नेपाल लाइफको मनै रुवाउने “ मेरो भाई “ भिडिओ रिलिज
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले यसपालिको तिहारमा भाइटीका आधारित समसामयिक एवम् अत्यन्तै हृदयस्पर्शी भिडियो संदेश “मेरो भाइ” प्रस्तुत गरेको छ । अवसरको खोजीमा विदेशिने दाजुभाइहरु अनि तिहारको भाइटीका लगाउन फर्कने आशामा बसेका दिदीबहिनीहरुको अतितको मिठो सम्झना एवम् टाढा हुँदाको बेदनामा आधारित यस भिडियोले वास्तविकताको उजागर गरेको छ । चाडबाडको उत्सवले धेरैलाई उत्साह, उमङ्ग प्रदान गरेपनि विदेशीएका सन्तान तथा दाजुभाइहरुको कारण कयौंको लागि यहि चाडबाड नै नरमाइलो हुने गर्दछ । यस्तै वास्तविक घटनामा आधारित यस भिडियोमा यस पटकको तिहार, विशेषत भाइटीकामा सबै दिदीबहिनीहरुको मनोकामना पूणर् होस् तथा सबै दाजुभाइहरुको निधार सप्तरङ्गी टीकाले सजियोस् भनेर कामना समेत गरिएको छ ।