Customer Care: 01-5970971
Get Quote Download Brochure

जीवन सारथी बीमा योजना

जीवन सारथी बीमा योजना जीवन बीमा व्यवसायको क्षेत्रमा एउटा नौलो खालको जीवन बीमा याजेना हो । श्रीमान, श्रीमती (दम्पत्ति) दुवैको संयुक्त नाममा एउटै बीमा पोलिसी भित्र दुवैको जीवन बीमा हुन सक्नु नै यस योजनाको सुन्दर पक्ष हो । यसबाट पारिवारिक वातावरणमा एउटा सुमधुर सम्बन्ध स्थापित भइरहनेछ । शिक्षित भई आय आर्जनमा लागेका विवाहित दाम्पत्य जीवनलाई ध्यानमा राखी यस जीवन सारथी बीमा योजना तर्जुमा गरिएको छ ।

जीवन सारथी बीमा योजनामा विशेषताहरू

न्यूनतम बीमाङ्क रकम             : रू. ५,०००÷—

अधिकतम बीमाङ्क रकम         : आयश्रोतको आधारमा

न्यूनतम प्रवेश उमेर                : १८ वर्ष

अधिकतम प्रवेश उमेर            : ५० वर्ष

न्यूनतम बीमा अवधि               : १५ वर्ष

अधिकतम बीमा अवधि           : ३० वर्ष

अधिकतम बीमा समाप्ति उमेर : ६५ वर्ष

बीमा शुल्क भुक्तानी तरिकामा छुट तथा थप :

वार्षिक बीमाशुल्क भुक्तानीमा   : छुट छैन

अर्ध वार्षिकमा                        : ३ प्रतिशत थप

त्रैमासिकमा                           : ४ प्रतिशत थप

बीमाङ्कको आधारमा बीमाशुल्क दरमा छुट :

बीमाङ्क रकममा छुट

रु. १,५०,००० सम्म छुट छैन

रू. १,५१,००० देखि रू. ३,००,००० सम्म रू. १ प्रति हजार

रू. ३,०१,००० देखि रू. ५,००,००० सम्म रू. १.५ प्रति हजार

रू. ५,०१,००० देखि माथि रू. २ प्रति हजार

दुर्घटना लाभ सुविधाः रू. १ करोड सम्म थप रू. १ प्रति हजार प्रति व्यक्ति

उमेर गणना गर्ने तरिका

यदि श्रीमानकाे उमेर ३० वर्ष छ र श्रीमतीको उमेर २४ वर्ष मात्र छ भने दुवैको उमेरमा ६ वर्षको फरक भयो । माथि तालिकामा देखाइए अनुसार ६ वर्ष फरक हुनेमा कम उमेर भएकोमा ३ वर्ष थप गरी दम्पत्तिको संयुक्त उमेर गणना गर्दा २७वर्ष कायमगरी सोही अनुसार लाग्ने प्रिमियम हिसाब गरिन्छ । यदि दुवैको उमेर बराबर छ भने कुनै थप गर्नु परेन । श्रीमानकाे उमेर ४० वर्ष छ र श्रीमतीको उमेर ३० वर्ष छ भने दुबै बीचको उमेरमा १० वर्षको फरक छ । यस्तोमा माथि तालिकामा देखाइए अनुसार श्रीमतीको उमेरमा ६ वर्ष थप गरी संयुक्त उमेर ३६ वर्ष कायम गरी हिसाब गरिन्छ ।

जीवन सारथी बीमा योजनामा बीमाङ्क रकम भुक्तानी दिने अवस्थाहरू

१)    बीमाको समाप्ति मिति सम्म श्रीमान् श्रीमती दुवै जिवित रहेमा बीमा गरेको रकम (बीमाङ्क) र त्यसमा पाइने बोनस समेत हिसाब गरि एकमुष्ट रकम दिइने छ ।

२)    बीमा अवधि समाप्त हुन भन्दा अगाडी कुनै पनि बेला श्रीमान् वा श्रीमती दुई मध्येकुनै एकको मृत्यु हुन गएमा जीवित व्यक्तिलाई बीमाङ्क रकम भुक्तानी गरिन्छ । तर यस पछि पनि पोलिसी चालु अवस्थामा नै रहन्छ र यसमा जीवित बीमितले बीमा शुल्क तिरिरहनु पर्दैन । बीमा अवधिको समाप्तिमा निजलाई पुन बीमाङ्क रकम र शुरु देखिको बोनस रकम एकमुष्ट दिइन्छ । यसरी दुई पटक बीमाङ्क रकम दिने अवस्था यस बीमा योजनामा गरिएको छ ।

३)    बीमा अवधि भित्र दुवै बीमितको मृत्यु हुन गएको अवस्थामा प्राप्त हुने बीमाङ्क रकम र बोनस रकम निजहरूको इच्छाएको व्यक्तिलाई दिइन्छ । यदि कसैलाई पनि इच्छाएको छैन भने बीमा ऐन २०४९ को दफा ३८ मा उल्लेख गरे अनुसार नजिकको हकदारलाई उक्त रकम दिइने छ ।

४)    यदि दुबै दम्पत्तीले दुर्घटना लाभ सुविधा लिएको छ र दुर्घटनाकै कारणले एकै बीमा वर्ष (Policy Year) भित्र दुबैको दुर्घटना घटेको १८० दिन भित्र मृत्यु भएमा दुर्घटना वापतको बीमाङ्क रकमको दोब्बर रकम भुक्तानी गरिने छ । एक पटक दुर्घटना लाभ सुविधा लिए पश्चात यदि अर्को वर्षमा जीवित दम्पत्तीको कुनै कारणले दुर्घटना भएमा पुनः दुर्घटना लाभ सुविधा उपलब्ध हुने छैन ।

ऋण तथा समर्पण सुविधा

१) बीमालेख प्रारम्भ मिति (Date of Commencement) बाट दुई वर्ष पूरा भएपछि मात्र समर्पण मूल्य प्राप्त गर्न सकिन्छ ।

२) समर्पण मूल्य प्राप्त भएको बीमा लेखमा समर्पण मूल्यको अधिकतम ९०% सम्म कर्जा प्राप्त गर्न सकिने छ ।

३) जीवन सारथी जीवन बीमासँग लिन सकिने ऐच्छिक सुविधा र त्यसको दरः

                ADB:- Accidental Death Benefit रु. १/– प्रति हजार प्रति व्यक्ति ।

More Products from सावधिक

आफ्नो प्रिय सन्ततिहरूको सुनिश्चि ...