Customer Service: 01-5970971 (Sun-Sat | 9:00 AM - 6:00 PM )  / 9801170971 Email: customer.service@nepallife.com.np

Customer Care: 01-5970971

News & Updates

एती एयरलाइन्सको दुर्घटनाको मृतक परिवारलाई : नेपाल लाइफद्वारा रू एक करोड एक लाखको दाबी भुक्तानी

15 February 2023

नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफले रू एक करोड एक लाखको दाबी भुक्तानी गरेको छ ।

 पोखरा उ.म.पा-१७, कास्की ठेगाना भएकी बिमित श्री संगिता शाहीको मिति २०७९/१०/०१ गते पोखरामा यती एयरलाइन्सको  जहाज दुर्घंटनामा असामायिक निधन भएको थियो । बालाजु शाखामा आयोजित एक कार्यक्रमका बीच मृतकले इच्छाइएको व्यक्ति श्री कोपिला घर्ति क्षेत्री (आमा) लाई रू एक करोड एक लाखको चेक हस्तान्तरण गरिएको छ ।

आफ्नो जीवनकालमा स्व. संगिता शाहीले नेपाल लाइफ इन्स्योरेन्स क.लि बालाजु शाखा कार्यालयबाट मिती २०७९/०५/२९ गते रु.५०,००,०००/- बीमाङ्क भएको जीवन सहारा बिमा योजना लिनु भएको थियो । बीमाङ्क बापतको रकम अन्तर्गत रु.५०,००,०००/- र दुर्घंटना मृत्यु दावी बापत रु.५०,००,०००/- गरी जम्मा रु.१,०१,००,०००।- इच्छाइएको व्यक्ति (आमा) लाई प्रदान गरिएको छ ।

२०७९ पौष मसान्त सम्ममा यस कम्पनीको लगानी रु. १५६.४४ अर्व रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १५०.८५ अर्व रुपैयाँ र शेयरधनी कोष ९ अर्व ५२ करोडभन्दा बढी रहेको छ । कम्पनीमा २,१२,३६२ भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका छन् । कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल करिब १ सय ९७ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । यसका साथसाथै कम्पनीले हालसम्म रु १९७.१८ अर्व रुपैया बीमा शुल्क आर्जन गरेको छ । नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २१ वटा बीमा योजना अन्तर्गत ३१,१५,४२० बीमालेख जारी गरिएको छ । ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।