Customer Care: 01-5970971
Get Quote Download Brochure

नौलो सुरक्षित जीवन बीमा योजना

यस कम्पनीको सुरक्षित जीवन बीमा योजनाको व्यापक सफलता पश्चात् कम्पनीले समस्त बीमितहरु माझ नेपाल लाइफ नौलो सुरक्षित जीवन बीमा योजना सावधिक जीवन बीमा ल्याईएको हो ।
यस बीमामा १८ देखि ७० वर्ष सम्मको कुनै पनि  स्वस्थ व्यक्तिले प्रवेश गर्न पाउनेछन् भने अधिकतम बीमाङ्क आफ्नो आय आर्जनको आधारमा छनोट गर्न सक्नेछन् ।
मुख्य विशेषताहरुः
    क) बीमालेख चालु रही बीमा अवधि समाप्ति मितिसम्म बीमित जीवित रहेमा “बीमालेखमा उल्लेख भएको बीमाङ्क रकम + आर्जित बोनश, बीमा अवधि समाप्तिमा        एकमुष्ट दिइने छ ।”
    ख) बीमालेख चालु रही बीमा अवधि भित्र जुनसुकै कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक) बीमितको मृत्यु भएमा “बीमाङ्क रकम + आर्जित बोनश एकमुष्ट दिइने छ ।”
    ग) दुर्घटना मृत्यु लाभ सुविधा (ADB)  लिएको अवस्थामा चालु बीमालेख अन्तर्गत बीमा अवधि भित्र बीमितको दुर्घटनाको कारणबाट मृत्यु भएमा “बीमालेखमा उल्लेख भएको बीमाङ्क रकम + ADB सुविधा वापतको बीमाङ्क रकम + आर्जित बोनश रकम एकमुष्ट भुक्तानी दिइनेछ ।”
    घ) दुर्घटना मृत्यु लाभ तथा अपाङ्ग अशक्त (ADB/PTD/PWB) सुविधा लिएका बीमालेख चालु रही बीमा अवधि भित्र बीमितको दुर्घटनाको कारणबाट स्थायी अङ्गभङ्ग भई स्थायी अशक्तता भएमा “बाँकी बीमाशुल्क भुक्तानीमा छुट दिइनुका साथै अपाङ्ग अशक्त सुविधा बराबर रकम मासिक १२० समान किस्तामा अपाङ्ग अशक्त बीमितलाई भुक्तानी गरिनेछ ।”

 

यस बीमा योजना अन्तर्गतका केहि सुविधाहरुः

  •     यस बीमा योजना अन्तर्गत वार्षिक रुपमा बीमाशुल्क भुक्तान गर्दा १% सम्म छुट पाउन सकिन्छ ।
  •     यस बीमा योजनामा ३ वर्षको बीमाशुल्क भुक्तान गर्नुको साथै ३ वर्ष पुरा भइसकेपछि समर्पण मूल्य प्राप्त गर्नुको साथै बीमालेखलाई धितो राखि समर्पण मूल्यको ९०% सम्म ऋण लिन सकिन्छ ।

यस ब्रोसरमा उल्लेखित जानकारीहरु सम्भाब्य सर्वसाधारण ग्राहकहरुलाई नेपाल लाइफ नौलो सुरक्षित जीवन बीमा योजनाको बारेमा बुझाउने र सिकाउने उदेश्यले राखिएको हो ।
यस बीमा योजना अन्तर्गत बीमालेखको अपवाद तथा नेपाल लाइफको विभिन्न नियम र सर्तहरू लागु हुनेछन् ।

More Products from सावधिक

बाल शिक्षा बीमा योजना

योजनाको नाम : नेपाल लाइफ “सुनिश्चित भविष्य तथा शिक्षा जीवन बीमा
बीमा योजना (Eligibility Conditions):
प्रवेश उमेर : बच्चा: जन्मे देखि १८ वर्ष सम्म
प्रस्तावकको उमेर: २० वर्ष देखि ६५ वर्ष सम्म
बीमा अवधि : ५ वर्ष देखि ३० वर्ष सम्म
(बीमा अवधि समाप्तिमा बच्चाको उमेर ३० बर्ष र प्रस्तावकको ७० वर्ष ननाघ्ने गरी)
बीमाङ्क : प्रस्तावक : रू.५० हजार देखि १ करोड सम्म
बच्चा: प्रस्तावकको बीमाङ्क बराबर अधिकतम रू.२५ लाख सम्म
जोखिम बहन शुल्क : बच्चाको बीमाङ्कमा रू.१ प्रति हजार

जीवन ज्योती
जीवन ज्योति बीमा योजना सिमित भुक्तानी ...

नेपाल लाइफ नौलो केटाकेटी जीवन बीमा योजना

यस सावधिक जीवन बीमालेखमा १ बर्षदेखि ७ वर्षम्म उमेर भएको बीमितको वीमा प्रारम्भ मिति बाट २ वर्ष पुरा भए पश्चात वा ७ वर्षउमेर पुरा भएपछि (जुन पछि आउछ) बीमालेखको पहिलो वाषिर्कोत्सव मितिदेखि र बीमितको उमेर ८, ९ वर्षभएमा उनीहरुको उमेर १० वर्षपुरा भएपछि र बीमितको उमेर १०, ११ वर्षभएमा उनीहरुको बीमाको वाषिर्कोत्सव मितिदेखि मात्र बीमालेख अन्र्तर्गत बीमितको मृत्यु जोखिम प्रारम्भ हुनेछ ।

नेपाल लाइफ समुन्नत जीवन बीमा योजना

मानिसका पेशा फरक फरक हुन्छन् । कुनै पेशामा वढी जोखिम हुन्छ त कुनै पेशामा कम जोखिम हुन्छ । यसरी बढी जोखिमयुक्त पेशामा लागेका व्यक्तिहरुको एउटै बीमालेखबाट अधिकतम जोखिम वहन गर्ने विशेषता भएको बीमा योजनाको वजारमा अत्यधिक माग भएको वर्तमान परिप्रेक्षलाई मध्यनजर गरी कम्पनीले  “नेपाल लाइफ समुन्नत जीवन” जीवन बीमा योजना बजारमा ल्याईएको छ ।

नेपाल लाइफ जीवन उदय एकल जीवन बीमा योजना

प्रत्येक मानिसका इच्छा चाहनाहरु फरक फरक हुन्छन् । कोहि व्यक्तिलाई आफ्नो आय आर्जनको थोरै थोरै रकम लगानि गरी भविष्यको लागि वचत गर्ने चाहना हुन्छ भने कोहि  पटक पटक बीमाशुल्क भुक्तानी गर्ने झन्झटबाट मुक्त हुन चाहन्छन् । यसरी पटक पटक बीमाशुल्क भुक्तानि गर्न झन्झट मानि  एकैपटक सम्पूर्ण बीमाशुल्क भुक्तानी गरि आफ्नो जीवनमा आउनसक्ने जोखिमलाई बीमाको माध्यमबाट न्यूनिकरण गर्न चाहने समूहलाई मध्यनजर गरि कम्पनीले “नेपाल लाइफ जीवन उदय एकल जीवन बीमा योजना” नामक सावधिक विशेषता भएको बीमा बजारमा ल्याईएको छ ।
 
बीमा अवधि भित्र बीमितको मृत्यु भएमा बीमाङ्कको दुई गुणा रकमको साथै आर्जित बोनश भुक्तानी दिनु यो योजनाको मुख्य विशेषता हो ।

नेपाल लाइफ सुनौलो भविष्य जीवन बीमा योजना

यो योजनाले न्यून बीमाशुल्कमा बचत र सुरक्षा एकै साथ प्रदान गर्दछ।  यो योजना अन्तर्गत जोखिम बहनको अतिरिक्त बीमितलाई बीमालेख अवधि भर बचत गर्न प्रोत्साहन गर्दछ। यस योजनाले तपाईको अवकाश पछिको आर्थिक आवश्यकतालाई समेत समेट्दछ।  यो योजना अन्तर्गत बीमितले एउटै बीमा योजनाबाट दुई किसिमको सुविधा प्राप्त गर्न सक्दछ। यस योजनामा दुईवटा विकल्पहरु समावेश गरिएका छन् जसमध्ये आफ्नो इच्छा र आवश्यकता अनुरुप बीमितले कुनै एउटा मात्र विकल्पको छनोट गर्न सक्दछ।