर्षको अन्त्यमा बीमाङ्कको    ४०%     ३०%     २०%     १५%

८ वर्षको अन्त्यमा बीमाङ्कको    ६०%     ३०%     २०%     १५%

१२ वर्षको अन्त्यमा बीमाङ्कको              ४०%     २०%     १५%

१६ वर्षको अन्त्यमा बीमाङ्कको                          ४०%     १५%

२० वर्षको अन्त्यमा बीमाङ्कको                                      ४०%

 

क)        बीमालेख चालु रही बीमा अवधि समाप्ती मिति सम्म बीमित जीवित रहेमा बीमालेख अन्तर्गत बीमाङ्क रकम माथि उल्लेखित तपशिल बमोजिमको किस्तामा भुक्तानी दिईनुका साथै आर्जित बोनस बीमालेख अवधि समाप्तिमा एकमुष्ट दिइने छ । यसरी भुक्तानी गर्दा आंशिक अवधि भुक्तानी वापत प्रदान गरेको रकम कट्टा गरिने छैन ।

ख)        बीमालेख चालु रही बीमा समाप्ति मिति अगावै बीमितको मृत्यु भएमा बीमाङ्क रकम र बीमालेखले आर्जन गरेको नियमानुसारको बोनस रकम एकमुष्ठ भुक्तानी दिइनेछ तर एकल बीमाशुल्क भुक्तानी तरीकामा बीमाङ्कको २.५ गुणाले हुने रकम र आर्जित बोनस एकमुष्ठ भुक्तानीे दिईनेछ । यसरी भुक्तानी गर्दा अवधि भुक्तानी बापत प्रदान गरेको रकम कट्टा गरिने छैन ।

More Products from धनवर्षा बीमा

नौलो जीवन संम्बृद्धि

बीमालेख सम्बन्धी विस्तृत जानकारी
१)  बीमा योजनाको प्रकार :   सीमित भुक्तानी धनफिर्ता सावधिक जीवन बीमा
२)  प्रवेश उमेर:   १६ वर्ष देखि ६० वर्ष
३)  बीमा अवधि:   १० वर्ष, १५ वर्ष, २० वर्ष वा २५ वर्ष
४)  बीमा समाप्तिमा अधिकतम उमेर:  ७० वर्ष