Customer Service: ☎️ 01-5970971 /  9801170971 | (Sun-Sat | 7:00 AM - 6:00 PM) Email: customer.service@nepallife.com.np.
Customer Care: 01-5970971

News & Updates

डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स

29 October 2025

प्रेस विज्ञप्ति: मिति: २०८२।०८।१२:

नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले इक्रा नेपालबाट डबल ए माइनस (Double A Minus) रेटिङ प्राप्त गरेको छ। यस श्रेणीमा पर्ने संस्थाहरूलाई अत्यन्तै उच्च स्तरको सुरक्षित र वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतायुक्त मानिन्छ। यो रेटिङ प्राप्त गर्ने नेपाल लाइफ इन्स्योरेन्स जीवन बीमा क्षेत्रमै पहिलो जीवन बीमा कम्पनी बनेको छ।

double-aa-minus-rating-to-nepal-life-insurance

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो वित्तीय स्थायित्व, बलियो बजार स्थिति र समयमै वित्तीय दायित्व पूरा गर्ने क्षमताका आधारमा इक्रा नेपालबाट डबल ए माइनस क्रेडिट रेटिङ प्राप्त गरेको हो। सन् २००१ मा स्थापित कम्पनीले हाल देशभर १९० भन्दा बढी शाखा सञ्चालन गर्दै आ.व. २०८१/८२ को असार मसान्तसम्ममा कुल बीमा शुल्कको हिसाबले २७% भन्दा बढी बजार हिस्सा कायम गर्न सफल भएको छ। कम्पनीको सोल्भेन्सी अनुपात १५०.४०% रहेको छ, जुन नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनतम अनुपातभन्दा बढी हो। कम्पनीले करिब ९४% लगानी स्थिर ब्याज दिने उपकरणहरूमा गरेको छ, जसले असार मसान्तसम्म औसत १०.०२% प्रतिफल प्रदान गरेको छ। आ.व. २०८०/८१ मा कम्पनीले रु. २.१२ अर्ब खुद नाफा आर्जन गरेको थियो भने शेयरधनी कोषमा १८% प्रतिफल रहेको थियो।

नेपाल लाइफले आफ्नो जोखिम सन्तुलन गर्न नेपाल पुनर्बीमा कम्पनी लिमिटेड, हिमालयन पुनर्बीमा लिमिटेड र ह्यानोभर रि (जर्मनी) सँग पर्याप्त पुनर्बीमा गरी आकस्मिक क्षतिबाट हुने सुरक्षा सुनिश्चित गरेको छ। जीवन बीमा क्षेत्रको अनुभवी सञ्चालक समिति र दक्ष व्यवस्थापन टोलीको नेतृत्वमा कम्पनीले ग्राहकको विश्वास, पारदर्शिता र दीर्घकालीन वित्तीय स्थायित्व कायम राख्दै आएको छ। यस उच्च रेटिङले नेपाल लाइफको विश्वसनीयता, स्थिरता, सशक्त नेतृत्व र बजारमा अग्रस्थान कायम राख्ने क्षमतालाई पुष्टि गर्दछ।

कम्पनीको करिब ९८.८० प्रतिशत व्यवसाय सावधिक जीवन बीमामा आधारित रहेको छ, जसले दीर्घकालीन स्थायित्व र बजारमा बलियो उपस्थिति कायम गर्न सहयोग पुर्‍याएको छ। साथै, आ.व. २०८१/८२ को असार मसान्तसम्म कम्पनीले करिब १ अर्ब ३२ करोड रुपैयाँ बराबरको विपद् कोष सुरक्षित राखेको छ, जुन कम्पनीको व्यवसायिक आकार अनुसार पर्याप्त छ। त्यस्तै, कम्पनीको २३३ अर्बभन्दा माथिको जीवन बीमा कोष र २४० अर्बभन्दा माथिको लगानी रहेको छ। कम्पनीले असार मसान्तसम्म ६७ अर्बभन्दा माथिको दाबी भुक्तानी गरेको छ।

यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री प्रवीण रमण पराजुलीले कम्पनीले डबल ए माइनस रेटिङ प्राप्त गरेकोमा कम्पनीलाई यस रेटिङ प्राप्त गर्न प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण सरोकारवालाहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो। साथै, कम्पनीले आफ्नो वित्तीय स्थायित्वलाई झन् सबल र सुदृढ बनाउनका निम्ति जोखिम न्यूनीकरणका उपकरणहरूको अधिकतम प्रयोग गर्ने तथा लगानी विविधीकरणलाई प्राथमिकतामा राख्दै लगानीको प्रतिफललाई स्थिर र उच्च बनाउन विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय असल अभ्यासहरूको प्रयोग गर्न कम्पनी कटिबद्ध रहेको बताउनुभयो।

प्रमुख कार्यकारी अधिकृत पराजुलीले कम्पनीलाई मार्गनिर्देशन प्रदान गर्नुहुने सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकहरू, कम्पनीमा विश्वास गरी बीमा गर्नुहुने बीमितहरू, कम्पनीको मेरुदण्डको रूपमा रहनुभएका अभिकर्ताहरू, कम्पनीका कर्मचारीहरू, शेयरधनी महानुभावहरू, नियामक निकायहरू तथा सहयोग गर्नुहुने अन्य सम्पूर्ण सरोकारवालाहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको छ।

डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स

Recent News

3 February 2026
नेपाल लाइफ कर्पोरेट एक्सिलेन्स अवार्ड २०२५ बाट सम्मानित

नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई कर्पोरेट क्लब नेपालद्...

1 February 2026
नेपाल लाइफको एम.डी.आर.टी अचिभर्स अवार्ड, २०२६ समारोह भव्यता...

नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मिति २०८२ साल माघ १३ –...

3 January 2026
नेपाल लाइफको २६औँ वार्षिक साधारण सभा सम्पन्न

नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सको २६औँ वार्षिक साधारण सभा कम्पन...