Customer Care: 01-5970971
Get Quote Download Brochure

नौलो जीवन संम्बृद्धि

नौलो जीवन संम्बृद्धि

 

नेपाल लाइफ इन्स्योरेन्सले अग्रणी कम्पनीको रूपमा सदाझै आफ्ना मौलिक विशेषता भएको बीमा योजनाहरू मार्फत आम मानिसको विश्वास हासिल गर्न सफल भइरहेको परिप्रेक्ष्यमा “आजको बचत र लगानी भोलिको समृद्ध जिन्दगानी” को मूल नाराका साथ “नौलो धनवर्षा” नामक नयाँ सावधिक जीवन बीमा योजना कार्यान्वयनमा ल्याएको छ । यस योजनामा सीमित वर्षको बीमाशुल्क भुक्तानीमा बीमा अवधिभरि जोखिम बहन हुने बीमा अवधि समाप्त हुनु अगावै विभिन्न ४ किस्तामा बीमाङ्क रकम भुक्तानी हुने, एकल भुक्तानीको व्यवस्था, अपाङ्ग अशक्तताको सुविधा, बीमालेख धितोमा एक वर्षमा नै कर्जा उपलब्ध हुने जस्ता सुविधाहरू रहेका छन् ।

 

योजनाका मुख्य विशेषताहरू :

१६ वर्ष देखि ६० वर्ष सम्मका व्यक्तिको जीवन बीमा गर्न सकिने
बीमा १०, १५, २० र २५ वर्ष अवधिका लागि बीमा गर्न सकिने,
सीमित अवधि बीमाशुल्क भुक्तानी गरी बीमा अवधिभरि जोखिम बहन हुने,
बीमा अवधि समाप्त हुनु अगावै ४–४ वर्षको अन्तरालमा सम्पूर्ण बीमाङ्क रकम फिर्ता भई सक्ने ।
बीमा अवधि समाप्तिमा एकमुस्ट बोनस रकम पाइने,
बीमा चालू भएको १ वर्ष पश्चात् बीमालेख धितो राखि सहजै कर्जा लिन सकिने,
बीमा अवधिमा बीमितको मृत्यु भएमा विभिन्न किस्तामा गरिएको आवधिक भुक्तानी कट्टा नगरी बीमाङ्क र आर्जि बोनस रकम उपलब्ध हुने,
थप परिष्कृत अपाङ्ग असक्तता सुविधा उपलब्ध रहेको,
बीमाशुल्क एकल किस्तामा मात्र पनि भुक्तानी गर्न सकिने । एकल बीमाशुल्क भुक्तानीमा बीमाङ्क को २.५ गुणा मृत्यु जोखिम बहन हुने,
बीमालेख धितोमा १ वर्षमा नै कर्जा उपलब्ध हुने ।

 

बीमालेख सम्बन्धी विस्तृत जानकारी
१)  बीमा योजनाको प्रकार :   सीमित भुक्तानी धनफिर्ता सावधिक जीवन बीमा
२)  प्रवेश उमेर:   १६ वर्ष देखि ६० वर्ष
३)  बीमा अवधि:   १० वर्ष, १५ वर्ष, २० वर्ष वा २५ वर्ष
४)  बीमा समाप्तिमा अधिकतम उमेर:  ७० वर्ष

५)  बीमाशुल्क भुक्तानी अवधि    :

बीमा अवधि

१० वर्ष

१५  वर्ष

२०  वर्ष

२५  वर्ष

बीमा शुल्क भुक्तानी अवधि

एकल वा ८  वर्ष

एकल वा १२  वर्ष

एकल वा १६ वर्ष

एकल वा २० वर्ष

 

 

६)  बीमाङ्क रकम:     रु.५०,०००/– (पचास हजार ) देखि  आय स्रोतको आधारमा जति पनि गर्न सकिने ।

 

७)  बीमाशुल्क छुट :

बीमाङ्क रकमको आधारमा छुट

बीमाशुल्क भुक्तानी तरिकाको आधारमा छुट

बीमाङ्क रकम

छुट (प्रति हजार)

भुक्तानी तरिका

छुट (प्रतिशत)

रु. ५,०१,०००  देखि रु.२५,००,००० सम्म

५० पैसा

वार्षिक

२ प्रतिशत छुट

रु. २५,०१,०००  देखि रु.५०,००,००० सम्म

रु.१

अर्ध–वार्षिक

१ प्रतिशत छुट

रु. ५०,०१,०००  देखि रु.१,००,००,००० सम्म

रु.१.५० 

त्रैमासिक

छुट छैन

रु. १,००,०१,०००  देखि  माथि

रु.२

मासिक

थप ५ प्रतिशत

 

 

८)  ऐच्छिक सुविधा:   दुर्घटना लाभ, बीमाशुल्क छुट सुविधा र अशक्त सुविधा समावेश भएको । ऐच्छिक सुविधा बीमाङ्क बराबर अधिकतम रु.५०,००,००० सम्म लिन सकिने । ऐच्छिक सुविधा लिई बीमा अवधिमा बीमितको दुर्घटनाको कारणबाट मृत्यु भएमा ऐच्छिक सुविधाको बीमाङ्क बराबर थप रकम उपलब्ध हुने र दुर्घटनाको कारणबाट अपाङ्ग अशक्त भएमा ऐच्छिक सुविधाको बीमाङ्क बराबरको रकम मासिक १२० किस्तामा उपलब्ध हुने र बाँकी अवधिको बीमाशुल्क भुक्तानी गर्नु नपर्ने, साथै बीमालेख चालू रहि मृत्यु जोखिम बहन भइ रहने, बीमालेखको शर्त बमोजिम धनफिर्ता हुने तथा अवधि समाप्तिमा बोनस समेत प्राप्त हुने ।


९)  यस योजनामा समावेश भएका सुविधा: ऋण तथा समर्पण मूल्य 
क) एकल बीमाशुल्क भुक्तानी गरेको अवस्थामा बीमा प्रारम्भ भएको मितिले एक वर्ष पश्चात् बीमालेखको समर्पण मूल्य प्राप्त हुनेछ र समर्पण मूल्यको ९० प्रतिशत सम्म कर्जा प्राप्त गर्न सकिनेछ ।
ख) एकल बीमाशुल्क बाहेक अन्य बीमाशुल्क भुक्तानी तरिकाको हकमा बीमा प्रारम्भ भएको मितिले एक वर्ष पश्चात् वार्षिक २ किस्ता बीमाशुल्क भुक्तानी गरे पछि समर्पण मूल्य प्राप्त हुनेछ र समर्पण मूल्यको ९० प्रतिशत सम्म कर्जा प्राप्त गर्न सकिनेछ ।

 

१०)  बीमाङ्क रकम भुक्तानी पाउने अवस्था:  तपसिल बमोजिम भुक्तानी हुनेछ ।

अवधि भुक्तानी गरिने अवधि

बीमा अवधि

१० वर्ष

१५  वर्ष

२० वर्ष

२५  वर्ष

४ वर्षको अन्त्यमा बीमाङ्कको

४०%

३०%

२०%

१५%

८ वर्षको अन्त्यमा बीमाङ्कको

६०%

३०%

२०%

१५%

१२ वर्षको अन्त्यमा बीमाङ्कको

४०%

२०%

१५%

१६ वर्षको अन्त्यमा बीमाङ्कको

४०%

१५%

२० वर्षको अन्त्यमा बीमाङ्कको

४०%

 

 

 

 

 

 

 

 

क)बीमालेख चालू रही बीमा अवधि समाप्ति मिति सम्म बीमित जीवित रहेमा बीमालेख अन्तर्गत बीमाङ्क रकम माथि उल्लिखित बमोजिमको किस्तामा भुक्तानी दिइनुका साथै आर्जित बोनस बीमालेख अवधि समाप्तिमा एकमुस्ट दिइने छ ।
ख) बीमालेख चालू रही बीमा समाप्ति मिति अगावै बीमितको मृत्यु भएमा बीमाङ्क रकम र बीमा लेखले आर्जन गरेको नियमानुसारको बोनस रकम एकमुस्ट भुक्तानी दिइनेछ तर एकल बीमाशुल्क भुक्तानी तरिकामा बीमाङ्कको २.५ गुणाले हुने रकम र आर्जित बोनस एकमुस्ट भुक्तानी दिइनेछ । यसरी भुक्तानी गर्दा अवधि भुक्तानी बापत प्रदान गरेको रकम कट्टा गरिने छैन ।

More Products from धनवर्षा बीमा

नौलो धनवर्षा जीवन बीमा
नौलो धनवर्षा जीवन बीमा बीमाको विशेषता ...