Customer Care: 01-5970971

नेपाल लाइफ सदाबहार बिमा योजना

नेपाल लाइफको ‘नेपाल लाइफ सदाबहार’ बिमा योजना, चाँडै लगानी फिर्ता, जीवनभर सुरक्षा

नेपाल लाइफले अग्रिम भुक्तानी र जीवनभर सुरक्षा  प्रदान गर्ने विशेष प्रकृतिको ‘नेपाल लाइफ सदाबहार’ बिमा योजना ल्याएको छ । कम समयमा लगानी फिर्ता  र जिन्दगीभरको सुरक्षा प्रदान गर्नु उक्त बिमाको विशेषता हो ।

“मानिसहरु आफुले गरेको लगानी कम समयमा नैं प्राप्त गर्ने र वर्तमान र भविष्य जीवनचर)  नै ढुक्क हुन चाहान्छ, यस्तै वर्गलाई लक्षित गरेर कम्पनीले ‘नेपाल लाइफ सदाबहार’ नामक बिमा योजना ल्याएइको छ,” नेपाल लाइफ इन्स्योरेन्सले भनेको छ । उक्त बिमा योजनामा अग्रिम र आजीवन भुक्तानी हुने विशेषता रहेको कम्पनीले जनाएको छ ।

उक्त बिमा योजनामा कम्पनीले प्रत्येक वर्ष बिमाङ्कको ५ प्रतिशतका दरले हुन आउने रकम बिमालेखको वार्षिकोत्सवमा भुक्तानी गर्नेछ । 

यस्तै आजिवन जोखिम वहन गर्नुका साथै बिमा अवधि पश्चात पनि समपर्ण गर्न सक्ने कम्पनीले जनाएको छ । उक्त बिमा योजनाको न्युनतम बिमाङ्क रकम २ लाख र बढीमा आयस्रोतअनुसार जतिको पनि गर्न सकिनेछ । 

११ वर्ष पूरा भएर ६५ वर्ष ननाघेको नागरिकले उक्त पोलीसी खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । यस्तै ५ वर्ष देखि २० वर्षसम्म बिमा अवधि रहेको र बिमाशुल्क भुक्तानी समाप्त हुने अधिकतम उमेर ७० वर्ष रहेको छ ।

बिमाशुल्क एकल, वार्षिक, त्रैमासिक र मासिक रुपमा भुक्तानी गर्न सकिनेछ । वार्षिक रुपमा बिमाशुल्क भुक्तानी गर्दा बिमाशुल्कमा १ प्रतिशत छुट हुने कम्पनीले जनाएको छ । 

यस्तै त्रैमासिक रुपमा बिमाशुल्क भुक्तानी गर्दा बिमाशुल्क दरमा १ प्रतिशत र मासिक रुपमा थप गर्दा १.५ प्रतिशत थप शुल्क लाग्नेछ ।

कस्तो अवस्थामा बिमाङ्क रकम भुक्तानी पाउन सकिन्छ ?

१. चालु बिमालेखमा बिमा प्रारम्भ भएको मितिले एक वर्षपछि वार्षिक २ किस्ता बिमाशुल्क प्राप्त भए पश्चात बिमाङ्कको ५ प्रतिशतका दरले हुन आउने रकम प्रत्येक वर्ष बिमितलाई भुक्तानी हुने ।

२. बिमालेख चालु रही बिमा अवधि समाप्ती मितिसम्म बिमित जीवित रहेमा शर्तहरूको अधिनमा रहि बिमालेख अन्तर्गतको बाँकी बिमाङ्क रकम र आर्जित बोनस बिमालेख अवधि समाप्तिमा एकमुष्ट दिइने ।

३. बिमालेख चालु भएको अवस्थामा बिमितको मृत्यु भएमा बीमालेख अन्तर्गत पूरा बिमाङ्क रकम र नियमानुसारको बोनस रकम एकमुष्ट प्रदान हुनेछ । यसमा बिमितलाई आशिंक भुक्तानी गरेको रकम कट्टा हुनेछैन ।

४. सबै किस्ता बीमाशुल्क भुक्तानी गरेको बिमालेखमा बिमा अविध समाप्ति पश्चात जीवनभर पनि कुनै समयमा बिमितको मृत्यु भएमा पूनः बिमाङ्क बराबरको रकम प्रदान हुने ।
 
सरेन्डर गर्न के गर्ने र कसरी ऋण लिने ?

१. ऋण तथा समर्पण (सरेन्डर)  मूल्य–एकल बिमाशुल्क भुक्तानी गर्ने गरी जारी गरिएका बिमालेखको हकमा बिमा प्रारम्भ मितिको एकवर्ष पूरा भएपछि समर्पण मूल्य र ऋण प्राप्त गर्न सकिने छ ।

२. एकल बिमाशुल्कबाहेक अन्य बिमाशुल्कको हकमा बिमालेख प्रारम्भ मितिबाट दुईवर्ष पूरा भएपछि मात्र समर्पण मूल्य तथा कर्जा पाइनेछ ।

३. बिमालेखको बिमा शुल्क भुक्तानी अवधि समाप्तिपश्चात् पनि कुनै पनि समयमा बिमितले चाहेमा बिमालेख समर्पण गर्न सकिने छ । तर, यस्तो समर्पण रकममा कर्जा प्राप्त हुने छैन ।

४. बिमा शुल्क भुक्तानी अवधि पश्चात्को थप सुरक्षा अवधिमा समर्पण गर्न चाहेमा बिमाङ्क रकमलाई समर्पण मूल्य इकाइले गुणा गर्दा आउने रकम समर्पण मूल्य बापत प्राप्त गर्न सकिने छ ।