महामारीमा नेपाल लाइफको मर्मस्पर्शी सचेतनामूलक भिडियो सार्वजनिक
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अहिलेको महामारीलाई मध्यनजर गर्दै मर्मस्पर्शी सचेतनामूलक भिडियो सार्वजनिक गरेको छ । ‘सचेत बनौँ ! करोना विरुद्धको यो लडाई घरमै बसेर लडौँ’ भन्ने सन्देश सहितको सांगीतिक भिडियो तयार पारेको हो ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अहिलेको महामारीलाई मध्यनजर गर्दै मर्मस्पर्शी सचेतनामूलक भिडियो सार्वजनिक गरेको छ ।
कम्पनीले ‘सचेत बनौँ ! करोना विरुद्धको यो लडाई घरमै बसेर लडौँ’ भन्ने सन्देश सहितको सांगीतिक भिडियो तयार पारेको हो । यस कोरोना महामारीमा सबैजनाले आ–आफ्नो क्षेत्रबाट योगदान गर्न आग्रह गरेको छ ।
यो महामारीमा सबैको पीडा उस्त–उस्तै छ र महामारीसँग जुध्न देश साथमा रहेको सन्देश शब्द तथा भिडियोमा उल्लेख गरिएको छ । आफू बाँच्ने र अरुलाई पनि बचाउन हामी आफैले सावधानी अपनाउन आग्रह गरिएको छ ।
भोलिका दिनमा महामारीबाट मुक्त भई सामान्य अवस्थामा जनजीवन आएपछि फेरी पनि हामी रमाउला भन्ने सन्देश उक्त भिडियोमा देखाइएको छ । भिडियोको अन्त्यमा सचेत बनौँ, कोरोना विरुद्धको यो लडाई घरमै बसेर लडौँ भनेर कम्पनीले सबैमा अनुरोध गरेको छ ।
सुनिल कोइरालाको शब्दलाई नेपाल लाइफकै कम्युनिकेशन एन्ड ब्रान्डिङ प्रमुख मेघेन्द्रप्रकाश गिरीको परिकल्पना तथा निर्देशनले उत्कृष्ठ भिडियो बनेको छ । हालको विषम परिस्थितिलाई यथार्थपरक रुपमा प्रस्तुत गरी शब्दलाई भिडियोमा न्याय दिन सफल भएको छ ।
पुष्कर महतोको स्वर, सङ्गीत र एरेञ्ज रहेको भिडियोलाई कुमार कटुवाल, प्रकाश गोपाली र रविन घिमिरेले छायाङ्कन गरेका छन् । साथै सन्तोष दवाडीले सम्पादन गरेको भिडियो अल थ्री मिडिया घर बागबजारको पोष्ट प्रोडक्सन रहेको छ ।
लडौ सँग सँगै
स्वस्थ बनि अघि बढौ हामी सँग सँगै
सबको पिडा उस्तै उस्तै देश साथमा छ
बाच्ने अनि अरुलाई बचाउने आफ्नै हातमा छ
सबैको पिडा उस्तै उस्तै देश साथमा छ
बाच्ने अनि अरुलाई बचाउने आफ्नै हातमा छ
बाचौ सँग सँगै बचाऔ सँग सँगै
नाच्दै गाउदै रमाउला भोलि सँग सँगै