नौलो जीवन संम्बृद्धि
नेपाल लाइफ इन्स्योरेन्सले अग्रणी कम्पनीको रूपमा सदाझै आफ्ना मौलिक विशेषता भएको बीमा योजनाहरू मार्फत आम मानिसको विश्वास हासिल गर्न सफल भइरहेको परिप्रेक्ष्यमा “आजको बचत र लगानी भोलिको समृद्ध जिन्दगानी” को मूल नाराका साथ “नौलो धनवर्षा” नामक नयाँ सावधिक जीवन बीमा योजना कार्यान्वयनमा ल्याएको छ । यस योजनामा सीमित वर्षको बीमाशुल्क भुक्तानीमा बीमा अवधिभरि जोखिम बहन हुने बीमा अवधि समाप्त हुनु अगावै विभिन्न ४ किस्तामा बीमाङ्क रकम भुक्तानी हुने, एकल भुक्तानीको व्यवस्था, अपाङ्ग अशक्तताको सुविधा, बीमालेख धितोमा एक वर्षमा नै कर्जा उपलब्ध हुने जस्ता सुविधाहरू रहेका छन् ।
योजनाका मुख्य विशेषताहरू :
१६ वर्ष देखि ६० वर्ष सम्मका व्यक्तिको जीवन बीमा गर्न सकिने
बीमा १०, १५, २० र २५ वर्ष अवधिका लागि बीमा गर्न सकिने,
सीमित अवधि बीमाशुल्क भुक्तानी गरी बीमा अवधिभरि जोखिम बहन हुने,
बीमा अवधि समाप्त हुनु अगावै ४–४ वर्षको अन्तरालमा सम्पूर्ण बीमाङ्क रकम फिर्ता भई सक्ने ।
बीमा अवधि समाप्तिमा एकमुस्ट बोनस रकम पाइने,
बीमा चालू भएको १ वर्ष पश्चात् बीमालेख धितो राखि सहजै कर्जा लिन सकिने,
बीमा अवधिमा बीमितको मृत्यु भएमा विभिन्न किस्तामा गरिएको आवधिक भुक्तानी कट्टा नगरी बीमाङ्क र आर्जि बोनस रकम उपलब्ध हुने,
थप परिष्कृत अपाङ्ग असक्तता सुविधा उपलब्ध रहेको,
बीमाशुल्क एकल किस्तामा मात्र पनि भुक्तानी गर्न सकिने । एकल बीमाशुल्क भुक्तानीमा बीमाङ्क को २.५ गुणा मृत्यु जोखिम बहन हुने,
बीमालेख धितोमा १ वर्षमा नै कर्जा उपलब्ध हुने ।
बीमालेख सम्बन्धी विस्तृत जानकारी
१)  बीमा योजनाको प्रकार :   सीमित भुक्तानी धनफिर्ता सावधिक जीवन बीमा
२)  प्रवेश उमेर:   १६ वर्ष देखि ६० वर्ष
३)  बीमा अवधि:   १० वर्ष, १५ वर्ष, २० वर्ष वा २५ वर्ष
४)  बीमा समाप्तिमा अधिकतम उमेर:  ७० वर्ष
५) बीमाशुल्क भुक्तानी अवधि :
| बीमा अवधि | १० वर्ष | १५ वर्ष | २० वर्ष | २५ वर्ष | 
| बीमा शुल्क भुक्तानी अवधि | एकल वा ८ वर्ष | एकल वा १२ वर्ष | एकल वा १६ वर्ष | एकल वा २० वर्ष | 
६) बीमाङ्क रकम: रु.५०,०००/– (पचास हजार ) देखि आय स्रोतको आधारमा जति पनि गर्न सकिने ।
७) बीमाशुल्क छुट :
| बीमाङ्क रकमको आधारमा छुट | बीमाशुल्क भुक्तानी तरिकाको आधारमा छुट | ||
| बीमाङ्क रकम | छुट (प्रति हजार) | भुक्तानी तरिका | छुट (प्रतिशत) | 
| रु. ५,०१,००० देखि रु.२५,००,००० सम्म | ५० पैसा | वार्षिक | २ प्रतिशत छुट | 
| रु. २५,०१,००० देखि रु.५०,००,००० सम्म | रु.१ | अर्ध–वार्षिक | १ प्रतिशत छुट | 
| रु. ५०,०१,००० देखि रु.१,००,००,००० सम्म | रु.१.५० | त्रैमासिक | छुट छैन | 
| रु. १,००,०१,००० देखि माथि | रु.२ | मासिक | थप ५ प्रतिशत | 
८) ऐच्छिक सुविधा: दुर्घटना लाभ, बीमाशुल्क छुट सुविधा र अशक्त सुविधा समावेश भएको । ऐच्छिक सुविधा बीमाङ्क बराबर अधिकतम रु.५०,००,००० सम्म लिन सकिने । ऐच्छिक सुविधा लिई बीमा अवधिमा बीमितको दुर्घटनाको कारणबाट मृत्यु भएमा ऐच्छिक सुविधाको बीमाङ्क बराबर थप रकम उपलब्ध हुने र दुर्घटनाको कारणबाट अपाङ्ग अशक्त भएमा ऐच्छिक सुविधाको बीमाङ्क बराबरको रकम मासिक १२० किस्तामा उपलब्ध हुने र बाँकी अवधिको बीमाशुल्क भुक्तानी गर्नु नपर्ने, साथै बीमालेख चालू रहि मृत्यु जोखिम बहन भइ रहने, बीमालेखको शर्त बमोजिम धनफिर्ता हुने तथा अवधि समाप्तिमा बोनस समेत प्राप्त हुने ।
९)  यस योजनामा समावेश भएका सुविधा: ऋण तथा समर्पण मूल्य 
क) एकल बीमाशुल्क भुक्तानी गरेको अवस्थामा बीमा प्रारम्भ भएको मितिले एक वर्ष पश्चात् बीमालेखको समर्पण मूल्य प्राप्त हुनेछ र समर्पण मूल्यको ९० प्रतिशत सम्म कर्जा प्राप्त गर्न सकिनेछ ।
ख) एकल बीमाशुल्क बाहेक अन्य बीमाशुल्क भुक्तानी तरिकाको हकमा बीमा प्रारम्भ भएको मितिले एक वर्ष पश्चात् वार्षिक २ किस्ता बीमाशुल्क भुक्तानी गरे पछि समर्पण मूल्य प्राप्त हुनेछ र समर्पण मूल्यको ९० प्रतिशत सम्म कर्जा प्राप्त गर्न सकिनेछ ।
१०) बीमाङ्क रकम भुक्तानी पाउने अवस्था: तपसिल बमोजिम भुक्तानी हुनेछ ।
| अवधि भुक्तानी गरिने अवधि | बीमा अवधि | |||
| १० वर्ष | १५ वर्ष | २० वर्ष | २५ वर्ष | |
| ४ वर्षको अन्त्यमा बीमाङ्कको | ४०% | ३०% | २०% | १५% | 
| ८ वर्षको अन्त्यमा बीमाङ्कको | ६०% | ३०% | २०% | १५% | 
| १२ वर्षको अन्त्यमा बीमाङ्कको | — | ४०% | २०% | १५% | 
| १६ वर्षको अन्त्यमा बीमाङ्कको | — | — | ४०% | १५% | 
| २० वर्षको अन्त्यमा बीमाङ्कको | — | — | — | ४०% | 
क)बीमालेख चालू रही बीमा अवधि समाप्ति मिति सम्म बीमित जीवित रहेमा बीमालेख अन्तर्गत बीमाङ्क रकम माथि उल्लिखित बमोजिमको किस्तामा भुक्तानी दिइनुका साथै आर्जित बोनस बीमालेख अवधि समाप्तिमा एकमुस्ट दिइने छ ।
ख) बीमालेख चालू रही बीमा समाप्ति मिति अगावै बीमितको मृत्यु भएमा बीमाङ्क रकम र बीमा लेखले आर्जन गरेको नियमानुसारको बोनस रकम एकमुस्ट भुक्तानी दिइनेछ तर एकल बीमाशुल्क भुक्तानी तरिकामा बीमाङ्कको २.५ गुणाले हुने रकम र आर्जित बोनस एकमुस्ट भुक्तानी दिइनेछ । यसरी भुक्तानी गर्दा अवधि भुक्तानी बापत प्रदान गरेको रकम कट्टा गरिने छैन ।
 
     
                                