Customer Care: 01-5970971

eSewa, Khalti वा Prabhu Pay मार्फत प्रिमियम भुक्तानी गर्दा क्यास ब्याक

के तपाइँको प्रीमियम तिर्ने दिन आउँदै छ र तपाइँ सजिलैसँग प्रीमियम तिर्न चाहनुहुन्छ ?
तपाईँको बीमालेख सुचारु राख्नका लागि नियमित प्रीमियम भुक्तानी गर्नु पर्ने छ । तपाईँको जोखिम बहन हुनका लागि बीमालेख सुचारु हुनु आवश्यक छ । नेपाल लाइफ आफ्ना सबै बीमितहरुलाई यस महामारीमा कोभिड संक्रमण हुन सक्ने जोखिमबाट बच्न घरमै सुरक्षित बस्न आग्रह गर्दछ । हाम्रा बीमितहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै, समयको बचत गर्नका लागि अनलाइन प्रीमियम भुक्तानी गर्न विभिन्न डिजिटल पेमेन्ट प्लेटफर्मसँग साझेदारी गरेका छौं ।
हाल डिजिटल पेमेन्ट प्लेटफर्म ईसेवा र खल्तीले नेपाल लाइफको अनलाइन प्रीमियम भुक्तानी गर्दा रु.१,०००/- सम्म क्यास ब्याक दिएको छ । नेपाल लाइफले सुरक्षित तथा छिटो, छरितो सेवा प्रदान गर्न अन्य डिजिटल पेमेन्ट प्लेटफर्मसँग पनि प्रीमियम भुक्तानी साझेदारहरु गर्दै आएको छ र यसलाई बढाउँदै लाने लक्ष्य राखेको छ । 
ईसेवा मार्फत अनलाइन प्रीमियम भुक्तानी गर्दा :

  • सहज र सरल तरिकाले जुनसुकै ठाँउबाट भुक्तानी गर्न सकिने ।
  • रु.१,०००/- सम्मको क्यास ब्याक प्राप्त हुने ।
  • महामारीको समयमा संक्रमणको जोखिम कम गर्न ।

नियम र सर्तहरु : 

  • क्यास ब्याकको सीमा रु.१,०००/- सम्म निर्धारण गरिएको छ ।
  • क्यास ब्याक प्राप्त गर्नका लागि प्रीमियम भुक्तानी इसेवा, खल्ती वा प्रभु पे बाटै गरिएको हुनु पर्नेछ ।
  • क्यास ब्याकका लागि बीमालेख नविकरण गर्ने मितिबाट सात दिन भित्रै प्रीमियम भुक्तानी गर्नु पर्नेछ । 

क्यास ब्याक भोलीपल्ट प्राप्त हुनेछ ।

थप जानकारीका लागि 9851312003/ 9802332003 मा सम्पर्क गर्नुहोस् ।