Customer Care: 01-5970971
Get Quote Download Brochure

SMART LIFE) जीवन सुरक्षा बीमा

कम्पनीले एकदमै न्यून बीमाशुल्कमा आर्थिक सुरक्षा प्रदान गरी देशका बढि भन्दा बढि जनसमुदायलाई सहभागी गराई “सबैका लागि जीवन बीमा – किनकी जीवन अमूल्य छ”भन्ने कम्पनीको मूल नारालाई मूर्तरूप दिन यस SMART LIFE बीमा योजना सञ्चालनमा ल्याएको छ।


१.    बीमा योजनाको नाम/प्रकार    :    जीवन सुरक्षा बीमा /म्यादी जीवन बीमा
२.    प्रवेश उमेर    :    १६ वर्षदेखि ६० वर्ष सम्म
३.    बीमा अवधि    :    १ वर्ष
४.    बीमा शुल्क भुक्तानी तरिका    :    एकल (बीमा चालु हुनु पूर्व एकमुष्ठ बुझाउनु पर्ने)
५.    न्यूनतम बीमाङ्क    :    रू.२,५०,००००/- (दुइ लाख पचास हजार)
६.    अधिकतम बीमाङ्क    :    क) रू.२० लाखसम्म
ख) यदि बीमा गर्ने व्यक्तिले कम्पनीसँग अन्य योजना (म्यादी जीवन बीमा बाहेक) लिएको भएअधिकतम सो बराबर गर्न सकिने।
७.    यस बीमा योजनामा भएका सुविधा :
क)    बीमालेखको अवधिभित्र बीमितको मृत्यु भएमा बीमाङ्क बराबर रकम बीमालेखमा इच्छाइएको व्यक्ति वा नजिकको हकदारलाइ भुक्तानी गरिनेछ।
ख)    यस योजना अन्तर्गत कुनै पनि चुक्ता मूल्य, समर्पण मूल्यवा ऋणउपलब्ध हुने छैन। साथै बीमा अवधि समाप्ति सम्म बीमित जीवित रहेमा कुनै रकम भुक्तानी गरिने छैन।