Customer Care: 01-5970971
Get Quote Download Brochure

जीवन ज्योती

जीवन ज्योति बीमा योजना सिमित भुक्तानी सावधिक जीवन बीमा हो । पटक पटक बीमा शुल्क भुक्तानी गर्न झन्झट मान्ने ग्राहकहरुलाई मध्यनजर राखी एकल तरिका अनुरुप तथा किस्ता बन्दीमा पनि बीमा शुल्क भुक्तानी गर्न सकिने र आफ्ना बालबच्चाको नाममा समेत एकमुष्ट रकम जम्मा गरी उनिहरुको भविश्य उज्ज्वल बनाउने नयाँ किसिमको बीमा योजना हो ।

यस बीमा योजनामा बीमा समाप्ति मिति सम्म बीमित जीवित रहेमा वा बीमा समाप्ति मिति अगावै बीमितको मृत्यु भएमा बीमालेखको शर्तहरुको अधिनमा रही बीमाङ्क रकम र उक्त समय सम्मको आर्जित बोनस रकम एकमुष्ट भुक्तानी दिइने व्यवस्था छ ।

विशेषताहरुः

१) बीमा योजनाको प्रकार : सिमित भुक्तानी सावधिक जीवन बीमा [Limited Payment Endowment Plan]  (मुनाफामा सरिक हुने)

२) प्रवेश उमेर : १ वर्ष देखि ६५ वर्ष

३) ऐच्छिक सुविधा (ADB/PTD/PWB) प्रवेश उमेर : १६ वर्ष देखि ६५ वर्ष

४) बीमा अवधि : न्यूनतम ५ वर्ष देखि अधिकतम ३० वर्ष सम्म

४) बीमा समाप्तिमा अधिकतम उमेर : ७० वर्ष

५) बीमा शुल्क भुक्तानि तरिका : एकल, वार्षिक, अर्ध वार्षिक र त्रैमासिक (१ देखि १० वर्षसम्मको बच्चाका लागि एकल मात्र)

६) न्यूनतम बीमाङ्क रकम : रू ५,०००/–, एकल भुक्तानी योजनामा रु. १०,०००/– बीमाङ्कको पनि बीमा गर्न सकिने ।

७) अधिकतम बीमाङ्क रकम : आय स्रोतको आधारमा जति पनि गर्न सकिने छ ।

८) केटाकेटी सम्बन्धि विशेष व्यवस्था : १ वर्ष पुगेका वच्चा देखि १० वर्ष उमेर समूहमा एकल बीमाशुल्क भुक्तानीको बीमा मात्र गर्न सकिने । ऐच्छिक सुविधा (ADB) उपलब्ध नहुने । यो उमेर समूह अन्तर्गतको न्यूनतम बीमाङ्क रु. १,००,०००/– रहनेछ । केटाकेटीको नाममा २०,००,०००/– भन्दा बढीको बीमा गर्न परेमा प्रस्तावकको पनि त्यति नै बीमाङ्क बराबरको बीमा यस कम्पनीमा गरेको हुनुपर्दछ ।

९) बीमाशुल्क भुक्तानी अवधि :

बीमा अवधि   बीमा शुल्क भुक्तानी अवधि

५ वर्ष  एकल

१० वर्ष ५ वर्ष

१५ वर्ष ५ वा १० वर्ष

२० वर्ष ५, १० वा १५ वर्ष

२५ वर्ष ५, १०, १५ वा २० वर्ष

३० वर्ष ५, १०, १५, २० वा २५ वर्ष

बीमा शुल्क भुक्तानी तरिकामा छुट तथा थप :

वार्षिक बीमाशुल्क भुक्तानीमा   : २ प्रतिशत छुट

अर्ध वार्षिकमा : १ प्रतिशत छुट

त्रैमासिकमा    : छुट छैन

मासिक : ५ प्रतिशत थप

बीमाङ्कको आधारमा बीमाशुल्क दरमा छुट :

बीमाङ्क रकममा छुट

रु. २,००,००० देखि ५,००,००० सम्म रू. १ प्रति हजार

रू. ५,००,००० देखि माथि रू. २ प्रति हजार

१०)   यस योजनामा समावेश भएका सुविधाहरु :    

ऋण तथा समर्पण सुविधा

क)    एकल बीमा शुल्क भुक्तानी गरेको अवस्थामा बीमा प्रारम्भ भएको मितिले एक वर्ष पश्चात बीमालेखको चुक्ता मूल्य तथा समर्पण मुल्य प्राप्त हुनेछ ।

ख)    एकल बीमाशुल्क बाहेक अन्य बीमाशुल्क भुक्तानी तरीकाको हकमा ३ वर्षको बीमा शुल्क भुक्तानी गरे पश्चात समर्पण मूल्य प्राप्त गर्न सकिनेछ ।

ग)    समर्पण मूल्य प्राप्त भएको बीमालेखमा समर्पण मुल्यको ९० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सकिनेछ ।

दुर्घटना मृत्यु लाभ सुविधा (ADB) :

(ऐच्छिक)

 १६ वर्ष माथिका बीमितले अतिरिक्त बीमा शुल्क तिरेर बीमाङ्क रकम बराबर अधिकतम रू १,००,००,०००/– सम्मको दुर्घटना लाभ (ADB) सुविधा लिन सकिने ।

बीमाशुल्क छुट तथा पूर्ण अशक्तता सुविधा (ADB/PTD/PWB) :

दुर्घटना लाभ :

 १६ वर्ष माथिका बीमितले अतिरिक्त विमाशुल्क तिरेर बीमाङ्क रकम बराबर अधिकतम रू १,००,००,०००÷–सम्मको दुर्घटना तथा स्थायी अशक्तता सुविधालिन सक्ने छ ।

 

११.    बीमाङ्क रकम भुक्तानि पाउने अवस्था :

क) बीमालेख चालु रहि बीमाअवधि समाप्ति मितिसम्म बीमित जीवित रहेमा बीमा लेखमा उल्लेख भएको बीमाङ्क रकम र आर्जित बोनश बीमा अवधि समाप्तिमा एकमुष्ट दिइने छ ।

ख) बीमालेख चालु रही बीमा अवधिभित्र जुनसुकै कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक) बीमितको मृत्यु भएमा बीमाङ्क रकम र आर्जित बोनश एकमुष्ट दिइने छ ।

ग) बीमालेख चालुरही बीमा अवधि भित्र बीमितको दुर्घटनाको कारणबाट मृत्यु भएमा बीमाङ्क रकम र आर्जित बोनश साथै दुर्घटना लाभ बापतको थप बीमाङ्क रकम भुक्तानी दिइनेछ ।

घ) बीमालेख चालु रही बीमा अवधि भित्र बीमितको दुर्घटनाको कारणबाट स्थायी अङ्गभङ्ग भई स्थायी अशक्तता भएमा बाँकी बीमा शुल्क भुक्तानीमा छुट दिइनुका साथै अपाङ्ग/अशक्त सुविधा बराबर रकम मासिक १२० समान किस्तामा अपाङ्ग अशक्त बीमितलाई भुक्तानी गरिनेछ ।

१२. जोखिम प्रारम्भ :
केटाकेटीको जोखिम बीमा प्रारम्भ मितिले दुई वर्ष पुरा भए पछि वा बच्चाको उमेर ६ वर्ष पुरा भए पछिको बीमालेखको वार्षिकोत्सव मिति मध्ये जुन घटना पछि घट्छ सो
मिति देखि प्रारम्भ हुनेछ तर बीमालेख जारी गर्दा प्रवेश उमेर १० वर्ष पुगेको बच्चाको जोखिम प्रारम्भ १ वर्षपछि बीमालेखको वार्षिकोत्सव मितिबाट मात्र प्रारम्भ हुने ।
केटाकेटीको जोखिम प्रारम्भ हुनु अगावै मृत्यु भएमा भुक्तानी गरिएको बीमाशुल्क (अतिरिक्त शुल्क बाहेक) र उक्त रकममा वार्षिक ५% साधारण ब्याज दरले हुने
रकम समेत फिर्ता हुने ।

More Products from सावधिक

आफ्नो प्रिय सन्ततिहरूको सुनिश्चि ...
जीवन सारथी बीमा योजना जीवन बीमा व् ...