Customer Care: 01-5970971
Get Quote Download Brochure

जीवन लक्ष्मी जीवन बीमा योजना

मानिसका पेशा फरक फरक हुन्छन् । कुनै पेशामा बढी जोखिम हुन्छ भने कुनै पेशामा कम जोखिम हुन्छ । विशेषगरी जोखिमपूर्ण पेशामा लागेका, कम आय आर्जन भएका व्यक्तिलाई लक्षित गरि यो जीवन लक्ष्मी बीमा ल्याइएको हो

क) यस बीमा योजनाका विशेषताहखरू

बीमाङ्क रकम            : न्यूनतम रू. ५,०००/– देखि अधिकतम रू. १,००,०००/– सम्म

प्रवेश उमेर               : न्यूनतम १६ वर्षदेखि अधिकतम ५० वर्षसम्म

बीमा अवधि              : न्यूनतम ७ वर्षदेखि अधिकतम २५ वर्षसम्म

बीमा समाप्ति उमेर    : अधिकतम ६० वर्ष

ख) बीमा शुल्क भुक्तानी तरिका : 

वार्षिक, अर्ध–वार्षिक, त्रैमासिक, मासिक, पाक्षिक र दैनिक

ग) बीमाशुल्क भु्क्तानी तरिका अनुसार छुट वा थप शुल्क :

बार्षिक तथा अर्ध–बार्षिक  : छुट ३%

त्रैमासिक : थप ४%, मासिक : थप ६%

पाक्षिक : थप ८%, दैनिक : थप ८%

घ) बीमाड्ढ भुक्तानी दिने अवस्था :

१)    (सिङ्गल) बीमा अवधि भर बीमित जीवित रही बीमालेख चालु रहेमा बीमाङ्क र सो अवधिको बोनस एकमुष्ट भुक्तानी दिने ।

२)    (डबल) बीमा अवधिभित्र चालु बीमालेख अन्तर्गत बीमितको प्रावृmतिक मुत्यु भएमा मूल बीमाङ्कको दुई गुणा बीमाङ्क र नियमानुसारको बोनस एकमुष्ठ भुक्तानी दिने ।

३)    (ट्रिपल) बीमा अवधिभित्र चालु बीमालेख अन्तर्गत दुर्घटनाको कारणबाट बीमितको मृत्यु भएमा मूल बीमाङ्कको ३ गुणा बीमाङ्क र नियमानुसारको बोनस एकमुष्ट भुक्तानी दिने ।

४)    एउटै व्यक्तिको नाममा एक पटकमा वा पटक पटक गरी जम्मा रू.१ लाखभन्दा बढीको जीवन लक्ष्मी बीमालेख जारी गरिने छैन ।

ङ) यस योजनामा बीमितको ठेगाना, ईच्छाइएको व्यक्ति र बीमाशुल्क भुक्तानी तरिका मात्र परिवर्तन गर्न सकिने व्यवस्था गरिएको छ ।

च) ऋण तथा समर्पण सुविधा

१)    बीमालेख प्रारम्भ मिति (Date of Commencement) बाट दुई वर्ष पूरा भएपछि मात्र समर्पण मूल्य प्राप्त गर्न सकिन्छ ।

२)    समर्पण मूल्य प्राप्त भएको बीमा लेखमा समर्पण मूल्यको अधिकतम ९०% सम्म कर्जा प्राप्त गर्न सकिने छ ।

More Products from सावधिक

आफ्नो प्रिय सन्ततिहरूको सुनिश्चि ...
जीवन सारथी बीमा योजना जीवन बीमा व् ...