Customer Care: 01-5970971
Get Quote Download Brochure

नेपाल लाइफ आइइन्स्योर

“Nepal Life iEnsure” जीवन बीमा योजना
विशेषताहरु

हरेक ब्यक्तिले आफ्नो परीवारको उज्जवल भविश्यको परीकल्पना गरेको हुन्छ । तर जीबन अश्चित हुन्छ कति बेला कुन घटनाक्रमले पारीवारीक जीबनशैलीलाई  नै परीवर्तन गर्छ थाहा हुदैन । हरेक ब्यक्तिलाई आफूपछि परीवारमा आर्थिक संकट नपरोस् र आफूले गरेको लगानीको पनि सुनिश्चिता होस् भन्ने चाहना हुन्छ । यहि चाहना पूरा गर्न नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले थौरै लगानीमा अधिक जोखिम बहन गर्नुको साथै आफूले गरको लगानीको पनि सुनिश्चतता गर्न "Nepal Life iEnsure" बीमा योजना ल्याएको छ । 

        थोरै लगानीमा अधिक जोखिम बहन ह्ुनुको साथै लगानीको सुनिश्चितता ह्ुनु यो योजनाको मुख्य बिशेषता हो ।

विशेषताहरुः

१)    बीमा योजनाको नाम    ः    “Nepal Life iEnsure” जीवन बीमा योजना
२) बीमा योजनाको प्रकार    ः    म्यादी जीवन बीमा  (मुनाफामा सरिक नहुने)                    
३)    प्रवेश उमेर    ः     १८ वर्ष देखि ६० वर्ष
५)    बीमाअवधि    ः    न्यूनतम ५ वर्ष देखि अधिकतम २५ वर्र्ष सम्म
६)    बीमा समाप्तिमा अधिकतम उमेर    ः    ६५ वर्ष
७)    बीमा शुल्क भुक्तानि तरिका    ः    वार्षिक, अर्धवार्षिक , त्रैमासिक , मासिक र एकमुष्ठ तरिका
८)  न्यूनतम बीमाङ्क रकम    ः     रू १००,०००र-(एक लाख)
९) अधिकतम बीमाङ्क रकम    ः     रू १०,०००,०००र-(एक करोड)


१०) यस योजनामा समावेश भएका सुविधाहरु ः    
    बीमा शुल्क तिर्ने तरिका अनुसार छुट वा थप शुल्क
    वार्षिक      - १% छुट
    अर्ध वार्षिक  - छैन
    त्रैमासिक    -३ % थप
    मासीक     -६ % थप

    बीमाङ्कमा छुट
    रु २५,००,००० सम्म                   छैन
    रु २५,००,००० भन्दा माथी           बीमा शुल्कको  १% छुट
    

समर्पण तथा कर्जा सुविधा

  • वार्षिक ३ किस्ता बीमाशुल्क भुक्तानी गर्नुको साथै वीमा प्रारम्भ मिति बाट ३ वर्ष पुरा भए पश्चात सर्मपण मुल्य प्राप्त गर्न सकिनेछ । 
  • कर्जा सुविधा नरहेको

दुर्घटना मृत्यु लाभ सुविधा (ADB) ः
(ऐच्छिक )
१८ वर्ष देखिका बीमितले अतिरिक्त विमाशुल्क तिरेर बीमाङ्क रकम बराबर अधिकतम रू १,००,००,०००र-(एक करोड) सम्मको दुर्घटना मृत्यु लाभ (ADB) सुविधा लिन सकिने ।

११.बीमाङ्क रकम भुक्तानि पाउने अवस्था ः  

पूणर् अवधि भुक्तानि Maturity Benefit) ः

  • बीमालेख चालु रही बीमा अवधि भुक्तानी पश्चात (Maturity) सम्म बीमित जीवित रहेमा बीमीतले भुक्तानि गरेको बीमाशुल्क बराबरको  रकम  बीमीतलाई फिर्ता दिइने छ (ऐच्छिक सुविधा बापत तिरेको रकम बाहेक )। 
  • मृत्यु दावि भुक्तानि (Death  Benefit) ः

    बीमालेख चालु भएको एक वर्ष  भित्र दुर्घटना बाहेक अन्य जुनसुकै कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक) बीमितको मृत्यु भएमा बीमीतले भुक्तानी गरेको बीमा शुल्क रकम मात्र फिर्ता दिइने छ ।
    बीमालेख चालु भएको एक वर्ष  भित्र दुर्घटना को कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक) बीमितको मृत्यु भएमा बीमाङ्क रकम भुक्तानी दिइने छ ।
    बीमालेख चालु भएको एक वर्ष पश्चात बीमा अवधि  भित्र जुनसुकै कारणबाट  (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक) बीमितको मृत्यु भएमा बीमाङ्क रकम भुक्तानी दिइने छ ।
    यदि दुर्घटना मृत्यु लाभ सुविधा (ADB) लिएको बीमालेखमा  बीमितको दुर्घटनाको कारणबाट मृत्यु भएमा बीमालेखमा उल्लेख भएको बीमाङ्क रकम तथा दुर्घटना मृत्यु लाभ सुविधा बापतकोे बीमाङ्क रकम एकमुष्ट  भुक्तानी दिइनेछ ।