नेपाल लाइफ इन्स्योरेन्समा स्वागत छ

कम्पनी ऐन २०५३ तथा बीमा ऐन २०४९ अन्तर्गत २०५८/०१/२१ मा पब्लीक लिमिटेड कम्पनीको रूपमा स्थापना गरिएको यस नेपाल लाईफ  नेपाली लगानीकर्ताहरू द्वारा स्थापना गरिएको नेपालकौ प्रथम अग्रणी जिवन बीमा कम्पनी हो। नेपालको ख्यातीप्राप्त व्यवसायीक तथा व्यापारिक घरानाहरूको समूहबाट संचालीत यस कम्पनी व्यवसायको सोह्र वर्ष भित्रै अत्यन्तै राम्रो व्यवसायीक कारोवारमा रेकर्ड कायम गर्न सफल भएको छ र यसै कारण कम्पनीको स्थान अत्यन्तै सवल रहन पुगेको छ।

किन नेपाल लाइफ इन्स्योरेन्स अरु भन्दा फरक छ?

अरु कम्पनीहरुले जे जसरी जीवन बीमा व्यवसायमा काम गरिरहेका छन् सोही अनुरुप नेपाल लाइफ इस्योरेन्स कम्पनी लि.ले पनि जीवन बीमा विक्री गरी व्यवसाय गरि रहेको छ । तथापी नेपाल लाइफ इन्सोरेन्स कम्पनीको आफ्नै भिन्न पहीचान एवं उद्देश्य राखी कार्य गर्दै आइरहेको छ ।

यस कम्पनीले समय सापेक्ष भई जीवन बीमाको महत्व वारे प्रत्येक घर-घर एवं देश भरी नै जानकारी दिंदै देशलाई आर्थिक रुपमा सक्षम बनाउने उद्देश्यका साथ काम गर्दै आई रहेको छ । यसका साथै कम्पनीले देश भरिनै शाखाको विस्तार गरि अभिकर्ताहरुलाई उचित तालिम एवं परामर्श दिई बीमा बजार व्यवसायमा आफनो महत्व राख्न सफल भएको छ । जीवन बीमा एक सेवा प्रदायक उद्योग भएकाले अन्तराष्ट्रिय गुणास्तरको सेवा प्रदान गर्न कम्पनी कटिवद्घ रहेको छ ।

 

mascoute