Customer Service: ☎️ 01-5970971 /  9801170971 | (Sun-Sat | 7:00 AM - 6:00 PM) Email: customer.service@nepallife.com.np
Customer Care: 01-5970971

News & Updates

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा AML/CFT/CPF सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

15 May 2026

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारण (AML/CFT/CPF) सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारण (AML/CFT/CPF) सम्बन्धी एक विशेष प्रशिक्षण कार्यक्रम काठमाडौंमा सफलतापूर्वक सम्पन्न गरेको छ।

aml-cft-cpf-trainning-nepal-life

कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक एवं सम्पत्ति शुद्धीकरण निवारण क्षेत्रका विज्ञ डा. हरि कुमार नेपालले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा बीमा क्षेत्रको समसामयिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्थाहरू र सोको व्यवहारिक कार्यान्वयन सम्बन्धमा प्रस्तुती गर्नुभएको थियो। उक्त प्रशिक्षण कार्यक्रममा कम्पनीका सञ्चालक समिति पदाधिकारी, आधारभूत शेयरधनी, उच्च व्यवस्थापन र विभागीय प्रमुखहरूको सहभागिता रहेको थियो।

प्रशिक्षक डा. नेपालले AML/CFT/CPF सम्बन्धी कानुनी व्यवस्था, नियामक निर्देशन, जोखिम पहिचान तथा व्यवस्थापन, ग्राहक पहिचान प्रक्रिया (KYC), शंकास्पद कारोबार पहिचान र अन्तर्राष्ट्रिय रूपमा भइरहेको गतिविधिका विषयमा विस्तृत जानकारी दिनुभएको थियो।

कार्यक्रममा कम्पनीका सञ्चालक श्री कमलेश कुमार अग्रवालले संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा AML/CFT अनुपालनलाई कम्पनीको दीर्घकालीन स्थायित्वका लागि अत्यन्त महत्वपूर्ण पक्षका रूपमा रहेको बताउनु हुँदै प्रभावकारी अनुपालनले मात्र कम्पनीलाई सुरक्षित र दिगो बनाउन सक्ने धारणा व्यक्त गर्नुभयो।

साथै, कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री प्रवीण रमण पराजुलीले AML/CFT/CPF सम्बन्धी प्रचलित कानुनहरूको व्यवहारिक कार्यान्वयनको महत्वमा जोड दिँदै नियामकीय आवश्यकताहरूलाई केवल नीतिगत स्तरमा मात्र नभई दैनिक कार्यप्रणालीमा प्रभावकारी रूपमा लागू भइरहेको बताउनुभयो।

AMF-CFT-Training​​​​​​​

कम्पनीले प्रशिक्षणबाट व्यवहारिक ज्ञान प्राप्त गर्दै वित्तीय अपराधहरू न्यूनीकरण, संस्थागत सुशासन र वित्तीय पारदर्शिता सुदृढ बनाउन सहयोग पुगेको जनाएको छ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यस्ता क्षमता अभिवृद्धि कार्यक्रमहरूलाई निरन्तरता दिँदै सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारण, वित्तीय अनुशासन, जोखिम व्यवस्थापन तथा अनुपालनलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

✓​​​​​​​ More Images on: Linkedin Post

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा AML/CFT/CPF सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

Recent News

20 April 2026
विशेष बीमा पुनर्जागरण योजना २०८२/०८३

नेपाल लाइफको विशेष पुनर्जागरण अफर - व्यतित बीमालेख नवीकरणमा १००% सम्म बिलम्ब शुल्क छुट।

2 April 2026
विषयः सञ्चार माध्यममा प्रकाशित समाचारको खण्डन सम्बन्धमा

विषयः सञ्चार माध्यममा प्रकाशित समाचारको खण्डन सम्बन्धमा