Customer Care: 01-5970971
Get Quote Download Brochure

नेपाल लाइफ सुनौलो भविष्य जीवन बीमा योजना

सावधिक अग्रिम भुक्तानी तथा आजीवन बीमा  (मुनाफामा सरिक हुने)

 

यो योजनाले न्यून बीमाशुल्कमा बचत र सुरक्षा एकै साथ प्रदान गर्दछ।  यो योजना अन्तर्गत जोखिम बहनको अतिरिक्त बीमितलाई बीमालेख अवधि भर बचत गर्न प्रोत्साहन गर्दछ। यस योजनाले तपाईको अवकाश पछिको आर्थिक आवश्यकतालाई समेत समेट्दछ।  यो योजना अन्तर्गत बीमितले एउटै बीमा योजनाबाट दुई किसिमको सुविधा प्राप्त गर्न सक्दछ। यस योजनामा दुईवटा विकल्पहरु समावेश गरिएका छन् जसमध्ये आफ्नो इच्छा र आवश्यकता अनुरुप बीमितले कुनै एउटा मात्र विकल्पको छनोट गर्न सक्दछ।  

 

विशेषताहरुः
परिपक्वता सुविधा 

  • विकल्प १ 

बीमा अवधि समाप्तिमा बीमाङ्क रकम + आर्जित बोनस, एकमुष्ट दिईने छ । 

  • विकल्प २ 

बीमा भुक्तानी अवधि समाप्तिमा बीमालेखमा उल्लेख भएको बीमाङ्क रकम दिइने छ र भुक्तानी अवधि समाप्ति पछि प्रत्येक वर्ष (वार्षिक उत्सव मितिमा ) बीमाङ्कको ५% रकम बीमितको उमेर ७९ वर्ष नपुगन्जेल सम्म बीमितलाई प्रदान गरिनेछ ।  साथै बीमित ८० वर्ष पूरा भएपछि बीमा सुल्क भुक्तानी अवथि सम्म आर्जित बोनस बीमितलाई प्रदान गरिन्छ ।   

 

मृत्यु भएमा 

  • विकल्प १ 

बीमालेख चालु रही बीमा भुक्तानी अवधि भित्र जुनसुकै कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक) बीमितको मृत्यु भएमा बीमाङ्क रकम + आर्जित बोनस एकमुष्ठ दिईने छ। 

  • विकल्प २

बीमालेख चालु रही बीमा भुक्तानी अवधि भित्र जुनसुकै कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक) बीमितको मृत्यु भएमा बीमाङ्क रकम + आर्जित बोनस एकमुष्ठ दिईने छ र बीमाशुल्क भुक्तानी अवधि समाप्ति पछि बीमित ८० वर्ष नपुगन्जेल सम्म बीमितको मृत्यु भएमा बीमाङ्कको ५०% रकम + बीमाशुल्क भुक्तानी अवधि सम्म आर्जित बोनस रकम एकमुष्ठ भुक्तानी दिईनेछ।  

 

योग्यता 

  • न्यूनतम बीमाङ्क रकम : रू २५,००० /- (पच्चीस हजार )
  • अधिकतम बीमाङ्क रकम: आयश्रोतको आधारमा गर्न सकिने 
  • प्रवेश उमेर: १८ वर्ष देखि ६५ वर्ष 
  • बीमा अवधि (विकल्प) १ र २ : न्यूनतम ५ वर्ष देखि अधिकतम ३५ वर्ष सम्म 
  • जोखिम बहन अवधि (विकल्प २):  न्यूनतम ५ वर्ष देखि अधिकतम ६२ वर्ष सम्म)

बीमाशुल्क भुक्तानी अवधि समाप्तिमा अधिकतम उमेर ७० वर्ष (दुबै विकल्पको लागि) 

  • बीमा अवधि समाप्तिमा अधिकतम उमेर : ७० वर्ष (विकल्प १)
  • बीमा समाप्तिमा अधिकतम उमेर : ८० वर्ष (विकल्प २)
  • बीमाशुल्क भुक्तानी तरिका: वार्षिक, अर्धवार्षिक, त्रैमासिक, मासिक 

Salary Saving Scheme, एकल (विकल्प १ का लागि मात्र)

 

ऋण तथा समर्पण सुविधा
विकल्प १ , विकल्प १ (एकल) र विकल्प २ सबैमा 
१)  वार्षिक ३  किस्ता बीमाशुल्क भुक्तानी गर्नुको साथै वीमा प्रारम्भ मिति बाट ३ वर्ष पुरा भए पश्चात सर्मपण मुल्य प्राप्त गर्न सकिनेछ ।
२)  वार्षिक ३ किस्ता बीमाशुल्क भुक्तानी गर्नुको साथै वीमा प्रारम्भ मिति बाट ३ वर्ष पुरा भए पश्चात सर्मपण मुल्य को ९०% ऋण  प्राप्त गर्न सकिनेछ ।

 

ऐच्छिक सुविधाहरु 
दुर्घटना मृत्यु लाभ सुविधा (ADB), दुर्घटना मृत्यु लाभ सुविधा / बीमाशुल्क छुट तथा पुर्णअशक्तता सुविधा (ADB/PTD/PWB), घातक रोग सुविधा (Critical Illness Rider)

More Products from सावधिक

बाल शिक्षा बीमा योजना

योजनाको नाम : नेपाल लाइफ “सुनिश्चित भविष्य तथा शिक्षा जीवन बीमा
बीमा योजना (Eligibility Conditions):
प्रवेश उमेर : बच्चा: जन्मे देखि १८ वर्ष सम्म
प्रस्तावकको उमेर: २० वर्ष देखि ६५ वर्ष सम्म
बीमा अवधि : ५ वर्ष देखि ३० वर्ष सम्म
(बीमा अवधि समाप्तिमा बच्चाको उमेर ३० बर्ष र प्रस्तावकको ७० वर्ष ननाघ्ने गरी)
बीमाङ्क : प्रस्तावक : रू.५० हजार देखि १ करोड सम्म
बच्चा: प्रस्तावकको बीमाङ्क बराबर अधिकतम रू.२५ लाख सम्म
जोखिम बहन शुल्क : बच्चाको बीमाङ्कमा रू.१ प्रति हजार

जीवन ज्योती
जीवन ज्योति बीमा योजना सिमित भुक्तानी ...

नौलो सुरक्षित जीवन बीमा योजना

यस कम्पनीको सुरक्षित जीवन बीमा योजनाको व्यापक सफलता पश्चात् कम्पनीले समस्त बीमितहरु माझ नेपाल लाइफ नौलो सुरक्षित जीवन बीमा योजना सावधिक जीवन बीमा ल्याईएको हो ।

नेपाल लाइफ नौलो केटाकेटी जीवन बीमा योजना

यस सावधिक जीवन बीमालेखमा १ बर्षदेखि ७ वर्षम्म उमेर भएको बीमितको वीमा प्रारम्भ मिति बाट २ वर्ष पुरा भए पश्चात वा ७ वर्षउमेर पुरा भएपछि (जुन पछि आउछ) बीमालेखको पहिलो वाषिर्कोत्सव मितिदेखि र बीमितको उमेर ८, ९ वर्षभएमा उनीहरुको उमेर १० वर्षपुरा भएपछि र बीमितको उमेर १०, ११ वर्षभएमा उनीहरुको बीमाको वाषिर्कोत्सव मितिदेखि मात्र बीमालेख अन्र्तर्गत बीमितको मृत्यु जोखिम प्रारम्भ हुनेछ ।

नेपाल लाइफ समुन्नत जीवन बीमा योजना

मानिसका पेशा फरक फरक हुन्छन् । कुनै पेशामा वढी जोखिम हुन्छ त कुनै पेशामा कम जोखिम हुन्छ । यसरी बढी जोखिमयुक्त पेशामा लागेका व्यक्तिहरुको एउटै बीमालेखबाट अधिकतम जोखिम वहन गर्ने विशेषता भएको बीमा योजनाको वजारमा अत्यधिक माग भएको वर्तमान परिप्रेक्षलाई मध्यनजर गरी कम्पनीले  “नेपाल लाइफ समुन्नत जीवन” जीवन बीमा योजना बजारमा ल्याईएको छ ।

नेपाल लाइफ जीवन उदय एकल जीवन बीमा योजना

प्रत्येक मानिसका इच्छा चाहनाहरु फरक फरक हुन्छन् । कोहि व्यक्तिलाई आफ्नो आय आर्जनको थोरै थोरै रकम लगानि गरी भविष्यको लागि वचत गर्ने चाहना हुन्छ भने कोहि  पटक पटक बीमाशुल्क भुक्तानी गर्ने झन्झटबाट मुक्त हुन चाहन्छन् । यसरी पटक पटक बीमाशुल्क भुक्तानि गर्न झन्झट मानि  एकैपटक सम्पूर्ण बीमाशुल्क भुक्तानी गरि आफ्नो जीवनमा आउनसक्ने जोखिमलाई बीमाको माध्यमबाट न्यूनिकरण गर्न चाहने समूहलाई मध्यनजर गरि कम्पनीले “नेपाल लाइफ जीवन उदय एकल जीवन बीमा योजना” नामक सावधिक विशेषता भएको बीमा बजारमा ल्याईएको छ ।
 
बीमा अवधि भित्र बीमितको मृत्यु भएमा बीमाङ्कको दुई गुणा रकमको साथै आर्जित बोनश भुक्तानी दिनु यो योजनाको मुख्य विशेषता हो ।