Customer Care: 01-5970971
Get Quote Download Brochure

बाल शिक्षा बीमा योजना

आफ्नो प्रिय सन्ततिहरूको सुनिश्चित भविष्य तथा उचित शिक्षा दीक्षा र सामाजिक कार्यका लागि आफ्नो र बच्चाको समेत जोखिम बहन हुने बीमा योजना बाल शिक्षा
सावधिक जीवन बीमा योजना हो ।
विशेषताहरु :
१) प्रवेश उमेर : बच्चा जन्मेदेखि १८ वर्षसम्मका वच्चाले बीमा गर्न पाउने ।
२) प्रस्तावक प्रवेश उमेर : २० वर्ष देखि ६५ वर्ष सम्म
३) बीमाअवधि : ५ वर्षदेखि ३० वर्षसम्म
४) बीमा समाप्तिमा अधिकतम उमेर : बीमा अवधि समाप्तिमा बच्चाको उमेर ३० बर्ष र प्रस्तावकको ७० वर्ष ननाघ्ने गरी
५) बीमाशुल्क भुक्तानि तरिका : वार्षिक, अर्ध वार्षिक, त्रैमासिक र मासिक
६) न्यूनतम बीमाङ्क रकम : रू ५,०००/-(पाँच हजार मात्र)
७) अधिकतम बीमाङ्क रकम : प्रस्तावकको लागि रू १,००,००,०००/-(एक करोड) र बच्चाको लागि प्रस्तावकको बीमाङ्क बराबर अधिकतम रु. २५ लाख सम्म मात्र ।
८) जोखिम बहन शुल्क : बच्चाको बीमाङ्कमा रू. १ प्रतिहजार
९) यस योजनामा समावेश भएका सुविधाहरु : बढी बीमाङ्क को लागि बीमा शुल्कमा छुट
                     ५,०१,००० देखि १०,००,०००             १%
                     १०,००,००० देखि माथि                    २%
बीमा शुल्क तिर्ने तरिका अनुसार छुट वा थप शुल्क
                    वार्षिक                          छैन
                    अर्ध-वार्षिक                   १% थप
                    त्रैमासिक                       २% थप
                    मासिक                         ३% थप

समर्पण सुविधा : 
बीमालेख प्रारम्भ मिति (Date of Commencement) बाट दुई वर्ष पूरा भई वार्षक ३ किस्ता बीमाशुल्क समेत प्राप्त भएको अवस्थामा मात्र समर्पण मूल्य प्राप्त गर्न सकिन्छ । समर्पण मूल्य प्राप्त भएको बीमामा ऋण प्राप्त हुनेछ ।
१०) बीमाङ्क रकम भुक्तानि पाउने अवस्था :
           (१) बीमा अवधि समाप्ति सम्म प्रस्तावक जीवित भएमा प्रस्तावकको बीमाङ्क र आर्जित बोनस रकम बीमा अवधि समाप्तिमा प्रस्तावकलाई एकमुष्ठ भुक्तानी                            दिइनेछ ।
           (२) बीमा अवधि भित्र प्रस्तावक (बीमित) को मृत्यु भएमा —
                         (क) उक्त अवधि सम्मको आर्जित बोनस रकम भुक्तानी हुने र त्यस पछि भुक्तान गर्नुपर्ने बीमाशुल्क छुट हुने, ।
                         (ख) प्रस्तावकको मृत्यु पश्चात बीमा अवधि समाप्तीसम्म प्रत्येक वर्षको अन्त्यमा प्रस्तावकको बीमाङ्कको १०% बराबरको रकम वीमित (केटाकेटी) लाई 
                                प्रदान गरिन्छ । बीमा अवधि समाप्तीमा वार्षिक १०% का दरले भुक्तानी दिइन्छ । यसरी बीमा अवधि समाप्तीसम्म बीमाङ्क रकमको १०% का
                                दरले भुक्तान गर्दा बीमाङ्क रकम भन्दा कम हुन गएमा वांकी रहेको रकम समेत बीमा अवधिको अन्त्यमा भुक्तान गरिन्छ ।
                         (ग) जोखिम प्रारम्भ भए पश्चात बच्चाको मृत्यु भएमा वच्चाको बीमाङ्क बराबर रकम इच्छाइएको व्यक्तिलाई भुक्तानी हुने तथा बीमा चालु रहिरहने                                        (प्रस्तावकले नियमित बीमाशुल्क भुक्तान गर्नुृ पर्ने र बीमा अवधि समाप्ति मा प्रस्तावकलाई प्रस्तावकको बीमाङ्क र आर्जित बोनस रकम भुक्तानी                                    दिइनेछ ।
          (३) प्रस्तावकको मृत्यु भई वा नभई बीमा अवधि समाप्तिमा बच्चा जिवितै रहेमा वच्चाको बीमाङ्क बापतको कुनै रकम उपलब्ध नहुने ।
११. जोखिम प्रारम्भ :
यो बाल शिक्षा योजनामा प्रतिहजार बीमाङ्कमा रु. १/— (एक) अतिरिक्त बीमा शुल्क तिरेकोले बीमा प्रारम्भ भएको मितिले २ वर्ष पछि वा बच्चाको उमेर ५ (पाँच) वर्ष
पूरा भए पछि को बीमालेखको वार्षिकोत्सव (जुन अगाडी आउँछ) देखि जोखिम बहन हुन्छ ।

थप विशेषताहरु :
१. एकै बीमालेखमा बच्चा तथा प्रस्तावक (बाबु वा आमा) दुई जनाको जीवन बीमा हुने ।
२. बीमा समाप्तीमा प्राप्त रकम आफ्नो छोरा छोरीको उच्च शिक्षा तथा सामाजिक कार्यमा प्रयोग गर्न सकिने ।
३. बीमा अवधिमा प्रस्तावक (बुबा वा आमा) कदंकदाचित मृत्यु भएमा छोरा छोरीको शिक्षाको लागि वार्षिक रकम प्राप्त हुने हुँदा बच्चाको पालन तथा शिक्षाको सुनिश्चितता हुने ।
४. बीमा चालु भएको एक वर्ष पश्चात ऋण सुविधा उपलब्ध हुने हुँदा सदैव तरलताको सुविधा हुने ।

More Products from सावधिक

जीवन सारथी बीमा योजना जीवन बीमा व् ...