Customer Care: 01-5970971

समाचार

नेपाल लाइफको एमडीआरटी सम्मान कार्यक्रम

19 March 2021

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एमडीआरटी बन्न सफल अभिकर्ताहरुलाई सम्मान गरेको छ । शुक्रबार राजधानीको हायात होलटमा आयोजित समारोहका बीच उक्त सम्मान गरेको हो ।
विश्वका अभिकर्ताहरुको अन्तराष्ट्रिय संस्था मिलियन डलर राउन्ड टेबल-२०२१मा सहभागी हुन योग्य हुनुभएका आप\mना अभिकर्ताहरुलाई सम्मान गरेको हो ।
कम्पनीले खादा, माला, प्रसंशा-पत्र सहित सो सम्मान गरेको हो । कम्पनीमा कार्यरत २३८ जना एमडीआरटी, २० जना कोर्ट अफ दि टेबल र ९ जना टप अफ दि टेबल गरि २६७ जना अभिकर्ताहरु मिलियन डलर राउन्ड टेबल-२०२१मा सहभागी हुन योग्य हुन यत्तइ भएका छन् ।
कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत सुशिल कुमार चौधरीले स्वागत मन्तब्य व्यक्त गरे । उपप्रमुख कार्यकारी अधिकृत चौधरीले मिलियन डलर राउन्ड टेबल जस्ता अन्तर्राष्ट्रिय संस्थाहरुमा कम्पनीका तर्फबाट अभिकर्ताहरुले सहभागीता जनाउन पाउँदा अन्तर्राष्ट्रिय जगतमा अनुभव साटासाट हुनुका साथै क्षमता विकास, काम गर्ने उत्प्रेरणा प्राप्त हुने जनाए ।
त्यसैगरी कम्पनीका उप महाप्रबन्धक उमापति पोखरेलले मिलियन डलर राउन्ड टेबल-२०२१ का लागि योग्य भई सहभागिता जनाउने अभिकर्ताहरुलाई बधाई ज्ञापन गर्दै आगामि दिनमा अझ सफलताको सिढि चढ्दै जान भन्दै शुभकामना व्यक्त गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यबाहक प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले कम्पनीलाई उच्च राख्न अहोरात्र खटिने सम्पूर्ण अभिकर्ताहरुलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनको सफल यात्राका लागि शुभकामना व्यक्त गरे ।
समस्यासँग भाग्ने नभई समस्याको सामना गरी डटेर निरन्तर गरिने संघर्षले नै सफलताको शिखर हासिल गर्ने बताए ।
कार्यबाहक प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले अभिकर्ताहरुको निरन्तर साथ र सहयोगको अपेक्षा राख्दै धन्यवाद व्यक्त गरे । साथै अझै उत्साहका साथ अगाडि बढि कम्पनीले नयाँ उचाई हासिल गर्ने विश्वास व्यक्त गरे ।
पेशागत बिमा अभिकर्ता संघ नेपालका उपाध्यक्ष तथा बिमक समिति नेपाल लाइफका अध्यक्ष राजेन्द्र अमात्यले नेपाल लाइफले अभिकर्ताहरुलाई उत्साह र सम्मानको खाँचो महसुस गरी आयोजना गरिएका यस प्रकारका कार्यक्रमले अभिकर्ताहरुमाझ जोस र जागरको उर्जा भरी कम्पनीको उचाइले शिखर चुम्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
पेशागत बिमा अभिकर्ता संघ नेपालका अध्यक्ष नन्दप्रसाद तिवारीले नेपाल लाइफलाई अग्रणी र अब्बल बीमा कम्पनीका रुपमा निरन्तर देख्न चाहने हामी अभिकर्ताहरुले एकजुट भई काधमा काध मिलाई काम गर्नु पर्ने बनाए ।
नेपाल लाइफका बरिष्ठ सहायक महाप्रबन्धक दिग्विजय सिंघलले अभिकर्ताहरुको उत्साहजनक साथले कम्पनीले लिएको लक्ष्यलाई दोब्बर बनाउनेमा विश्वास व्यक्त गरे ।
कम्पनीका बरिष्ठ सहायक महाप्रबन्धक सोन आले मगरले जीवन जिउनका लागि मात्र होइन, जीवन जित्नका लागि हो भनी अभिकर्ताहरुको उत्साह थप्ने भनाइ राखे ।

नेपाल लाइफको एमडीआरटी सम्मान कार्यक्रम

Recent News

4 April 2022
नेपाल लाइफको २१औं वार्षिक साधारण सभा सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २०७८ चैत्र २१ गते, वीरगञ्जमा २१औं वार्षिक साधारण सभा सम्पन्...

23 May 2021
महामारीमा नेपाल लाइफको मर्मस्पर्शी सचेतनामूलक भिडियो सार्वजन...

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अहिलेको महामारीलाई मध्यनजर गर्दै मर्मस्पर्शी सचेतनामूलक भिडियो सार्...

15 May 2021
नेपाल लाइफको ‘नौलो सुरक्षित जीवन बीमा योजना’ सार्वजनिक

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सुरक्षित जीवन बीमा योजनाको व्यापक सफलता पश्चात् अझ परिस्कृत रुपमा ‘...