Customer Care: 01-5970971
Get Quote Download Brochure

नेपाल लाइफ अनमोल जीवन बीमा योजना

“नेपाल लाइफ अनमोल जीवन” जीवन बीमा योजना

भनिन्छ मानव जीवन अनमोल छ तर आजको समयमा प्रत्येक व्यक्तिको अनमोल जिवनका हर पलहरु जोखिम नै जोखिमले भरिएको कुरालाई नकार्न सकिदैंन । यस्तो जोखिम मानिसको जिवनमा वाचुन्जेल रहिनैरहन्छ । तसर्थ मानिसको अनमोल जीवनमा विभिन्न जोखिमबाट आइपर्ने क्षतिलाई बीमाको माध्यमबाट न्यूनिकरण गर्न कम्पनिले “नेपाल लाइफ अनमोल जीवन” जीवन बीमा योजना नामक सावधिक र आजिवनको विशेषता भएको बीमा बजारमा ल्याईएको छ ।
 
बीमा अवधि भुक्तानि पश्चात  पनि  जोखिम वहन गर्नु को साथैे  कम्पनीले बहन गर्ने जोखिम अन्तर्गत बीमितले चाहेका समयमा उक्त जोखिम वहन बापतको समर्पण मूल्य  भुक्तानी लिन सक्नु यो योजनाको मुख्य विशेषता हो ।

विशेषताहरुः

१)    बीमा योजनाको नाम    ः    “नेपाल लाइफ अनमोल जीवन” जीवन बीमा योजना
२) बीमा योजनाको प्रकार    ः    सावधिक तथा आजिवन जीवन बीमा  (मुनाफामा सरिक हुने)           

                                          [Whole Life Endowment  Plan With Profit ] 
३)    प्रवेश उमेर    ः     १८ वर्ष देखि ६५ वर्ष
४) ऐच्छिक सुविधा ADB/PTD/PWB) प्रवेश उमेर    ः१८ वर्ष देखि 
५)    बीमाअवधि    ः    न्यूनतम ५ वर्ष देखि अधिकतम ५० वर्र्ष सम्म
६)    बीमा समाप्तिमा अधिकतम उमेर    ः    ७० वर्ष
७)    बीमा शुल्क भुक्तानि तरिका    ः    वार्षिक, अर्धवार्षिक , त्रैमासिक र मासिक
८)  न्यूनतम बीमाङ्क रकम    ः     रू २५,०००र-(पच्चिसहजार)
९) अधिकतम बीमाङ्क रकम    ः     आयश्रोतको आधारमा गर्न सकिने

१०) यस योजनामा समावेश भएका सुविधाहरु ः    
    बीमा शुल्क तिर्ने तरिका अनुसार छुट वा थप शुल्क
    वार्षिक   - १% छुट
    अर्ध वार्षिक - छैन
    त्रैमासिक -३ % थप
    मासीक -६ % थप

ऋण तथा समर्पण सुविधा

  • वार्षिक ३ किस्ता बीमाशुल्क भुक्तानी गर्नुको साथै वीमा प्रारम्भ मिति बाट ३ वर्ष पुरा भए पश्चात सर्मपण मुल्य प्राप्त गर्न सकिनेछ ।
  • समर्पण मुल्य प्राप्त भएको बीमालेखमा समर्पण मुल्यको ९० प्रतिशत सम्म कर्जा प्राप्त गर्न सकिनेछ ।
  • बीमालेखको वीमा अवधि समाप्ति (Maturity) पश्चात पनि जोखिम बहन गरी रहने तर बीमितले चाहेमा , पूणर् अवधि भुक्तानि  (Maturity)  भएको ५ वर्ष पूरा भैसकेपछि जुनसुकै समयमा समर्पण गर्न सकिने छ । यसको साथै बीमितले इच्छाइए अनुसार अग्रीम भुक्तानीको रुपमा उल्लेख भए अनुसार समेत भुक्तानी लिन सक्नेछ । । यसको लागि बीमितले बीमा शुरु गर्दाको समयमा नै कुन तरीकाको Survival Benefit लिने भनि उल्लेख गर्नुपर्ने हुन्छ ।
  • बीमालेखको वीमा अवधि समाप्ति (Maturity) पश्चात को समर्पण गणना गर्दा शुरुमा नै उल्लेख गरेको Survival Benefit लिने तरिकालाई आधार मानि समर्पण मूल्य गणना गरिने छ तर यस्तो सर्मपण रकममा कर्जा प्राप्त हुने छैन ।
  • बीमा अवधि भुक्तानि पश्चात  को लागि बीमितले बीमा शुरु गर्दाको समयमा नै छनौट गरेको Survival Benefit लिने तरिकालाई आधार मानि समर्पण मूल्य गणना गरिने छ र यस्तो समर्पण रकममा कर्जा प्राप्त हुने छैन ।
  • वीमा अवधि समाप्ति (Maturity) पश्चातको समर्पण तथा Survival Benefit सुविधा लिनको लागि Maturity सम्मको सम्पूणर् किस्ता समयमा नै भुक्तानि गरेको हुनुपर्ने छ ।


दुर्घटना मृत्यु लाभ सुविधा (ADB) :
(ऐच्छिक )
१८ वर्ष देखिका बीमितले अतिरिक्त विमाशुल्क तिरेर बीमाङ्क रकम बराबर अधिकतम रू १,००,००,०००र-(एक करोड) सम्मको दुर्घटना मृत्यु लाभ (ब्म्द्य०सुविधा लिन सकिने ।


बीमाशुल्क छुट तथा पुणर्अशक्तता लाभ सुबिधा (PTD/PWB)
(ऐच्छिक )
१८ वर्ष देखिका बीमितले अतिरिक्त विमाशुल्क तिरेर बीमाङ्क रकम बराबर अधिकतम रू १,००,००,०००र-(एक करोड)सम्मको बीमाशुल्क छुट तथा पूणर्अशक्तता लाभ सुविधा लिन सक्ने छ ।

  
घातक रोग सुबिधा (Critical Illness Rider) 
(ऐच्छिक )
१८ वर्ष देखिका बीमितले अतिरिक्त विमाशुल्क तिरेर बीमाङ्क रकम बराबर अधिकतम रू ५०,००,०००र-(पचास लाख) सम्मको घातक रोग सुविधा लिन सक्ने छ ।

११.बीमाङ्क रकम भुक्तानि पाउने अवस्था ः  

पूणर् अवधि भुक्तानि (Maturity Benefit)
बीमालेख चालु रहि बीमा अवधि भुक्तानी  मिति सम्म बीमित जीवित रहेमा बीमा अवधि भुक्तानि को अन्त्यमा बीमाङ्क रकम र आर्जित बोनस बीमालेख अवधि समाप्तिमा एकमुष्ट भुक्तानी दिइने छ ।

आंशिक अवधि भुक्तानि (Survival Benefit)ः
सबै किस्ता बीमाशुल्क भुक्तानी गरेको बीमालेखमा बीमा अवधि  समाप्ति पश्चात बीमित जीवित रहिरहेमा तल उल्लेख गरे अनुसारको प्रतिशतमा बीमितले छनौट गरे बमोजिमको बीमाङ्क रकम पूनः प्रदान गरिने छ । जसको लागि बीमा शुरु गर्दाको समयमा नै बीमा अवधि समाप्ति पश्चात कुन तरिकाको वीमांङ्क लिने भनि उल्लेख गर्नुपर्ने हुन्छ ।
    क) बीमितको उमेर ७५ वर्ष  पुगे पछि बीमाङ्क रकमको ६०% भुक्तानि गरिेने र बीमालेखको अन्त्य हुने ।    
    ख) बीमितको उमेर ८० वर्ष  पुगे पछि बीमाङ्क रकमको ८०% भुक्तानि गरिेने र बीमालेखको अन्त्य हुने ।
    ग) बीमितको उमेर ८५ वर्ष  पुगे पछि बीमाङ्क रकमको १००% भुक्तानि गरिेने र बीमालेखको अन्त्य हुने ।
    यदि बीमाशुल्क भुक्तानि अवधि समाप्ति पश्चात बीमितले आफूले उल्लेख गरेको आशिंक अवधि भुक्तानि (क्गचखष्खब िद्यभलभाष्त) उपभोग गर्नु अगावै बीमितको मृत्यु भएमा पुनः पुरा बीमाङ्क रकम प्रदान गरिने छ ।

मृत्यु दावि भुक्तानि (Death Benefit) ः
    बीमालेख चालु रही बीमा अवधि भुक्तानी भित्र जुनसुकै कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक) बीमितको मृत्यु भएमा बीमाङ्क रकम + आर्जित बोनश एकमुष्ट भुक्तानी दिइने छ ।
    बीमालेख चालु रही बीमा अवधि भुक्तानी पश्चात बीमित जीवित रहेमा शर्तहरुको अधिनमा रही  बीमालेखमा उल्लेख भएको बीमाङ्क रकम र आर्जित  बोनस  बीमा अवधि समाप्तिमा एकमुष्ठ भुक्तानि दिइने छ ।
    सबै किस्ता बीमाशुल्क भुक्तानी गरेको बीमालेखमा बीमा अवधि भुक्तानी पश्चातको सुविधा उपभोगको लागि छनौट गरेको उमेर भित्र विमितको मृत्यु भएमा पूनः वीमांङ्क बराबरको रकम प्रदान गरिने छ । 
    वीमा अवधि भुक्तानी पश्चात कुनै पनि घटना घटेमा ऐच्छिक सुविधा (Rider Benefits)  वापतको रकमको दावि भुक्तानी दिइने छैन ।
    यदि दुर्घटना मृत्यु लाभ सुविधा (ADB) लिएको अवस्थामा चालु विमालेख अन्तर्गत बीमा अवधि भुक्तानी भित्र बीमितको दुर्घटनाको कारणबाट मृत्यु भएमा बीमालेखमा उल्लेख भएको बीमाङ्क रकम + ADB सुविधा वापतको बीमाङ्क रकम +आर्जित बोनश रकम एकमुष्ट भुक्तानी दिइनेछ ।
    यदि दुर्घटना मृत्यु लाभ तथा पूणर् अशक्तता लाभ सुविधा (ADB /PTD/PWB ) लिएको बीमालेख चालु रही बीमा अवधि भुक्तानी भित्र बीमितको दुर्घटनाको कारणबाट अङ्गभङ्ग भई पूणर् अशक्तता भएमा वांकी बीमाशुल्क भुक्तानीमा छुट दिइनुका साथै पूणर् अशक्तता सुविधा बराबर रकम मासिक १२० समान किस्तामा अपाङ्ग अशक्त बीमितलाई भुक्तानी गरिनेछ ।
    सबै किस्ता बीमाशुल्क भुक्तानी नगरेको बीमालेख Maturity भएमा  वीमा अवधि भुक्तानी पश्चात को थप सुविधा तथा सो अवधिमा कुनै घटना घटेमा घटना वापतको रकम प्रदान गरिने छैन ।