Customer Care: 01-5970971

समाचार

कारोनाविरुद्ध उपचार कोषमा नेपाल लाइफको एक करोड सहयोग

30 March 2020

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा एक करोड सहयोग गर्ने भएको छ ।

कम्‍पनीको सञ्चालक समितिले विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रणका लागि सहयोग गर्ने निर्णय गरेको हो ।

विगतमा समेत राष्ट्रले आवश्यकता महसुस गरेको प्रतिकूल परिस्थितिमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत् विविध प्रकारको सहयोग गर्दै आइरहेको बताउँदै यो महामारी रोक्नको लागि पनि सामाजिक उत्तरदायित्व अन्तर्गत् नै सो सहयोग गरिएको कम्पनीले जनाएको छ ।

कोभिड-१९ महामारीको सन्दर्भमा समेत नेपाल लाइफले नेपाल सरकारको उक्त कोषमा गरेको सहयोगले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचार र विपन्न तथा न्यून आम्दानी भएका प्रभावित परिवारहरुको दैनिक आवश्यक एवं उपभोग्य सामग्रीहरुका निम्ति केही सहयोग हुने विश्वास व्यक्त गरेको छ ।

 

विस्तृत : https://www.onlinekhabar.com/2020/04/850891

कारोनाविरुद्ध उपचार कोषमा नेपाल लाइफको एक करोड सहयोग

Recent News

4 April 2022
नेपाल लाइफको २१औं वार्षिक साधारण सभा सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २०७८ चैत्र २१ गते, वीरगञ्जमा २१औं वार्षिक साधारण सभा सम्पन्...

23 May 2021
महामारीमा नेपाल लाइफको मर्मस्पर्शी सचेतनामूलक भिडियो सार्वजन...

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अहिलेको महामारीलाई मध्यनजर गर्दै मर्मस्पर्शी सचेतनामूलक भिडियो सार्...

15 May 2021
नेपाल लाइफको ‘नौलो सुरक्षित जीवन बीमा योजना’ सार्वजनिक

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सुरक्षित जीवन बीमा योजनाको व्यापक सफलता पश्चात् अझ परिस्कृत रुपमा ‘...