Customer Care: 01-5970971
Get Quote Download Brochure

नेपाल लाइफ जीवन उदय एकल जीवन बीमा योजना

प्रत्येक मानिसका इच्छा चाहनाहरु फरक फरक हुन्छन् । कोहि व्यक्तिलाई आफ्नो आय आर्जनको थोरै थोरै रकम लगानि गरी भविष्यको लागि वचत गर्ने चाहना हुन्छ भने कोहि  पटक पटक बीमाशुल्क भुक्तानी गर्ने झन्झटबाट मुक्त हुन चाहन्छन् । यसरी पटक पटक बीमाशुल्क भुक्तानि गर्न झन्झट मानि  एकैपटक सम्पूर्ण बीमाशुल्क भुक्तानी गरि आफ्नो जीवनमा आउनसक्ने जोखिमलाई बीमाको माध्यमबाट न्यूनिकरण गर्न चाहने समूहलाई मध्यनजर गरि कम्पनीले “नेपाल लाइफ जीवन उदय एकल जीवन बीमा योजना” नामक सावधिक विशेषता भएको बीमा बजारमा ल्याईएको छ ।
 
बीमा अवधि भित्र बीमितको मृत्यु भएमा बीमाङ्कको दुई गुणा रकमको साथै आर्जित बोनश भुक्तानी दिनु यो योजनाको मुख्य विशेषता हो ।


विशेषताहरुः

१) बीमा योजनाको नाम  ः “नेपाल लाइफ जीवन उदय एकल जीवन बीमा योजना”
२) बीमा योजनाको प्रकार   ः  एकल सावधिक जीवन बीमा  (मुनाफामा सरिक हुने)
                                       [ Single Premium Endowment  Plan With Profit ]
३)  प्रवेश उमेर  ः १८ वर्ष देखि ५५ वर्ष सम्म
४) ऐच्छिक सुविधा प्रवेश उमेर ः १८ वर्ष देखि 
६) बीमाअवधि ः न्यूनतम १० वर्ष देखि अधिकतम ३० वर्ष सम्म
७) बीमा समाप्तिमा अधिकतम उमेर  ः ७० वर्ष
८) बीमा शुल्क भुक्तानि तरिका  ः  एकमुष्ठ भुक्तानि तरिका
९) न्यूनतम बीमाङ्क रकम  ः रू ५०,०००/- (पचास हजार)
१०) अधिकतम बीमाङ्क रकम ः आयश्रोतको आधारमा गर्न सकिने


बीमाङ्क रकम भुक्तानि पाउने अवस्था :  

पूर्ण अवधि भुक्तानि (Maturity Benefit ) :

  • बीमालेख चालु रही बीमा अवधि मिति सम्म बीमित जीवित रहेमा बीमाङ्क रकम र आर्जित बोनस बीमालेख अवधि समाप्तिमा एकमुष्ट भुक्तानी दिइने छ ।

मृत्यु दावि भुक्तानि (Death  Benefit) :

  • बीमालेख चालु रही बीमा अवधि भित्र जुनसुकै कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक) बीमितको मृत्यु भएमा बीमाङ्कको दुई गुणा रकम + आर्जित बोनश एकमुष्ट भुक्तानी दिइने छ ।

  • यदि दुर्घटना मृत्यु लाभ सुविधा (ADB) लिएको अवस्थामा चालु बीमालेख अन्तर्गत बीमा अवधि भुक्तानी भित्र बीमितको दुर्घटनाको कारणबाट मृत्यु भएमा बीमालेखमा उल्लेख भएको बीमाङ्कको दुई गुणा रकम + आर्जित बोनश + दुर्घटना मृत्यु लाभ (ADB) वापतको बीमाङ्क रकम एकमुष्ट भुक्तानी दिइनेछ ।

 

ऋण तथा समर्पण सुविधा

  • बीमा प्रारम्भ मितिबाट ३ वर्ष पुरा भए पश्चात सम्पूर्ण मूल्य प्राप्त गर्न सकिनेछ ।
  • समर्पण मूल्य प्राप्त भएको बीमालेखमा समर्पण मूल्यको ९० प्रतिशत सम्म कर्जा प्राप्त गर्न सकिनेछ ।


दुर्घटना मृत्यु लाभ सुविधा (ADB):
(ऐच्छिक )
१८ वर्ष देखिका बीमितले अतिरिक्त बीमाशुल्क तिरेर बीमाङ्क रकम बराबर अधिकतम रू १,००,००,०००/-(एक करोड) सम्मको दुर्घटना मृत्यु लाभ (ADB) सुविधा लिन सकिनेछ ।


बीमाशुल्क छुट तथा पुणर्अशक्तता लाभ सुबिधा (PTD/PWB):
(ऐच्छिक )

१८ वर्ष देखिका बीमितले अतिरिक्त बीमाशुल्क तिरेर बीमाङ्क रकम बराबर अधिकतम रू १,००,००,०००/-(एक करोड)सम्मको बीमाशुल्क छुट तथा पूर्ण अशक्तता लाभ सुविधा लिन सक्ने छ ।

घातक रोग सुविधा (Critical Illness Rider) :
(ऐच्छिक )

  • १८ वर्ष देखिका बीमितले अतिरिक्त बीमाशुल्क तिरेर बीमाङ्क रकम बराबर अधिकतम रू ५०,००,०००/-(पचास लाख) सम्मको घातक रोग सुविधा लिन सकिने छ ।

 

 

More Products from सावधिक

बाल शिक्षा बीमा योजना

योजनाको नाम : नेपाल लाइफ “सुनिश्चित भविष्य तथा शिक्षा जीवन बीमा
बीमा योजना (Eligibility Conditions):
प्रवेश उमेर : बच्चा: जन्मे देखि १८ वर्ष सम्म
प्रस्तावकको उमेर: २० वर्ष देखि ६५ वर्ष सम्म
बीमा अवधि : ५ वर्ष देखि ३० वर्ष सम्म
(बीमा अवधि समाप्तिमा बच्चाको उमेर ३० बर्ष र प्रस्तावकको ७० वर्ष ननाघ्ने गरी)
बीमाङ्क : प्रस्तावक : रू.५० हजार देखि १ करोड सम्म
बच्चा: प्रस्तावकको बीमाङ्क बराबर अधिकतम रू.२५ लाख सम्म
जोखिम बहन शुल्क : बच्चाको बीमाङ्कमा रू.१ प्रति हजार

जीवन ज्योती
जीवन ज्योति बीमा योजना सिमित भुक्तानी ...

नौलो सुरक्षित जीवन बीमा योजना

यस कम्पनीको सुरक्षित जीवन बीमा योजनाको व्यापक सफलता पश्चात् कम्पनीले समस्त बीमितहरु माझ नेपाल लाइफ नौलो सुरक्षित जीवन बीमा योजना सावधिक जीवन बीमा ल्याईएको हो ।

नेपाल लाइफ नौलो केटाकेटी जीवन बीमा योजना

यस सावधिक जीवन बीमालेखमा १ बर्षदेखि ७ वर्षम्म उमेर भएको बीमितको वीमा प्रारम्भ मिति बाट २ वर्ष पुरा भए पश्चात वा ७ वर्षउमेर पुरा भएपछि (जुन पछि आउछ) बीमालेखको पहिलो वाषिर्कोत्सव मितिदेखि र बीमितको उमेर ८, ९ वर्षभएमा उनीहरुको उमेर १० वर्षपुरा भएपछि र बीमितको उमेर १०, ११ वर्षभएमा उनीहरुको बीमाको वाषिर्कोत्सव मितिदेखि मात्र बीमालेख अन्र्तर्गत बीमितको मृत्यु जोखिम प्रारम्भ हुनेछ ।

नेपाल लाइफ समुन्नत जीवन बीमा योजना

मानिसका पेशा फरक फरक हुन्छन् । कुनै पेशामा वढी जोखिम हुन्छ त कुनै पेशामा कम जोखिम हुन्छ । यसरी बढी जोखिमयुक्त पेशामा लागेका व्यक्तिहरुको एउटै बीमालेखबाट अधिकतम जोखिम वहन गर्ने विशेषता भएको बीमा योजनाको वजारमा अत्यधिक माग भएको वर्तमान परिप्रेक्षलाई मध्यनजर गरी कम्पनीले  “नेपाल लाइफ समुन्नत जीवन” जीवन बीमा योजना बजारमा ल्याईएको छ ।

नेपाल लाइफ सुनौलो भविष्य जीवन बीमा योजना

यो योजनाले न्यून बीमाशुल्कमा बचत र सुरक्षा एकै साथ प्रदान गर्दछ।  यो योजना अन्तर्गत जोखिम बहनको अतिरिक्त बीमितलाई बीमालेख अवधि भर बचत गर्न प्रोत्साहन गर्दछ। यस योजनाले तपाईको अवकाश पछिको आर्थिक आवश्यकतालाई समेत समेट्दछ।  यो योजना अन्तर्गत बीमितले एउटै बीमा योजनाबाट दुई किसिमको सुविधा प्राप्त गर्न सक्दछ। यस योजनामा दुईवटा विकल्पहरु समावेश गरिएका छन् जसमध्ये आफ्नो इच्छा र आवश्यकता अनुरुप बीमितले कुनै एउटा मात्र विकल्पको छनोट गर्न सक्दछ।