Customer Service: 01-5970971 (Sun-Sat | 9:00 AM - 6:00 PM )  / 9801170971 Email: [email protected]

Customer Care: 01-5970971

Notices

Critical Illness Faqs

11 February 2020

घातक रोग भन्नाले के लाई बुझाउंछ  ?

कुनै पनि रोगको कारण व्यक्तिको जीवन नै खतरामा पुग्ने अवस्था लाई घातक रोग बुझाउंछ । जुन विशेष किसिमले परिभाषित गरिएको हुन्छ ।

 

.  यो योजना अन्र्तगत घातक रोग   भन्नाले कुन कुन रोगहरु पर्दछन् ?

Cancer ,Kidney Failure (End Stage Renal Failure), Primary Pulmonary Arterial Hypertension, Multiple Sclerosis, Major Organ Transplant , Coronary artery by-pass graft, Surgery to Aorta ,Heart Valve Surgery, Stroke , Myocardial Infraction , Coma ,Total Blindness, Paralysis ,End Stage Liver Failure, End Stage Lung Disease, Alzheimer’s Disease ,Parkinson’s Disease, Third Degree Burns .

 

३. यो योजना अन्र्तगत कती  बीमाङ्क रकमसम्म यो सुबिधा लिन सकिन्छ ?

 न्यूनतम बीमाङ्क रकम  रु. ५०,००० देखि मूल वीमाङ्क मा नबढ्ने गरी  अधिकतम बीमाङ्क रकम रु. ५०,००,०००  सम्म यो सुबिधा लिन सकिन्छ ।

 

४. कति उमेर सम्मकोले यो यो सुबिधा लिन सक्दछ ?

 यो योजनामा न्यूनतम प्रवेश उमेर १८ वर्ष र अधिकतम प्रवेश उमेर ६५ वर्ष कायम गरीएको छ भने  बीमा समाप्तिमा अधिकतम उमेर ७०   वर्षको हुनुपर्दछ ।

 

५. कति समयाबधिको लागी यो सुबिधा लिन सकिन्छ ?

 न्यूनतम बीमा अवधि ५ वर्ष देखि अधिकतम बीमा अवधि  २० वर्ष सम्मको लागी यो सुबिधा लिन सकिन्छ ।   

               

६. पहिला नै जारी गरेको  बीमालेखमा यो सुबिधा थप्नुपरेमा के गर्ने ?

  • पुरानो चलीरहेको बीमालेखमा यो सुबिधा थप्नुपरेमा निम्न लिखित कुराहरुलाई अबलम्बन गर्नु पर्दछ ।
  • मूल वीमाङ्क मा नबढ्ने गरी अधिकतम बीमाङ्क रकम रु. ५०,००,००० सम्म मात्र यो सुबिधा लिनु पर्दछ।
  • यदि पहिला नै जारी गरिसकेको बीमालेखमा यो सुविधा थप गर्न चाहेमा बीमालेखको वार्षिकोत्सव मितिमा मात्र थप्न  सकिने छ । जस्तैः बीमालेख प्ररम्भ मिति ०१/०१/२०१९ मा जारी गरेको बीमालेखमा यो सुविधा थप्न चाहेमा ०१/०१/२०२० मा मात्र थप्न सकिने छ । बीमालेखको वार्षिकोत्सव मिति देखि बाहेक बीच को समयमा यो सुविधा थप्न सकिदैन ।
  •  पहिला नै जारी गरिसकेको बीमालेखमा यो सुविधा थप गर्दा बीमितको त्यो समयमा पुग्ने उमेर र मूल बीमालेखको बांकी अवधिलाई आधार मानि Age र Term राख्नु पर्ने छ ।
  • मुल बीमाङ्क रकम, उसले लिएको Critical Illness को बीमाङ्क रकम र उसको नाममा अरु कुनै बीमालेख भएमा उक्त बीमाङ्क रकम समेत जोडेर आउने जम्मा रकम लाई आधार मानी Medical Requirnment Table अनुसार स्वास्थ्य परिक्षण गर्नु पर्दछ भने स्वास्थ्य परिक्षण शुल्क बीमीत आफैले ब्यहोर्नु पर्दछ ।
  • Medical Requirnment Table अनुसार स्वास्थ्य परिक्षण गर्नु नपर्ने अबकभ भएता पनि यो सुबिधा लिन चाहेमा अनिबार्य रुपमा Medical Form (F.N.3) भर्नु पर्दछ ।
  •  

७. घातक रोग सुबिधा लिएको कति समय पश्चात जोखीम बहन शुरु हुन्छ ?

घातक रोग सुबिधा लिएको ९० दिन पछि यसको जोखीम बहन शुरु हुन्छ ।

 

८. घातक रोग लागेको प्रमाणित भएमा कति समय पछि सो बापतको दाबी रकम प्राप्त गर्न सकिन्छ ?

मूल जीवन बीमालेख संग संलग्न गरिने घातक रोग पुरक करार बीमालेख जारी गरेको वा पुनर्जागरण गरिएको (जुन पछि आउँछ)  ९० दिनको प्रतिक्षा अवधि पश्चात बीमा अवधिभित्र बीमितलाई उल्लेखित कुनै घातक रोगको पहिचान भएको ३० दिन सम्म उक्त घातक रोग बीमितमा देखा परिरहेमा ( बीमित जिवित रहेमा) शर्तहरुको अधिनमा रही घातक रोग वापतको शत प्रतिशत बीमाङ्क रकम बीमितलाई भुक्तानी गरिन्छ।

 

९. प्रतिक्षा अवधि (Waiting Period)  भन्नाले के लाई बुझाउंछ ?

बीमालेख जारी गरेको वा पुनर्जागरण गरिएको ९० दिन सम्मको अवधिलाई प्रतिक्षा अवधि बुझाउंछ ।

 

१०. जिवित अवधि -Survival  Period)  भन्नाले के लाई बुझाउंछ ?

चालु बीमालेखमा रोग पहिचान भएको ३० दिन सम्म को अवधिलाई जिवित अवधि (Survival  Period) बुझाउंछ ।

 

११. परीवारको कुनै एक सदस्यले यो सुबिधा लिएमा परीवारका अन्य सदस्यले यो सुबिधा प्राप्त गर्न सक्दछन् कि सक्दैनन् ?

परीवारको कुनै एक सदस्यले यो सुबिधा लिएमा परीवारका अन्य सदस्यले यो सुबिधा प्राप्त गर्न सक्दैनन् । यस सुबिधा अन्र्तगत बीमीत स्बंम मात्र लाभान्बित हुन्छ ।

 

१२ .बीमीतले  बीमा अबधिभर यो सुबिधा कति पटक सम्म लिन पाउँछ ?

यस योजना अन्तर्गत को सुविधा एक पटक मात्र उपभोग गर्न सकिने छ । एक पटक सुविधा उपभोग गरिसके पश्चात यो करार को अन्त्य हुन्छ भने मूल विमालेख चालू नै रहने छ र मूल विमालेखको सुविधा उपभोग मा कुनै कटौती हुने छैन ।

 

१३. घातक रोग लागीसकेको व्यक्तिले यो सुबिधा लिन सक्छ कि सक्दैन ?

घातक रोग लागिसकेको व्यक्तिले यो सुबिधा लिन सक्दैन ।

 

१४. कुन पनि रोग लागेको  व्यक्तिले यो सुबिधा लिन सक्छ कि सक्दैन ?

यो सुबिधा लिन चाहने ब्यक्ति पूर्ण रुपमा स्बस्थ हुनु पर्दछ । कुनै पनि रोग लागेको व्यक्तिले यो सुविधा लिन सक्ने छैन ।

 

१५. यो सुबिधा लिदा लाग्ने Medical  खर्च कसले ब्यहोर्छ ?

पुरानो चलीरहेको बीमालेखमा यो सुबिधा थप्नुपरेमा स्वास्थ्य परिक्षण शुल्क बीमीत आफैले ब्यहोर्नु पर्दछ भने नयाँ बीमालेखको लागी स्वास्थ्य परिक्षण शुल्क कम्पनीले ब्यहोर्छ ।

 

१६. कुन कुन योजना अन्र्तगत यो सुबिधा लिन सकीन्छ ?

पूरक करार समावेश हुने मूल बीमा योजनाहरु ;  सावधिक , धनवर्षा र आजिवन जीवन बीमाहरु

(सुरक्षित जीवन बीमा योजना —११,   जीवन ज्योति बीमा योजना —१५ ,   ग्रामिण सावधिक बीमा योजना —१६,   सावधिक लघु जीवन बीमा योजना —१७, ,नौलो धन वर्षा जीवन बीमा योजना —२५, नौलो जीवन सम्बृद्घि बीमा योजना —२६, जीवन उन्नति बीमा योजना —२७, जीवन लक्ष्मी बीमा योजना —६१ , जीवन सहारा बीमा योजना—६२ , जीवन सारथी बीमा योजना —६३, सरल जीवन बीमा योजना —६४ )

 

  १७ . कस्तो अबस्थामा बीमित ले  घातक रोग लागेको प्रमाणीत भएता  पनि यो सुबिधा बापतको  दाबी रकम प्राप्त गर्न सक्दैन ?

क)  रक्षावरण गरिएको घातक रोगको दावी गर्दा यदि बीमित यो सुविधा लिने समयमा नै - AIDS- Aquired Immune Deficiency Syndrom ) भएको पाइएमा , एच आइ भि -HIV- Human Immune Virus ) संक्रमण भएको भनि पहिचान     (Diagnosed)  भएको पाइएमा ।

ख)  बीमा जारी गर्नु अथवा पुनर्जागरण गर्नु भन्दा पहिला (पुर्व विद्यमान) कुनै पनि रोग भएमा र प्रत्यक्ष अप्रत्यक्ष रुपमा उक्त रोगको कारणबाट दावी परेमा उल्लेखित घातक रोग अन्तर्गत कुनै पनि रकम भुक्तानी गरिने छैन । पहिला नै भएको रोग अर्थात् -Pre Existing Illness_  भन्नाले बीमा गर्ने व्यक्तिलाई आफुलाई भएको रोगवारे निम्न प्रकारको जानकारी भएकोः

  •    बीमितले बीमा जारी गर्नु पुर्व कुनै रोगको उपचार गरेको वा उपचार गराइरहेको भए ।
  •    औषधी सेवन ,उपचार सम्बन्धी सुझाव , कुनै रोगको पहिचान अथवा उपचारको लागि चिकित्सकीय सल्लाह सुझाव लिएको
  •   कुनै अस्वस्थता वा फरक प्रकारको लक्षण देखा पर्ने वा रोगको लक्षण देखिएमा
  •    रोगको लक्षण विद्यमान रहेको र बीमितलाई सो कुराको विवेकसंगत ज्ञान भएको शारिरिक अवस्थालाई
  •  

   १८ . बीमितले घातक रोगको पहिचान भएको कती समयभित्र  कम्पनीमा  सुचना गर्नु पर्दछ 

घातक रोगको पहिचान भएको मिति बाट ३० दिन भित्र दाविको लिखित सूचना कम्पनीलाई दिनुपर्नेछ ।कम्पनीले माग गरे अनुसारको चिकित्सकीय प्रमाण सहित घातक रोग वा शल्यक्रियाको लिखित प्रमाण  त्यस्तो घातक रोग पहिचान वा शल्यक्रिया सम्पन्न भएको ३० दिन भित्र पेश गर्नु पर्ने छ । कम्पनीलाई यथा सम्भव छिटो दावीको सूचना दिनु पर्ने छ ।