Customer Care: 01-5970971
Get Quote Download Brochure

सदाबहार जीवन बीमा

नेपाल लाइफ सदाबहार जीवन बीमा योजना

आजको समयमा धेरै जसो व्यक्ति आफुले गरेको लगानिको प्रतिफल कम समयमा प्राप्त गरी  वर्तमान र भविष्य अर्थात् जिन्दगी भर नै ढुक्क रहन चाहन्छन् । यहि चाहना अनुसारको  बीमा योजना जनसमक्ष प्रस्तुत गर्ने क्रममा यस कम्पनीले नेपाल लाइफ सदाबहार जीबन बीमा योजना नामक अग्रिम तथा आजीवन भुक्तानी विशेषता सहितको बीमा योजना ल्याएको हो ।

प्रत्येक वर्ष बीमाङ्कको ५ प्रतिशतका दरले हुन आउने  रकम बीमालेखको वार्षिकोत्सवमा भुक्तानी गर्नु को साथै आजीवन जोखिम वहन गर्नु र बीमा अवधि पश्चात पनि समपर्ण मूल्य प्राप्त गर्नु यो योजनाको मुख्य विशेषता हो । 

 

मुख्य विशेषता 

  • न्यूनतम बीमाङ्क                :  रु.२००,०००/– कायम गरिएको छ ।
  • अधिकतम बीमाङ्क            :  आय स्रोतको आधारमा जति पनि गर्न सकिने  छ ।
  • न्यूनतम प्रवेश उमेर           : ११ बर्ष
  • अधिकतम प्रवेश उमेर       :  ६५ बर्ष
  • ऐच्छिक सुविधा प्रवेश उमेर :  (दुर्घटना मृत्यु लाभ, बीमाशुल्क छुट सुविधा र अशक्त सुविधा) लिनको लागि १६ बर्ष र (घातक रोग  सुविधा) लिनको लागि १८ बर्ष                    
  • न्यूनतम बीमाशुल्क भुक्तानी अवधि     : ५ बर्ष
  • अधिकतम बीमाशुल्क भुक्तानी अवधि  : २० बर्ष
  • बीमाशुल्क भुक्तानी समाप्त हुने अधिकतम उमेर     : ७० बर्ष
  • बीमाशुल्क भुक्तानी तरिका  : एकल, बार्षिक, अर्ध–बार्षिक, त्रैमासिक र  मासिक

बीमाशुल्क भुक्तानी तरिकाको आधारमा थप/घट :
वार्षिक बीमाशुल्क भुक्तानीमा          : बीमाशुल्क दरमा १ प्रतिशत छुट ।
अर्ध-वार्षिक बीमाशुल्क भुक्तानीमा   : छुट छैन ।
त्रैमासिक बीमाशुल्क भुक्तानीमा    : बीमाशुल्क दरमा १ प्रतिशत थप ।
मासिक बीमाशुल्क भुक्तानीमा         : बीमाशुल्क दरमा १.५ प्रतिशत थप ।

 

बीमाङ्क रकम भुक्तानि पाउने अवस्थाहरु :

 

आंशिक अवधि भुक्तानी (Survival Benefit):

  • चालु बीमालेखमा बीमा प्रारम्भ भएको मितिले एक वर्ष पछि वार्षिक २ किस्ता बीमाशुल्क प्राप्त भए पश्चात बीमाङ्कको ५ प्रतिशतका दरले हुन आउने  रकम प्रत्येक बर्ष बीमा अवधि समाप्ति सम्म बीमितलाई भुक्तानी गरिन्छ ।
  •  

    पूर्ण अवधि भुक्तानि (Maturity Benefit) :

  • बीमालेख चालु रही बीमा अवधि समाप्ती मिति सम्म बीमित जीवित रहेमा प्रत्येक बर्ष ५ प्रतिशतका दरले प्रदान गरिने रकम कट्टा गरि बाँकी हुन आउने  बीमाङ्क रकम र आर्जित बोनस बीमालेख अवधि समाप्तिमा एकमुष्ट दिइने छ ।
  •  

    मृत्यु दावि भुक्तानी (Death  Benefit):

  • बीमालेख चालु भएको अवस्थामा बीमाशुल्क भुक्तानी अवधि भित्र बीमितको मृत्यु भएमा बीमालेख अन्तर्गत पुरा बीमाङ्क रकम र नियमानुसारको  बोनस रकम  एकमुष्ट प्रदान गरिने छ । यसमा बीमितलाई प्रत्येक बर्ष ५ प्रतिशतका दरले आशिंक भुक्तानी गरेको रकम कट्टा गरीने छैन ।
  • एकल बीमाशुल्क योजनामा बीमाशुल्क भुक्तानी अवधि भित्र बीमितको मृत्यु भएमा बीमाङ्क रकम र आर्जित बोनस वा एकल बीमाशुल्क रकम मध्ये बढी हुने रकम बीमितले इच्छाइएको व्यक्तिलाई भुक्तानी गरिन्छ ।
  • सबै किस्ता बीमाशुल्क भुक्तानी गरेको बीमालेखमा बीमा अविध समाप्ति पश्चात जीवनभर कुनै पनि समयमा बीमितको मृत्यु भएमा पूनः बीमांङ्क बराबरको रकम प्रदान गरिने छ ।
  • सबै किस्ता बीमाशुल्क भुक्तानी नगरेको बीमालेख  Maturity भएमा  बीमा शुल्क भुक्तानी अवधि पश्चात को थप सुरक्षा अवधिमा कुनै घटना घटेमा घटना वापतको रकम प्रदान गरिने छैन ।
  • सामान्य  बीमाशुल्क भुक्तानी योजनामा (Regular Premium Payment Policy) बीमा योजना शुरु भएको २ बर्ष भित्र Exclusions  मा रहेका कुनै पनि कारणले बीमितको मृत्यु  भएमा कुनै पनि रकम  भुक्तानी गरिने छैन र सो बीमा योजना रद्द गरिने छ भने एकल  बीमाशुल्क भुक्तानी योजनामा (Single Premium Payment Policy) बीमा योजना शुरु भएको १ बर्ष भित्र Exclusions मा रहेका कुनै पनि कारणे बीमितको मृत्यु  भएमा एकल  बीमाशुल्क को ८० प्रतिशतले हुने रकम र  २ बर्ष भित्र Exclusions मा रहेका कुनै पनि कारणे बीमितको मृत्यु  भएमा  एकल  बीमाशुल्क को ८५ प्रतिशतले हुने रकम रकम भुक्तानी गरी सो बीमा योजना रद्द गरिने छ ।
  •  

ऋण तथा समर्पण सुविधा :

  • बीमा प्रारम्भ भएको मितिले एक वर्ष पछि २ वर्षको पुरा बीमाशुल्क भुक्तानी गरे पश्चात बीमालेखको चुक्ता मूल्य तथा समर्पण मुल्य प्राप्त हुनेछ ।
  • एकल बीमाशुल्क योजनामा बीमा प्रारम्भ भएको मितिले १३ र्औ  महिना देखि बीमालेखको समर्पण मूल्य प्राप्त हुनेछ ।
  • समर्पण मूल्य प्राप्त भएको बीमालेखमा समर्पण मूल्यको ९० प्रतिशत सम्म कर्जा प्राप्त गर्न सकिनेछ ।
  • बीमालेखको बीमा शुल्क भुक्तानी अवधि समाप्ति (Maturity)पश्चात पनि  कुनै पनि समयमा बीमितले चाहेमा बीमालेख सर्मपण गर्न सकिने छ । तर यस्तो सर्मपण रकममा कर्जा प्राप्त हुने छैन ।
  • बीमा शुल्क भुक्तानी अवधि पश्चात को थप सुरक्षा अवधिमा समर्पण गर्न चाहेमा बीमाङ्क रकमलाई  समर्पण मूल्य इकाई  (Surrender Value Factor) ले गुणा गर्दा आउने रकम समर्पण मूल्य बापत प्राप्त गर्न सकिने छ ।

  ऐच्छिक सुविधाहरु तथा भुक्तानी पाउने अवस्था :  

   (क) दुर्घटना मृत्यु  सुविधा (Accidental Death Benefit)

  • यदि बीमितले ऐच्छिक सुविधा अन्तर्गत दुर्घटना मृत्यु लाभ सुविधा (Accidental Death Benefit) लिएको छ र बीमालेख चालु रही पूरक करारनामा लागु भएको तथा  व्यतित बीमालेख  पुनर्जागरण :गरिएको अवस्थामा  दुर्घटनाको कारणबाट बीमितको दुर्घटना घटेको १८३ दिनभित्र मृत्यु भएमा  ऐच्छिक सुविधा (ADB)  वापतको थप रकम  ईच्छाएको व्यक्तिलाई भुक्तानी दिईने छ ।

   (ख) अपाङ्ग अशक्त तथा बीमाशुल्क छुट सुविधा (Premium Waiver Benefit / Permanent Total Disability)

  • यदि बीमितले ऐच्छिक सुविधा अन्तर्गत बीमाशुल्क छुट तथा पूर्ण अशक्तता  सुविधा (Premium Waiver Benefit / Permanent Total Disability) लिएको छ र बीमालेख चालु रही पूरक करारनामा लागु भएको तथा बीमालेख व्यतित भएको भए पुनर्जागरण गरिएको अवस्थामा  दुर्घटनाको कारणबाट बीमित शारीरिक रुपमा पूर्ण अपाङ्ग / अशक्त भएको प्रमाणित भएमा दुर्घटना पश्चात बीमालेखको वार्षिकोत्सव मिति देखि (PWB /PTD)   ऐच्छिक सुविधा वापतको रकम मासिक १२० समान किस्तामा बीमितलाई भुक्तानी गरिने छ ।
  •  

   (ग) घातक रोग  सुविधा (Critical Illness Rider)

  • यस ऐच्छिक सुबिधा मूल बीमालेखको बीमाङ्क बराबर वा अधिकतम् रु.५,०००,००० सम्म लिन सकिनेछ ।यो योजनाले मूल बीमा योजना सँग जोडिएर बीमितलाई सुरक्षा प्रदान गर्दछ । यस योजना अन्तर्गत रक्षावरण लिन चाहने व्यक्तिले यस कम्पनीबाट प्रचलनमा ल्याएको मूल बीमा योजना (Conventional Plan) अन्तर्गत थप बीमाशुल्क तिरी मूल बीमाङ्क मा नबढ्ने गरी न्यूनतम रु.२ लाख देखि  अधिकतम रु.५० लाख वीमाङ्क सम्म को रक्षावरण लिन सक्ने र उल्लेखित रोगहरु मध्ये कुनै पनि एक रोगको पहिचान सहित आवश्यक प्रकृयाहरु पुरा गरेको खण्डमा शर्तहरुको अधिनमा रहि अधिकतम रु.५० लाख सम्म तत्काल भुक्तान गरि Maturity मा पनि मूल बीमालेखको विशेषता अनुसार को रकम भुक्तान गर्ने विशेषता रहेको छ ।
  • सदाबहार जीवन बीमासँग लिन सकिने ऐच्छिक सुविधाहरु र तिनका दरहरुः
    ADB दुर्घटना लाभ रू. १/— प्रति हजार
    ADB/PTD/PWD : (दुर्घटना/अपाङ्ग/अशक्त लाभ) रू. २/— प्रति हजार

More Products from आजीवन बीमा

नेपाल लाइफ अनमोल जीवन बीमा योजना

भनिन्छ मानव जीवन अनमोल छ तर आजको समयमा प्रत्येक व्यक्तिको अनमोल जिवनका हर पलहरु जोखिम नै जोखिमले भरिएको कुरालाई नकार्न सकिदैंन । यस्तो जोखिम मानिसको जिवनमा वाचुन्जेल रहिनैरहन्छ । तसर्थ मानिसको अनमोल जीवनमा विभिन्न जोखिमबाट आइपर्ने क्षतिलाई बीमाको माध्यमबाट न्यूनिकरण गर्न कम्पनिले “नेपाल लाइफ अनमोल जीवन” जीवन बीमा योजना नामक सावधिक र आजिवनको विशेषता भएको बीमा बजारमा ल्याईएको छ ।