Customer Care: 01-5970971
Get Quote Download Brochure

नेपाल लाइफ समुन्नत जीवन बीमा योजना

“नेपाल लाइफ समुन्नत जीवन ” जीवन बीमा योजना

“नेपाल लाइफ समुन्नत जीवन” जीवन बीमा योजना मुनाफामा सरिक हुने सावधिक जीवन बीमा हो । मानिसका पेशा फरक फरक हुन्छन् । कुनै पेशामा वढी जोखिम हुन्छ त कुनै पेशामा कम जोखिम हुन्छ । यसरी बढी जोखिमयुक्त पेशामा लागेका व्यक्तिहरुको एउटै बीमालेखबाट अधिकतम जोखिम वहन गर्ने विशेषता भएको बीमा योजनाको वजारमा अत्यधिक माग भएको वर्तमान परिप्रेक्षलाई मध्यनजर गरी कम्पनीले  “नेपाल लाइफ समुन्नत जीवन” जीवन बीमा योजना बजारमा ल्याईएको छ ।
 बीमा अवधि भित्र बीमितको मृत्यु भएका बीमाङ्क रकमको तेब्बर सम्म भुक्तानि गर्नु यो योजनाको मुख्य विशेषता हो ।


विशेषताहरुः

१)    बीमा योजनाको नाम    ः    “नेपाल लाइफ समुन्नत जीवन” जीवन बीमा योजना
२) बीमा योजनाको प्रकार    ः    सावधिक जीवन बीमा  (मुनाफामा सरिक हुने)  ृ भ्लमयधmभलत  एबिल ध्ष्तज एचयाष्त े  
३)    प्रवेश उमेर    ः     १८ वर्ष देखि ६० वर्ष
४) ऐच्छिक सुविधा(ब्म्द्यरएत्म्रएध्द्य०प्रवेश उमेर    ः१८ वर्ष देखि 
५)    बीमाअवधि    ः    न्यूनतम ५ वर्ष देखि अधिकतम ३० वर्र्ष सम्म
६)    बीमा समाप्तिमा अधिकतम उमेर    ः    ६५ वर्ष
७)    बीमा शुल्क भुक्तानि तरिका    ः    वार्षिक, अर्धवार्षिक , त्रैमासिक र मासिक
८)  न्यूनतम बीमाङ्क रकम    ः     रू ५०,०००र-(पचास हजार)
९) अधिकतम बीमाङ्क रकम    ः     रू १,००,००,०००र-(एक करोड हजार)

१०) यस योजनामा समावेश भएका सुविधाहरु ः    
    बीमा शुल्क तिर्ने तरिका अनुसार छुट वा थप शुल्क
    वार्षिक   - १% छुट
    अर्ध वार्षिक - छैन
    त्रैमासिक -३ % थप
    मासीक -६ % थप

ऋण तथा समर्पण सुविधा

  • वार्षिक ३ किस्ता बीमाशुल्क भुक्तानी गर्नुको साथै वीमा प्रारम्भ मिति बाट ३ वर्ष पुरा भए पश्चात सर्मपण मुल्य प्राप्त गर्न सकिनेछ ।   
  • समर्पण मुल्य प्राप्त भएको बीमालेखमा समर्पण मुल्यको ९० प्रतिशत सम्म कर्जा प्राप्त गर्न सकिनेछ ।

घातक रोग सुबिधा (Critical Illness Rider):
(ऐच्छिक )
 १८ वर्ष देखिका बीमितले अतिरिक्त विमाशुल्क तिरेर बीमाङ्क रकम बराबर अधिकतम रू ५०,००,०००र-(पचास लाख) सम्मको घातक रोग सुविधा लिन सक्ने छ ।


११.बीमाङ्क रकम भुक्तानि पाउने अवस्था ः  

  • ड्पूणर् अवधि भुक्तानि (Maturity Benefit) :
    • बीमालेख चालु रहि बीमा अवधि भुक्तानी  मिति सम्म बीमित जीवित रहेमा बीमा अवधि भुक्तानि को अन्त्यमा बीमाङ्क रकम + आर्जित बोनस बीमालेख अवधि समाप्तिमा एकमुष्ट भुक्तानी दिइने छ । 
  • मृत्यु दावि भुक्तानि (Death  Benefit) :
    • बीमालेख चालु रही बीमा अवधि भित्र जुनसुकै कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक) बीमितको मृत्यु भएमा दुई गुणा बीमाङ्क रकम + आर्जित बोनश एकमुष्ट भुक्तानी दिइने छ ।
    • बीमा अवधि  भित्र बीमितको दुर्घटनाको कारणबाट मृत्यु भएमा बीमालेखमा उल्लेख भएको तीन गुणा बीमाङ्क रकम + आर्जित बोनश रकम एकमुष्ट भुक्तानी दिइनेछ ।

More Products from सावधिक

बाल शिक्षा बीमा योजना

योजनाको नाम : नेपाल लाइफ “सुनिश्चित भविष्य तथा शिक्षा जीवन बीमा
बीमा योजना (Eligibility Conditions):
प्रवेश उमेर : बच्चा: जन्मे देखि १८ वर्ष सम्म
प्रस्तावकको उमेर: २० वर्ष देखि ६५ वर्ष सम्म
बीमा अवधि : ५ वर्ष देखि ३० वर्ष सम्म
(बीमा अवधि समाप्तिमा बच्चाको उमेर ३० बर्ष र प्रस्तावकको ७० वर्ष ननाघ्ने गरी)
बीमाङ्क : प्रस्तावक : रू.५० हजार देखि १ करोड सम्म
बच्चा: प्रस्तावकको बीमाङ्क बराबर अधिकतम रू.२५ लाख सम्म
जोखिम बहन शुल्क : बच्चाको बीमाङ्कमा रू.१ प्रति हजार

जीवन ज्योती
जीवन ज्योति बीमा योजना सिमित भुक्तानी ...

नौलो सुरक्षित जीवन बीमा योजना

यस कम्पनीको सुरक्षित जीवन बीमा योजनाको व्यापक सफलता पश्चात् कम्पनीले समस्त बीमितहरु माझ नेपाल लाइफ नौलो सुरक्षित जीवन बीमा योजना सावधिक जीवन बीमा ल्याईएको हो ।

नेपाल लाइफ नौलो केटाकेटी जीवन बीमा योजना

यस सावधिक जीवन बीमालेखमा १ बर्षदेखि ७ वर्षम्म उमेर भएको बीमितको वीमा प्रारम्भ मिति बाट २ वर्ष पुरा भए पश्चात वा ७ वर्षउमेर पुरा भएपछि (जुन पछि आउछ) बीमालेखको पहिलो वाषिर्कोत्सव मितिदेखि र बीमितको उमेर ८, ९ वर्षभएमा उनीहरुको उमेर १० वर्षपुरा भएपछि र बीमितको उमेर १०, ११ वर्षभएमा उनीहरुको बीमाको वाषिर्कोत्सव मितिदेखि मात्र बीमालेख अन्र्तर्गत बीमितको मृत्यु जोखिम प्रारम्भ हुनेछ ।

नेपाल लाइफ जीवन उदय एकल जीवन बीमा योजना

प्रत्येक मानिसका इच्छा चाहनाहरु फरक फरक हुन्छन् । कोहि व्यक्तिलाई आफ्नो आय आर्जनको थोरै थोरै रकम लगानि गरी भविष्यको लागि वचत गर्ने चाहना हुन्छ भने कोहि  पटक पटक बीमाशुल्क भुक्तानी गर्ने झन्झटबाट मुक्त हुन चाहन्छन् । यसरी पटक पटक बीमाशुल्क भुक्तानि गर्न झन्झट मानि  एकैपटक सम्पूर्ण बीमाशुल्क भुक्तानी गरि आफ्नो जीवनमा आउनसक्ने जोखिमलाई बीमाको माध्यमबाट न्यूनिकरण गर्न चाहने समूहलाई मध्यनजर गरि कम्पनीले “नेपाल लाइफ जीवन उदय एकल जीवन बीमा योजना” नामक सावधिक विशेषता भएको बीमा बजारमा ल्याईएको छ ।
 
बीमा अवधि भित्र बीमितको मृत्यु भएमा बीमाङ्कको दुई गुणा रकमको साथै आर्जित बोनश भुक्तानी दिनु यो योजनाको मुख्य विशेषता हो ।

नेपाल लाइफ सुनौलो भविष्य जीवन बीमा योजना

यो योजनाले न्यून बीमाशुल्कमा बचत र सुरक्षा एकै साथ प्रदान गर्दछ।  यो योजना अन्तर्गत जोखिम बहनको अतिरिक्त बीमितलाई बीमालेख अवधि भर बचत गर्न प्रोत्साहन गर्दछ। यस योजनाले तपाईको अवकाश पछिको आर्थिक आवश्यकतालाई समेत समेट्दछ।  यो योजना अन्तर्गत बीमितले एउटै बीमा योजनाबाट दुई किसिमको सुविधा प्राप्त गर्न सक्दछ। यस योजनामा दुईवटा विकल्पहरु समावेश गरिएका छन् जसमध्ये आफ्नो इच्छा र आवश्यकता अनुरुप बीमितले कुनै एउटा मात्र विकल्पको छनोट गर्न सक्दछ।  

नेपाल लाइफ केटाकेटी सुनौलो भविष्य जीवन योजना बीमा योजना

यो योजना  बालबालिकाको उज्जवल  भविष्यको लागि ल्याइएको  यस्तो बचत र सुरक्षा योजना हो। जसमा जोखिम बहन गर्नुको अतिरिक्त, नियमित बीमाशुल्क भुक्तानी बाट भएको बचत लार्ई बच्चाको उच्च शिक्षा, विवाह, सामाजिक कार्यक्रम वा अन्य कुनै आवश्यकताहरूको लागि प्रयोग गर्न सकिन्छ।