Customer Service: 01-5970971 (Sun-Sat | 9:00 AM - 6:00 PM )  / 9801170971 Email: [email protected]

Customer Care: 01-5970971

Notices

Critical Illness

11 February 2020

नेपाल लाइफ इन्स्योरेन्स घातक रोग पूरक करार योजना

आजको समयमा प्रदुषित वातावरण, विषाक्त खानेकुरा र अस्वस्थकर जीवनशैलीबाट धेरै जसो व्यक्तिहरु घातक रोगको शिकार बन्ने गरेका छन् । घातक रोग र यसको महंगो औषधि उपचारबाट जो कोहि पनि आर्थिक समस्यामा पर्ने कुरालाई मध्य नजर गर्दै भविष्यमा आइपर्ने यस प्रकारका संकटलाई रोक्न नसकेतापनि यस्ता आर्थिक जोखिम कम गर्न नेपाल लाइफले घातक रोग सुविधा योजना ल्याएको हो ।

 

यो योजनाले मूल बीमा योजनासँग जोडिएर बीमितलाई सुरक्षा प्रदान गर्दछ । यस योजना अन्तर्गत रक्षावरण लिन चाहने व्यक्तिले यस कम्पनीबाट प्रचलनमा ल्याएको मूल बीमा योजना (Conventional Plan) अन्तर्गत थप बीमाशुल्क तिरी मूल बीमाङ्कमा नबढ्ने गरी न्यूनतम रु.५० हजारदेखि  अधिकतम रु.५० लाख बीमाङ्कसम्मको रक्षावरण लिन सक्ने र उल्लेखित रोगहरु मध्ये कुनै एक रोगको पहिचानसहित आवश्यक प्रकृया पुरा गरेको खण्डमा शर्तहरुको अधिनमा रहि अधिकतम रु.५० लाखसम्म तत्काल भुक्तान गरी Maturityमा पनि मूल बीमालेखको विशेषता अनुसारको रकम भुक्तान गर्ने विशेषता रहेको छ ।

 

 योजनामा सामिल हुन ध्यान दिनु पर्ने कुराहरु

  • कुनै एउटा मूल योजनासँग जोडेर मात्र यो योजना (पूरक करार) लिन सकिने ।
  • यो करार लिन चाहने व्यक्ति पूर्ण रुपमा स्वस्थ हुनुपर्ने छ । कुनै पनि रोग लागेको व्यक्ति यो योजनामा सामेल हुन सक्ने छैन ।
  • यस योजनामा सामेल हुन चाहने व्यक्ति बीमा गर्दाको समयमा १८ वर्ष भई ६५ वर्ष ननाघेको हुनु पर्ने छ र अधिकतम ७० वर्षको उमेरसम्मको लागि यो योजना अन्तर्गतको सुविधाबाट लाभान्वित हुन सकिन्छ ।
  • यो योजना न्यूनतम ५ वर्षदेखि अधिकतम २० वर्ष अवधिको लागि लिन सकिन्छ ।
  • न्यूनतम रु. ५०,०००/-देखि अधिकतम रु.५०,००,०००/- सम्मको रकमको बीमा गर्न सकिन्छ ।
  • यो सुविधा लिन चाहने व्यक्तिले (मूल बीमाङ्क भुक्तानीको तरिका  अनुसार) एकल, वार्षिक, अर्धवार्षिक, त्रैमासिक र मासिक रुपमा बीमाशुल्क भुक्तानी गर्न सक्ने छ ।
  •  

योजना अन्तर्गत रक्षावरण गरिने घातक रोगहरु

  • Cancer ,Kidney Failure (End Stage Renal Failure),Primary Pulmonary Aterial Hypertension,Multiple Sclerosis,Major Organ Transplant ,Coronary artery by-pass graft,Surgery to Aorta ,Heart Valve Surgery,Stroke ,Myocardial Infraction , Coma ,Total Blindness,Paralysis ,End Stage Liver Failure,End Stage Lung Disease,Alzheimer’s Disease ,Parkinson’s Disease,Third Degree Burns
  •  

योजनामा सामेल हुने अवस्था

  • पहिला नै जारी गरिसकेको बीमालेखमा सुविधा थप गर्न सकिने ।
  • यदि पहिला नै जारी गरिसकेको बीमालेखमा यो सुविधा थप गर्न चाहेमा बीमालेखको वार्षिकोत्सव मितिमा मात्र थप्न  सकिने छ । जस्तैः बीमालेख प्रारम्भ मिति १७/०२/२०१९ मा जारी गरेको बीमालेखमा यो सुविधा थप्न चाहेमा १७/०२/२०२० मा मात्र थप्न सकिने छ । बीमालेखको वार्षिकोत्सव मितिदेखि बाहेक बीचको समयमा यो सुविधा थप्न सकिदैन ।
  • यदि पहिला नै जारी गरिसकेको बीमालेखमा यो सुविधा थप गर्न चाहेमा हाल परिमार्जन गरिएको (Form No. 001, 002, अनिवार्य रुपमा स्पष्टसँग भरेर परिमार्जित Form No. 003 अनुसार Medical Check Up गर्नु पर्दछ, जसमा लाग्ने स्वास्थ्य परीक्षण शुल्क बीमित आफैले व्यहोर्नु पर्ने छ ।
  •        यदि पहिला नै जारी गरेको बीमालेखमा यो सुविधा थप गर्न चाहन्छ र जसको कारणले उमेर र बीमाङ्क रकमको आधारमा  Medical Requirements Table अनुसार स्वास्थ्य परीक्षण गर्नु पर्दछ भने यसमा लाग्ने स्वास्थ्य परीक्षण शुल्क बीमित आफैले व्यहोर्नु पर्ने छ ।
  •  

योजना अन्तर्गत सुविधा रकम भुक्तानी दिइने अवस्थाहरु

  • मूल जीवन बीमालेखसँग संलग्न गरिने घातक रोग सुविधा पूरक करारले बीमालेख जारी गरेको वा पुनर्जागरण गरिएको (जुन पछि आउँछ)  ९० दिनको प्रतिक्षा अवधि पश्चात बीमा अवधिभित्र बीमितलाई उल्लेखित कुनै घातक रोगको पहिचान भएको ३० दिनसम्म उक्त घातक रोग बीमितमा देखा परिरहेमा (बीमित जिवित रहेमा) शर्तहरुको अधिनमा रही घातक रोग वापतको शत प्रतिशत बीमाङ्क रकम बीमितलाई भुक्तानी गरिने छ ।
  • यस योजना अन्तर्गत कुनै पनि व्यक्तिलाई घातक रोग लागेको पहिचान भई , घातक रोग सुविधाको लागि योग्य भएमा उसको रोग वापतको औषधि उपचार बराबरको  रकम नभइ बीमितले घातक रोग सुविधाको लागि लिएको बीमाङ्क रकम नै बिना कुनै बिल, बिना कुनै झन्झट फिर्ता दिईन्छ । 
  • यस योजना अन्तर्गतको सुविधा एक पटक मात्र उपभोग गर्न सकिने छ । सुविधा उपभोग गरिसके पश्चात पूरक करारको अन्त्य हुन्छ भने मूल बीमालेख चालू नै रहने छ र मूल बीमालेखको सुविधा उपभोगमा कुनै कटौती हुने छैन ।
  •  

बीमालेख व्यतितको अवस्था :

यो योजना अन्तर्गतको सुविधा प्राप्त गर्न बीमाशुल्क भुक्तानी भई बीमालेख चालू हुनुपर्ने वा बीमालेख व्यतित भएको भए पुनर्जागरण गर्नु पर्ने छ । बीमाशुल्क भुक्तानी नभई बीमालेख व्यतित भएको अवस्थामा  यो सुविधा प्राप्त हुने छैन ।

 

बीमा दावि भुक्तानको प्रकृया

  • बीमितलाई बीमा अवधि भित्र रक्षावरण गरिएको घातक रोग लागेको पहिचान भएमा पहिचान भएको मितिबाट ३० दिनभित्र दाबीको लिखित सूचना नजिकैको नेपाल लाइफको शाखा कार्यालयमा दिनुपर्नेछ ।
  • कम्पनीले माग गरे अनुसारको चिकित्सकीय प्रमाणसहित घातक रोग वा शल्यक्रियाको लिखित प्रमाण, त्यस्तो घातक रोग पहिचान वा शल्यक्रिया सम्पन्न भएको ३० दिन भित्र पेश गर्नु पर्ने छ ।
  • प्रकृया पुर्यार्इ आवश्यक सम्पूर्ण कागजातहरु प्राप्त भइसकेको अवस्थामा जीवित अवधि (Survival Period) को समय समाप्ति पश्चात दाबी प्रकृया अगाडि बढाइन्छ ।
  •  

प्रतिक्षा अवधि (Waiting Period) र जिवित अवधि (Survival  Period)

बीमालेख जारी गरेको वा पुनर्जागरण गरिएको ९० दिनसम्मको अवधिलाई प्रतिक्षा अवधि बुझाउछ भने चालु बीमालेखमा रोग पहिचान भएको ३० दिनसम्मको अवधिलाई जीवित अवधि (Survival  Period) बुझाउछ ।

 

समावेश नहुने जोखिमहरु -Exclusions)

  • रक्षावरण गरिएको घातक रोगको दावी गर्दा यदि बीमित पहिले नै एड्स (AIDS- Aquired Immune Deficiency Syndrom) संक्रमित भनि पहिचान (Diagnosed)  भएको पाइएमा, एच आइ भि (HIV- Human Immune Virus) संक्रमण भएको भनी पहिचान (Diagnosed) भएको पाइएमा ।
  • बीमा जारी गर्नु अथवा पुनर्जागरण गर्नु भन्दा पहिला (पूर्व विद्यमान) कुनै पनि रोग भएमा र प्रत्यक्ष अप्रत्यक्ष रुपमा उक्त रोगको कारणबाट दाबी परेमा उल्लेखित घातक रोग अन्तर्गत कुनै पनि रकम भुक्तानी गरिने छैन ।
  • पहिला नै भएको रोग अर्थात् पुर्व विद्यमान (Pre Existing Illness) भन्नाले बीमा गर्ने व्यक्तिलाई आफुलाई भएको रोगबारे निम्न प्रकारको जानकारी भएको ः
  • बीमितले बीमा जारी गर्नु पूर्व कुनै रोगको उपचार गरेको वा उपचार गराइरहेको भए ।
  • औषधी सेवन, उपचार सम्बन्धी सुझाव, कुनै रोगको पहिचान अथवा उपचारको लागि चिकित्सकीय सल्लाह सुझाव लिएको ।
  • कुनै अस्वस्थता वा फरक प्रकारको लक्षण देखा पर्ने वा रोगको लक्षण देखिएमा ।
  • रोगको लक्षण विद्यमान रहेको र बीमितलाई सो कुराको विवेकसंगत ज्ञान भएको शारीरिक अवस्थालाई बुझाउनेछ ।
  • जानीबुझी वा अन्जानमा लागू पदार्थ अथवा मादक पदार्थ सेवनको कारण भएको हानि ।
  • बीमितद्वारा कुनै पनि मानव अङ्ग अरुलाई दान गरेमा ।
  • आत्महत्याको कारण भएको क्षति ।
  • मूल बीमालेखले रक्षावरण नगरेका जोखिमहरु भएमा ।
  • यस पूरक करारनामा अन्तर्गतको बीमाङ्क रकमको सुविधा पहिला नै उपभोग गरिसकेमा ।
  • बीमालेख चालु नरही चुक्ता अवस्थामा बदलिएमा वा अन्य कारणबाट खारेज भएमा ।