Customer Care: 01-5970971

समाचार

डोल्पाको दुनैमा नेपाल लाइफको शाखा उद्घाटन

1 November 2019

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एक कार्यक्रमका वीच डोल्पाको दुनैमा शाखा कार्यालय उद्घाटन गरी कारोबार सुरु गरेको छ । उक्त औपचारिक कार्यक्रममा प्रमुख अतिथि बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले डोल्पाको दुनै शाखाको उद्घाटन गरे ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष चापागाँईले जीवन बीमाले जोखिम बहन गर्नुका साथै बचत गर्ने बानीको पनि विकास हुने भएकोले जोखिम बहनको साथै बचतसमेत हुने बताए ।

देशव्यापी रुपमा जीवन बीमा क्षेत्रको बजार विस्तारमा नेपाल लाइफले महत्वपूर्ण योगदान पुर्‍याएको र डोल्पा जस्ता नेपालका अन्य दुर्गम क्षेत्रमा पनि आप\mनो सेवा पुर्‍याइरहेकोमा नेपाल लाइफलाई धन्यवाद व्यक्त गरे ।

अध्यक्ष चापागाँईले हिमाली जिल्लाको दुरदराजमा पुगेर न्यून आय भएका जनतालाई पनि बीमाको दायरामा ल्याउन सुझाए । उनले बीमाको महत्वबारे हिमाली क्षेत्रका बासिन्दालाई बुझाउन आवश्यक रहेको भन्दै डोल्पामा नेपाल लाइफको सेवा प्रवाहले हिमाली क्षेत्रमा बीमाको उपस्थिति बलियो हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले तिब्र गतिले बीमा व्यवसाय विस्तार भइरहेको परिपेक्षमा एक तिहाई बजार हिस्सा नेपाल लाइफले ओगट्न सफल भई देशको बीमा व्यवसायलाई बढाउन महत्वपूर्ण योगदान पुर्‍याउन सफल भएको जनाए ।

साथै यो सफलता प्राप्त हुनुमा सबैको विश्वास र भरोसा रहेको बताउँदै, सो विश्वास र भरोसा सदैव कायम राख्न नेपाल लाइफ हरपल लागि पर्ने प्रमुख कार्यकारी अधिकृत झाले प्रतिवद्धता व्यक्त गरे ।

नेपालका दूरदराजसम्म पनि सहज रुपमा बीमा सेवाको पहुँच पुर्‍याउन सकियोस भनी डोल्पाको दुनैमा शाखा विस्तार गरिएको र नेपालभर नै सेवाको विस्तार गर्ने लक्ष्य नेपाल लाइफको रहेको प्रमुख कार्यकारी अधिकृत झाले जानकारी दिए ।

डोल्पाको दुनैमा नेपाल लाइफको शाखा उद्घाटन

Recent News

4 April 2022
नेपाल लाइफको २१औं वार्षिक साधारण सभा सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २०७८ चैत्र २१ गते, वीरगञ्जमा २१औं वार्षिक साधारण सभा सम्पन्...

23 May 2021
महामारीमा नेपाल लाइफको मर्मस्पर्शी सचेतनामूलक भिडियो सार्वजन...

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अहिलेको महामारीलाई मध्यनजर गर्दै मर्मस्पर्शी सचेतनामूलक भिडियो सार्...

15 May 2021
नेपाल लाइफको ‘नौलो सुरक्षित जीवन बीमा योजना’ सार्वजनिक

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सुरक्षित जीवन बीमा योजनाको व्यापक सफलता पश्चात् अझ परिस्कृत रुपमा ‘...