Customer Care: 01-5970971
Get Quote Download Brochure

नेपाल लाइफ नौलो केटाकेटी जीवन बीमा योजना

नेपाल लाइफ नौलो केटाकेटी जीवन बीमा योजना

यस कम्पनीको केटाकेटी शिक्षा र विवाह सावधिक जीवन बीमा योजनाको व्यापक सफलता पश्चात कम्पनीले समस्त बीमितहरु माझ “नेपाल लाइफ नौलो केटाकेटी जीवन बीमा योजना” सावधिक जीवन बीमा ल्याईएको हो ।
यस सावधिक जीवन बीमालेखमा १ बर्षदेखि ७ वर्षम्म उमेर भएको बीमितको वीमा प्रारम्भ मिति बाट २ वर्ष पुरा भए पश्चात वा ७ वर्षउमेर पुरा भएपछि (जुन पछि आउछ) बीमालेखको पहिलो वाषिर्कोत्सव मितिदेखि र बीमितको उमेर ८, ९ वर्षभएमा उनीहरुको उमेर १० वर्षपुरा भएपछि र बीमितको उमेर १०, ११ वर्षभएमा उनीहरुको बीमाको वाषिर्कोत्सव मितिदेखि मात्र बीमालेख अन्र्तर्गत बीमितको मृत्यु जोखिम प्रारम्भ हुनेछ ।

यस बीमा योजनाले निम्न लाभहरू प्रदान गर्दछ  :

क) बीमा समाप्ति मिति सम्म बीमित जीवित रहेमा बीमालेखको शर्तहरुको अधिनमा रही बीमालेखमा उल्लेख भएको बीमाङ्क रकम र आर्जित बोनस रकम एकमुष्ठ बीमितलाइ भुक्तानी गरिनेछ।

ख) बीमा जोखिम प्रारम्भ हुनु भन्दा अगाडि बीमितको मृत्यु भएमा बीमालेखको शर्तहरुको अधिनमा रही बिमितको मृत्यु हुनुभन्दा अघि सम्म भुक्तान गरिएको एकमुष्ठ बीमा शुल्क (ऐच्छिक बीमा शुल्क बाहेके) प्रस्तावकलाइ भुक्तानी गरिनेछ ।

ग) बीमा जोखिम प्रारम्भ पछि बीमित को मृत्यु भएमा तत्काल बीमाङ्क रकम को २५(पच्चिस) प्रतिशत रकम प्रस्तावकलाई भुक्तान दिने र बांकी ७५(पचहत्तर) प्रतिशत बीमाङ्क र आर्जित बोनस रकम एकमुष्ठ बीमा अवधि समाप्ती भएपछी प्रस्तावकलाइ भुक्तानी गरिनेछ ।

विशेषताहरु :

१) बीमा योजनाको नाम    ः    नेपाल लाइफ नौलो केटाकेटी जीवन बीमा योजना 
२) बीमा योजनाको प्रकार    ः    सावधिक जीवन बीमा [Endowment  Plan With Profit ] (मुनाफामा सरिक हुने) 
३)    प्रवेश उमेर    ः     १ वर्ष देखि १७ वर्ष
४) ऐच्छिक सुविधा प्रवेश उमेर     ः    १ वर्ष देखि     
५)    बीमाअवधि    ः    न्यूनतम ५ वर्ष देखि अधिकतम ३० वर्ष सम्म (न्यूनतम परिपक्वता उमेरमा निर्भर पर्ने)
६)    बीमा समाप्तिमा अधिकतम उमेर    ः    ४७ वर्ष
७)    बीमा शुल्क भुक्तानि तरिका    ः    वार्षिक, अर्धवार्षिक ,त्रैमासिक र मासिक
८) न्यूनतम बीमाङ्क रकम    ः     रू १,००,०००/- (एक लाख)
९) अधिकतम बीमाङ्क रकम    ः     आयश्रोतको आधारमा गर्न सकिने

१०) यस योजनामा समावेश भएका सुविधाहरु :    
             बीमा शुल्क तिर्ने तरिका अनुसार छुट वा थप शुल्क
                    वार्षिक   - १% छुट
                    अर्ध वार्षिक - छैन
                    त्रैमासिक -३ % थप
                    मासीक -६ % थप

ऋण तथा समर्पण सुविधा
क)    वार्षिक ३ किस्ता बीमाशुल्क भुक्तानी गर्नुको साथै वीमा प्रारम्भ मिति बाट ३ वर्ष पुरा भए पश्चात सर्मपण मुल्य प्राप्त गर्न सकिनेछ ।
ख)    समर्पण मुल्य प्राप्त भएको बीमालेखमा समर्पण मुल्यको ९० प्रतिशत सम्म कर्जा प्राप्त गर्न सकिनेछ । 
ऐच्छिक सुविधाहरु :     
बीमाशुल्क छुट सुविधा (PWB):
नौलो केटाकेटी सावधिक जीवन बीमा अन्तर्गत अतिरिक्त बीमाशुल्क तिरी बीमाशुल्क छुट सुविधा लिन सकिने छ । यस्तो सुविधा उपभोगको लागि बीमालेख प्रारम्भ भएपछि बीमा प्रस्तावकको मृत्यु भएमा वा बीमालेख साथ संलग्न अनुसूचीमा उल्लेख भए बमोजिम दुर्घटनाको कारणबाट अशक्तरअपाङ्ग भएमा बाँकी बीमा अवधिको लागि बीमालेख अन्तर्गतको बीमाशुल्क भुक्तानी छुट प्रदान गरिने छ ।
मासिक आय सुबिधा (MIB):
नौलो केटाकेटी सावधिक जीवन बीमा अन्तर्गत अतिरिक्त बीमाशुल्क तिरी बीमाशुल्क छुट सुविधा लिन सकिने छ । यस्तो सुविधा उपभोगको लागि बीमालेख प्रारम्भ भएपछि बीमा प्रस्तावकको मृत्यु भएमा, मृतु भएको अर्को महिना देखि मासिक आय सुबिधा बीमंकको १ प्रतिशत रकम माषिक रुपमा केटाकेटी १८ वर्ष नपुगुन्जेल वा बीमा अबधि समाप्ति सम्म जुन अगाडी घट्छ सो मिति सम्म कम्पनीले उपलब्ध गराउने छ ।
बच्चाको जोखिम कभर सुबिधा (CRC):
यो एक अतिरिक्त सुबिधा  हो जसमा  थप बीमाशुल्क तिरेर बच्चाको जोखिम बीमा गरिएको २ वर्ष पश्चात सुरु हुने गराउन सकिन्छ ।

More Products from सावधिक

आफ्नो प्रिय सन्ततिहरूको सुनिश्चि ...
जीवन सारथी बीमा योजना जीवन बीमा व् ...