Customer Service: ☎️ 01-5970971 /  9801170971 | (Sun-Sat | 7:00 AM - 6:00 PM) Email: customer.service@nepallife.com.np.
Customer Care: 01-5970971

News & Updates

नेपाल लाइफद्वारा रु १०,००,००,००,००० प्रथम बीमा शुल्क आर्जन गर्दै रेकर्ड कायम

16 July 2025

दस अर्बको प्रथम बीमा शुल्क आर्जन गर्दै नेपालको जीवन बीमा उद्योगमा ऐतिहासिक रेकर्ड बनाउन सफल भएको छ।

नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले स्थापनाको २५औँ वर्षमा आइपुग्दै गर्दा रु १०,००,००,००,००० (दस अर्ब) प्रथम बीमा शुल्क आर्जन गर्दै नेपालको जीवन बीमा उद्योगमा ऐतिहासिक रेकर्ड बनाउन सफल भएको छ।

यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीलाई मार्ग निर्देशन प्रदान गर्नुहुने सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकहरू, कम्पनीमा विश्वास गरी बीमा गर्नुहुने  बीमितहरु, कम्पनीको मेरुदण्डको रूपमा रहनुभएका बीमा अभिकर्ताहरू, कम्पनीका कर्मचारीहरू, शेयरधनी महानुभावहरु, नियामक निकायहरू तथा यस ऐतिहासिक लक्ष्यलाई मूर्तता प्रदान गर्न अहोरात्र सहयोग गर्नुहुने सम्पूर्ण सरोकारवालाहरूमा धन्यवाद ज्ञापन गर्नुभएको छ। 

नेपाल लाइफले हासिल गरेको यो ऐतिहासिक उपलब्धिले बीमा बजारलाई दिशानिर्देश समेत प्रदान गरेको छ । आगामी दिनमा बीमा बजारको श्रीवृद्धिमा यसले अतुलनीय भूमिका निर्वाह गर्नेमा नेपाल लाइफ विश्वस्त छ । नेपाल लाइफ प्रविधिमैत्री प्रणालीहरूको अधिकतम प्रयोग गर्दै समयानुकूल सम्पूर्ण तप्कालाई उपयुत हुने खालका इनोभेटिभ प्रोडक्टहरु ल्याउने, लगानीको प्रतिफललाई उच्च बनाउन लगानी विविधिकरण गर्दै जाने ,कर्मचारी तथा अभिकर्ताहरूको ज्ञान, सीप र दक्षतालाई अभिवृद्धि गर्न तालिमहरू सञ्चालन गर्दै आम नागरिकहरूलाई विश्वस्तरीय बीमा सेवा प्रदान गर्न कम्पनी कटिबद्ध रहेको कुरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताउनु भयो। 

 

✓ यस्तै थप समाचारहरूका लागि: Nepal Life News

नेपाल लाइफद्वारा रु १०,००,००,००,००० प्रथम बीमा शुल्क आर्जन गर्दै रेकर्ड कायम

Recent News

3 February 2026
नेपाल लाइफ कर्पोरेट एक्सिलेन्स अवार्ड २०२५ बाट सम्मानित

नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई कर्पोरेट क्लब नेपालद्...

1 February 2026
नेपाल लाइफको एम.डी.आर.टी अचिभर्स अवार्ड, २०२६ समारोह भव्यता...

नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मिति २०८२ साल माघ १३ –...

3 January 2026
नेपाल लाइफको २६औँ वार्षिक साधारण सभा सम्पन्न

नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सको २६औँ वार्षिक साधारण सभा कम्पन...