हाम्रा उत्पादनहरु
हाम्रो सबैभन्दा लोकप्रिय र मूल्यवान जीवन बीमा योजनाहरू
नेपाल लाइफ सुनौलो भविष्य जीवन बीमा योजना
यो योजनाले न्यून बीमाशुल्कमा बचत र सुरक्षा एकै साथ प्रदान गर्दछ। यो योजना अन्तर्गत जोखिम बहनको अतिरिक्त बीमितलाई बीमालेख अवधि भर बचत गर्न प्रोत्साहन गर्दछ। यस योजनाले तपाईको अवकाश पछिको आर्थिक आवश्यकतालाई समेत समेट्दछ। यो योजना अन्तर्गत बीमितले एउटै बीमा योजनाबाट दुई किसिमको सुविधा प्राप्त गर्न सक्दछ। यस योजनामा दुईवटा विकल्पहरु समावेश गरिएका छन् जसमध्ये आफ्नो इच्छा र आवश्यकता अनुरुप बीमितले कुनै एउटा मात्र विकल्पको छनोट गर्न सक्दछ।
नौलो सुरक्षित जीवन बीमा योजना
यस कम्पनीको सुरक्षित जीवन बीमा योजनाको व्यापक सफलता पश्चात् कम्पनीले समस्त बीमितहरु माझ नेपाल लाइफ नौलो सुरक्षित जीवन बीमा योजना सावधिक जीवन बीमा ल्याईएको हो ।
नेपाल लाइफ अनमोल जीवन बीमा योजना
भनिन्छ मानव जीवन अनमोल छ तर आजको समयमा प्रत्येक व्यक्तिको अनमोल जिवनका हर पलहरु जोखिम नै जोखिमले भरिएको कुरालाई नकार्न सकिदैंन । यस्तो जोखिम मानिसको जिवनमा वाचुन्जेल रहिनैरहन्छ । तसर्थ मानिसको अनमोल जीवनमा विभिन्न जोखिमबाट आइपर्ने क्षतिलाई बीमाको माध्यमबाट न्यूनिकरण गर्न कम्पनिले “नेपाल लाइफ अनमोल जीवन” जीवन बीमा योजना नामक सावधिक र आजिवनको विशेषता भएको बीमा बजारमा ल्याईएको छ ।
नेपाल लाइफ समुन्नत जीवन बीमा योजना
मानिसका पेशा फरक फरक हुन्छन् । कुनै पेशामा वढी जोखिम हुन्छ त कुनै पेशामा कम जोखिम हुन्छ । यसरी बढी जोखिमयुक्त पेशामा लागेका व्यक्तिहरुको एउटै बीमालेखबाट अधिकतम जोखिम वहन गर्ने विशेषता भएको बीमा योजनाको वजारमा अत्यधिक माग भएको वर्तमान परिप्रेक्षलाई मध्यनजर गरी कम्पनीले “नेपाल लाइफ समुन्नत जीवन” जीवन बीमा योजना बजारमा ल्याईएको छ ।
नेपाल लाइफ जीवन उदय एकल जीवन बीमा योजना
प्रत्येक मानिसका इच्छा चाहनाहरु फरक फरक हुन्छन् । कोहि व्यक्तिलाई आफ्नो आय आर्जनको थोरै थोरै रकम लगानि गरी भविष्यको लागि वचत गर्ने चाहना हुन्छ भने कोहि पटक पटक बीमाशुल्क भुक्तानी गर्ने झन्झटबाट मुक्त हुन चाहन्छन् । यसरी पटक पटक बीमाशुल्क भुक्तानि गर्न झन्झट मानि एकैपटक सम्पूर्ण बीमाशुल्क भुक्तानी गरि आफ्नो जीवनमा आउनसक्ने जोखिमलाई बीमाको माध्यमबाट न्यूनिकरण गर्न चाहने समूहलाई मध्यनजर गरि कम्पनीले “नेपाल लाइफ जीवन उदय एकल जीवन बीमा योजना” नामक सावधिक विशेषता भएको बीमा बजारमा ल्याईएको छ ।
बीमा अवधि भित्र बीमितको मृत्यु भएमा बीमाङ्कको दुई गुणा रकमको साथै आर्जित बोनश भुक्तानी दिनु यो योजनाको मुख्य विशेषता हो ।
नौलो जीवन संम्बृद्धि
बीमालेख सम्बन्धी विस्तृत जानकारी
१) बीमा योजनाको प्रकार : सीमित भुक्तानी धनफिर्ता सावधिक जीवन बीमा
२) प्रवेश उमेर: १६ वर्ष देखि ६० वर्ष
३) बीमा अवधि: १० वर्ष, १५ वर्ष, २० वर्ष वा २५ वर्ष
४) बीमा समाप्तिमा अधिकतम उमेर: ७० वर्ष
बाल शिक्षा बीमा योजना
योजनाको नाम : नेपाल लाइफ “सुनिश्चित भविष्य तथा शिक्षा जीवन बीमा”
बीमा योजना (Eligibility Conditions):
प्रवेश उमेर : बच्चा: जन्मे देखि १८ वर्ष सम्म
प्रस्तावकको उमेर: २० वर्ष देखि ६५ वर्ष सम्म
बीमा अवधि : ५ वर्ष देखि ३० वर्ष सम्म
(बीमा अवधि समाप्तिमा बच्चाको उमेर ३० बर्ष र प्रस्तावकको ७० वर्ष ननाघ्ने गरी)
बीमाङ्क : प्रस्तावक : रू.५० हजार देखि १ करोड सम्म
बच्चा: प्रस्तावकको बीमाङ्क बराबर अधिकतम रू.२५ लाख सम्म
जोखिम बहन शुल्क : बच्चाको बीमाङ्कमा रू.१ प्रति हजार
नेपाल लाइफ नौलो केटाकेटी जीवन बीमा योजना
यस सावधिक जीवन बीमालेखमा १ बर्षदेखि ७ वर्षम्म उमेर भएको बीमितको वीमा प्रारम्भ मिति बाट २ वर्ष पुरा भए पश्चात वा ७ वर्षउमेर पुरा भएपछि (जुन पछि आउछ) बीमालेखको पहिलो वाषिर्कोत्सव मितिदेखि र बीमितको उमेर ८, ९ वर्षभएमा उनीहरुको उमेर १० वर्षपुरा भएपछि र बीमितको उमेर १०, ११ वर्षभएमा उनीहरुको बीमाको वाषिर्कोत्सव मितिदेखि मात्र बीमालेख अन्र्तर्गत बीमितको मृत्यु जोखिम प्रारम्भ हुनेछ ।
नेपाल लाइफ आइइन्स्योर
हरेक ब्यक्तिले आफ्नो परीवारको उज्जवल भविश्यको परीकल्पना गरेको हुन्छ । तर जीबन अश्चित हुन्छ कति बेला कुन घटनाक्रमले पारीवारीक जीबनशैलीलाई नै परीवर्तन गर्छ थाहा हुदैन । हरेक ब्यक्तिलाई आफूपछि परीवारमा आर्थिक संकट नपरोस् र आफूले गरेको लगानीको पनि सुनिश्चिता होस् भन्ने चाहना हुन्छ । यहि चाहना पूरा गर्न नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले थौरै लगानीमा अधिक जोखिम बहन गर्नुको साथै आफूले गरको लगानीको पनि सुनिश्चतता गर्न ल्भउब िीषभ ष्भ्लकगचभ बीमा योजना ल्याएको छ ।
ग्रामिण सावधिक जीवन बीमा
बीमा योग्यता, शर्त तथा सुविधा
१) बीमा योजनाको प्रकार : साबधिक जीवन बीमा (मुनाफामा सरिक हुने)
२) प्रवेश उमेर : १६ वर्ष देखि ६० वर्ष
३) बीमा अवधि : ५ वर्ष देखि ४९ वर्ष सम्म
४) बीमा समाप्तिमा अधिकतम उमेर : ६५ वर्ष
५) बीमाशुल्क भुक्तानि तरिका : वार्षिक, अर्ध वार्षिक, त्रैमासिक र मासिक
६)बीमाङ्क रकम : न्यूनतम् रु.१०,००० र अधिकतम् रु.२,००,००० (रु.१,०००को अन्तरमा)
- सावधिक
- केटाकेटी जीवन बीमा
- बाल शिक्षा बीमा योजना
- सुरक्षित जीवन बीमा
- जीवन लक्ष्मी जीवन बीमा योजना
- जीवन ज्योती
- जीवन सारथी बीमा योजना
- नौलो सुरक्षित जीवन बीमा योजना
- नेपाल लाइफ नौलो केटाकेटी जीवन बीमा योजना
- नेपाल लाइफ समुन्नत जीवन बीमा योजना
- नेपाल लाइफ जीवन उदय एकल जीवन बीमा योजना
- नेपाल लाइफ सुनौलो भविष्य जीवन बीमा योजना
- धनवर्षा बीमा
- आजीवन बीमा
- म्यादी बीमा
हाम्रो शक्ति
२००१ मा स्थापित नेपाल लाइफ अग्रणी जीवन बीमा कम्पनी हो
रु १४,५२७ करोड भन्दा बढी
लगानी कोष
२००+
कार्यालय सन्जाल
३० लाख +
पॉलिसी धारक
२.३ लाख +
एजेन्टहरु नेपाल भर
पुरस्कार र मान्यता
We have been awarded by several awards
NepalLife Insurance Calculators
Explore our interactive tools and premium calculators to plan for your financial goals
Need Assessment Calculator
In just a few questions you can find out how much life insurance coverage you may need / you can buy based on your income, financial responsibilities and type of plan you want to buy.