Customer Care: 01-5970971

घातक रोग

आजको समयमा प्रदुषित वातावरण र अस्वस्थकर जीवनशैली बाट धेरै जसो व्यक्तिहरु घातक रोगको शिकार बन्ने गरेका छन् । घातक रोग र यसको महंगो औषधि उपचारबाट जो कोहि पनि आर्थिक समस्यामा पर्ने कुरालाई मध्य नजर गर्दे भविष्यमा आइपर्ने यस प्रकारका संकटलाई रोक्न नसकेतापनि यस्ता आर्थिक जोखिम कम गर्न नेपाल लाइफले घातक रोग सुविधा योजना लेराएको हो ।
यो योजनाले मूल बीमा योजनासँग जोडिएर बीमितलाई सुरक्षा प्रदान गर्दछ । यस योजना अन्तर्गत रक्षावरण लिन चाहने व्यक्तिले यस कम्पनीबाट प्रचलनमा ल्याएको मूल बीमा योजना (Conventional Plan) अन्तर्गत थप बीमाशुल्क तिरी मूल बीमाङ्कमा नबढ्ने गरी न्यूनतम रु.५० हजार देखि अधिकतम रु.५० लाख बीमाङ्कसम्मको रक्षावरण लिन सक्ने र उल्लिखत रोगहरु मध्ये कुनै पनि एक रोगको पहिचान सहित आवश्यक प्रकृयाहरु पुरा गरेको खण्डमा शर्तहरुको अधिनमा रहि अधिकतम रु.५० लाखसम्म तत्काल भुक्तान गरी ःबतगचष्तथ मा पनि मूल बीमालेखको विशेषता अनुसारको रकम भुक्तान गर्ने विशेषता रहेको छ ।
योजनामा सामिल हुन ध्यान दिनु पर्ने कुराहरु
- कुनै एउटा मूल योजनासँग जोडेर मात्र यो योजना (पूरक करार) लिन सकिने ।
- यो करार लिन चाहने व्यक्ति पूणर् रुपमा स्वस्थ हुनुपर्ने छ । उच्च रक्तचाप भएको व्यक्तिले यो योजना लिन चाहेमा प्रधान कार्यालय संग सवन्वय गरी उच्च र क्तचाप              सम्बन्धि फारम भर्नु पर्दछ भने मधुमेह को औषधि सेवन गरेको व्यक्ति यो योजनामा सामेल हुन सक्ने छैन ।
- यस योजनामा सामिल हुन चाहने व्यक्ति बीमा गर्दाको समयमा १८ वर्ष भई ६५ वर्ष ननाघेको हुनु पर्ने छ र अधिकतम ७० वर्षको उमेर सम्म को लागि यो यो जना                  अन्तर्गतको सुविधाबाट लाभान्वित हुन सकिन्छ ।
- यो योजना न्यूनतम ५ वर्ष देखि अधिकतम २० वर्षको अवधिको लागि लिन सकिन्छ ।
- न्यूनतम रु. ५०,०००/— देखि अधिकतम रु.५०,००,०००/— सम्मको रकमको बीमा गर्न सकिन्छ ।

- यो सुविधा लिन चाहने व्यक्तिले (मूल बीमाड्ढ भुक्तानी को तरीका अनुसार) एकल, वार्षिक, अर्धवार्षिक, त्रैमासिक र मासिक रुपमा बीमाशुल्क भुक्तानी गर्न सक्ने छ ।
योजना अन्तर्गत रक्षावरण गरिने घातक रोगहरु

Cancer, Kidney Failure (End Stage Renal Failure), Primary Pulmonary Aterial Hypertension, Multiple Sclerosis, Major Organ Transplant,
Coronary artery by-pass graft, Surgery to Aorta, Heart Valve Surgery, Stroke, Myocardial Infraction, Coma, Total Blindness, Paralysis, End
Stage Liver Failure, End Stage Lung Disease, Alzheimer’s Disease, Parkinson’s Disease, Third Degree Burns

योजनामा सामेल हुने अवस्था
- पहिला नै जारी गरिसकेको बीमालेखमा सुविधा थप गर्न सकिने ।
- यदि पहिला नै जारी गरिसकेको बीमालेखमा यो सुविधा थप गर्न चाहेमा बीमालेखको वार्षिकोत्सव मितिमा मात्र थप्न सकिने छ । जस्तैः बीमालेख प्ररम्भ मिति ०१/०१/२०१९    मा जारी गरेको बीमालेखमा यो सुविधा थप्न चाहेमा ०१/०१/२०२० मा मात्र थप्न सकिने छ । बीमालेखको वार्षिकोत्सव मिति देखि बाहेक बीच को समयमा यो सुविधा थप्न        सकिदैन ।
- यदि पहिला नै जारी गरिसकेको बीमालेखमा यो सुविधा थप गर्न चाहेमा हाल परीमार्जन गरीएको Form No 001, 002, अनिबार्य रुपमा स्पष्टसंग भरेर परीमार्जित Form     No. 03 अनुसार Medical Check Up गर्नु पर्दछ, जसमा लाग्ने स्वास्थ्य परिक्षण शुल्क बीमित आफैले व्यहोर्नु पर्ने छ ।
- यदि पहिला नै जारी गरेको बीमालेखमा यो सुविधा थप गर्न चाहन्छ र जसको कारण ले उमेर र बीमाङ्क रकम को आधारमा Medical Requirements अनुसार स्वास्थ्य      परिक्षण गर्नु पर्दछ भने यसमा लाग्ने स्वास्थ्य परिक्षण शुल्क बीमित आफैले व्यहोर्नु पर्ने छ ।
नया जारी गरिने बीमालेखमा सुविधा थप गर्न सकिने ।
नयाँ जारी गरिने बीमालेखमा यो सुविधा थप गर्न चाहेमा पनि परीमार्जन गरीएको Form No 001, 002, अनिबार्य रुपमा स्पष्टसंग भरेर परीमार्जित Form No 003
अनुसार Medical Check Up गर्नु पर्दछ । यदि उमेर र बीमाङ्क रकम को आधारमा Medical Requirements अनुसार स्वास्थ्य परिक्षण गर्नु पर्दछ भने यसमा
लाग्ने स्वास्थ्य परिक्षण शुल्क कम्पनिले व्यहोर्ने छ ।
Medical Requirements/ Income Source एकिनको तरिका
यो सुविधा लिन चाहने व्यक्तिले जति सुकै बीमाङ्क रकममा पनि Form No 003 अनुसार Medical Check Up अनिवार्य गर्नु पर्दछ। यो देखि बाहेक थप स्वास्थ्य
परिक्षण एकिन गर्न को लागि मुल बीमाङ्क रकम, उसले लिएको Critical Illness को बीमाङ्क रकम र उसको नाममा अरु कुनै बीमालेख भएमा उक्त बीमाङ्क रकम
समेत जोडेर हुन आउने जम्मा रकमलाई आधार मानि थप स्वास्थ्य परीक्षण गर्नु पर्दछ ।
यदि घातक रोग पुरक सुविधा CI (Critical Illness Rider) रु.२,५००,०००।— (रु. पच्चिस लाख) सम्मको लिन चाहेमा घातक रोग पुरक सुविधाको बीमाङ्क (Sum Assured of CI Rider) लाई नजोडिकनै मूल बीमा योजनाको बीमाङ्क रकमलाई मात्र आधार मानि Medical Requirements Table अनुसार को Medical माग 
गर्ने । तर Non Medical  Case मात्र भएता पनि साधारण Medical अनिवार्य गर्ने ।
यदि घातक रोग पुरक सुविधा CI (Critical Illness Rider) रु.२,५००,०००।— (रु. पच्चिस लाख) भन्दा बढी लिन चाहेमा मूल बीमा योजनाको बीमाङ्क रकममा घातक
रोग पुरक सुविधाCI (Critical Illness Rider) को बीमाङ्क रकम (Sum Assured of CI Rider) रु.२,५००,०००।— (रु. पच्चिस लाख) घटाइ आउने रकम जोडेर हुन
आउने जम्मा रकम (Total Sum a Risk (TSAR) लाई आधार मानी Medical case को रुपमा Underwriting गर्ने ।
जस्तै : यदि कुनै व्यक्तिले रु.३० लाखको कुनै जीबन बीमा योजना र रु ३० लाखको घातक रोग पुरक योजना खरिद गर्न चाहेमा, घातक रोग पुरक सुविधा रु. २५ लाख भन्दा बढी भएकोले ३० लाखमा २५ लाख घटाई हुन आउने रकम रु. ५ लाख मात्र मूल बीमा योजनामा जोडी Medical माग गर्नु पर्दछ । यसरी Total Sum a Risk (TSAR). ३० लाख + ५ लाख = ३५ लाख मान्नु पर्दछ । यदि उक्त व्यक्तिको नाममा अरु कुनै बीमा भएमा सो समेत जोड्नु पर्दछ ।
योजना अन्तर्गत सुविधा रकम भुक्तानि दिइने अवस्थाहरु
- मूल जीवन बीमालेख संग संलग्न गरिने घातक रोग सुविधा पुरक करारले बीमालेख जारी गरेको वा पुनर्जागरण गरिएको (जुन पछि आउंछ) ९० दिनकाप्रतिक्षा अवधि          पश्चात बीमा अवधिभित्र बीमितलाई उल्लेखित कुनै घातक रोगको पहिचान भएको ३० दिन सम्म उक्त घातक रोग बीमितमा देखा परिरहेमा (बीमित जिवित रहेमा)            शर्तहरुको अधिनमा रही घातक रोग वापतको शत प्रतिशत बीमाङ्क रकम बीमितलाई भुक्तानी गरिने छ ।
- यस योजना अन्तर्गत कुनै पनि व्यक्तिलाई घातक रोग लागेको पहिचान भई, घातक रोग सुविधाको लागि योग्य भएमा उसको रोग वापतको औषधि उपचार बराबरको        रकम नभइ बीमितले घातक रोग सुविधाको लागि लिएको बीमाङ्क रकम नै बिना कुनै बिल बिना कुनै झन्झट फिर्ता दिईन्छ ।
- यस योजना अन्तर्गत को सुविधा एक पटक मात्र उपभोग गर्न सकिने छ । सुविधा उपभोग गरिसके पश्चात पूरक करार को अन्त्य हुन्छ भने मूल बीमालेख चालू नै रहने छ    र मूल बीमालेखको सुविधा उपभोग मा कुनै कटौती हुने छैन । 

बीमालेख व्यतितको अवस्था :
- यो योजना अन्तर्गतको सुविधा प्राप्त गर्न बीमाशुल्क भुक्तानी भई बीमालेख चालू हुनुपर्ने वा बीमालेख व्यतित भएको भए पुनर्जागरण गर्नु पर्ने छ । बीमाशुल्क
भुक्तानी नभई बीमालेख व्यतित भएको अवस्थामा यो सुविधा प्राप्त हुने छैन ।

बीमा दावि भुक्तानि को प्रकृया
- बीमितलाई बीमा अवधि भित्र रक्षावरण गरिएको घातक रोग लागेको पहिचान भएमा पहिचान भएको मिति बाट ३० दिन भित्र दाविको लिखित सूचना नजिकैको नेपाल लाईफको शाखा कार्यालयमा दिनुपर्नेछ ।
- कम्पनीले माग गरे अनुसारको चिकित्सकीय प्रमाण सहित घातक रोग वा शल्यक्रियाको लिखित प्रमाण, त्यस्तो घातक रोग पहिचान वा शल्यक्रिया सम्पन्न भएको ३० दिन भित्र पेश गर्नु पर्ने छ ।
- प्रकृया पु्याई आवश्यक सम्पूणर् कागजातहरु प्राप्त भैसकेको अवस्थामा जीवित अवधि (Survival Period) को समय समाप्ति पश्चात दावि प्रकृया अगाडि
बढाइन्छ । 

प्रतिक्षा अवधि (Waiting Period) र जिवित अवधि (Survival Period)
- बीमालेख जारी गरेको वा पुनर्जागरण गरिएको ९० दिन सम्मको अवधिलाई प्रतिक्षा अवधि बुझाउंछ भने चालु बीमालेखमा रोग पहिचान भएको ३० दिन सम्म को अवधिलाई जिवित अवधि (Survival Period) बुझाउंछ ।

समावेश नहुने जोखिमहरु (Exculsions) 
- रक्षावरण गरिएको घातक रोगको दावी गर्दा यदि बीमित एड्स -AIDS- Aquired Immune Deficiency Syndrom) संक्रमित भनि पहिचान Diagnosed)
भएको पाइएमा, एच आइ भि (HIV- Human Immune Virus)  संक्रमण भएको भनि पहिचान (Diagnosed) भएको पाइएमा । 
- बीमा जारी गर्नु अथवा पुनर्जागरण गर्नु भन्दा पहिला (पुर्व विद्यमान) कुनै पनि रोग भएमा र प्रत्यक्ष अप्रत्यक्ष रुपमा उक्त रोगको कारणबाट दावी परेमा उल्लेखित घातक रोग अन्तर्गत कुनै पनि रकम भुक्तानी गरिने छैन ।
- पहिला नै भएको रोग अर्थात् (पुर्व विद्यमान) Pre Existing Illness भन्नाले बीमा गर्ने व्यक्तिलाई आफुलाई भएको रोगवारे निम्न प्रकारको जानकारी भएको ः
- बीमितले बीमा जारी गर्नु पूर्व कुनै रोगको उपचार गरेको वा उपचार गराइरहेको भए ।
- औषधी सेवन, उपचार सम्बन्धी सुझाव, कुनै रोगको पहिचान अथवा उपचारको लागि चिकित्सकीय सल्लाह सुझाव लिएको
- कुनै अस्वस्थता वा फरक प्रकारको लक्षण देखा पर्ने वा रोगको लक्षण देखिएमा
- रोगको लक्षण विद्यमान रहेको र बीमितलाई सो कुराको विवेकसंगत ज्ञान भएको शारिरिक अवस्थालाई बुझाउनेछ ।
- जानीबुझी वा अन्जानमा लागू पदार्थ अथवा मादक पदार्थ सेवन को कारण भएको हानि ।
- बीमितद्वारा कुनै पनि मानव अङ्ग अरुलाई दान गरेमा ।
- आत्महत्याको कारण भएको क्षति ।
- मुल बीमालेखले रक्षावरण नगरेका जोखिमहरु भएमा ।
- यस पुरक करारनामा अन्तर्गतको बीमाङ्क रकम को सुविधा पहिला नै उपभोग गरिसकेमा ।
- बीमालेख चालु नरही चुक्ता अवस्थामा बदलिएमा वा अन्य कारणबाट खारेज भएमा ।